पत्रकार पाण्डेको 'मुल्तबी कथा' संस्मरणात्मक कृति सार्वजनिक

  • वैशाख १२, २०७९ / नेपाल रेखा
alt

नेपालरेखा । इटहरी / पत्रकार एवं अधिवक्ता शालिग्राम पाण्डेको संस्मरणात्मक कृति ‘मुल्तबी कथा’ आइतबार इटहरीमा सार्वजनिकीकरण गरिएको छ ।


सामुदायिक प्रकाशन प्रालिद्वारा प्रकाशित ‘मुल्तबी कथा’ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, प्राध्यापक डा. बद्रीविशाल पोखरेल, अधिवक्ता द्वय सुमनचन्द्र कार्की, सारदाप्रसाद अधिकारी र समाजसेवी बिश्वप्रसाद रिजालले सार्वजनिक गरेका हुन् ।

 

278971758_1330426977438326_7140251029013810414_n (1)


सामुदायिक प्रकाशन प्रालिका अध्यक्ष सामेल पाण्डेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सर्जकहरू बद्रीविशाल पोखरेल, सुविद गुरागाई, दिनेश पौडेल, विक्रमश्री, बिसप ताम्राकारलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

सादा जीवन उच्च विचारसहित इमानदार जीवनशैलीका लागि इटहरी क्षेत्रमा परिचित पत्रकार पाण्डे इटहरीबाट प्रकाशन गरिएको पहिलो दैनिक पत्रिका श्री जनमतको प्रधानसम्पादक हुन् । हाल उनको प्रधान सम्पादकत्वमा पूर्वी हटलाइन दैनिक ईटहरी बाट नियमित प्रकाशन हुँदै आएको छ ।

 
पूर्वी हटलाइन दैनिकको बार्षिकोत्सव तथा लोकतन्त्र दिवस समेतको अवसर पारेर उक्त कृति मुल्तबी कथा सार्वजनिक गरिएको हो । कार्यक्रममा पत्रकार धिरेन्द्र चौधरीलाई ‘निरन्तर पत्रकारिता पुरस्कार’ पनि प्रदान गरिएको थियो ।


यो संगै सुनसरीको इटहरीबाट प्रकाशन हुँदै आएको दैनिक पत्रिका पूर्वीहटलाइन दैनिक आफनो प्रकाशनको ९ औं वर्षमा प्रवेश गरेको छ ।

278906793_340594298054702_8622940925119725253_n


यसै अवसरमा प्रकाशन गृहले आइतबार इटहरीमा ८ औं वर्ष पूरा गरि ९ औं बार्षिकोत्सव कार्यक्रम आयोजना गरि इटहरीका पत्रकार र श्रष्टाहरुलाई सम्मान गरेको हो ।


२०६९ साल बैसाख ११ गते देखि आफ्नो प्रकाशन थालेको पूर्वीहटलाइन दैनिकको निरन्तर प्रकाशनको प्रसंशा गर्दै प्राध्यापक डा.बद्रिबिशाल पोखरेलले यो पत्रिका इटहरीको गहना भएको बताएका छन् ।


पूर्वीहटलाईन दैनिकले समाजमा पु¥याएको योगदानको चर्चा गर्दै मानिसले गर्ने फजुल खर्चको कटौती गरि पत्रिकालाई योगदान दिई इटहरीको एकमात्र दैनिक पत्रिका बचाउनु पर्ने पनि डा. पोखरेलले बताएका छन् ।

278955774_387194806650331_3854833022183996490_n


कार्यक्रममा पत्रकारहरू केशव घिमिरे, सुविद गुरागाई, इकवाल अहमद, अधिवक्ता सुमनचन्द्र कार्की लगायतले ‘मुल्तबी कथा’का रचनाकार शालिग्राम पाण्डेको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए ।

कार्यक्रममा उद्योग बाणिज्य संघका सदस्य तथा सरस्वती पार्टी प्यालेसका प्रोप्राइटर बिष्णु रिजाल, समाजसेवी द्वय  रुक्मा रिजाल, दिपा रिजाल पत्रकारहरु कबिन्द्र केसी, जिवन फुयल, शिव खतिवडा, रियन्द्र गुरगाँई, बिराट अनुपम, कृष्ण भट्राई , दिपक कार्की, संगीतकर्मी तथा नागरिक समाज ईटहरीका अध्यक्ष राजु केसी, यातायात ब्यावसायी बिज्ञान राई लगायत बिभिन्न सामाजिक क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 278945686_479905280578802_4071416919176113008_n

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]