मोरङका संवेदनशिल मतदान स्थलको अनुगमन

  • वैशाख ४, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
मोरङ । यही बैसाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन लागि मोरङ जिल्लाका संवेदनशिल मतदान स्थल तथा केन्द्रहरुको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ ।
पहाडी भेगसंग तथा नेपाल भारत सिमासंग जोडिएका मोरङ जिल्लाको पालिकाहरुमा रहेका संवेदनशिल मतदान स्थलको समितिले अनुगमन गरेको हो । कतिपय मतदान स्थलहरु भौगोलिक विकटता तथा सडकको पहुँच भन्दा टाढा रहेकाले त्यस्ता मतदान स्थल संवेदनशिल देखिएको विश्लेषण गर्दै अनुगमन गरिएको सुरक्षा समितिका प्रमुख एवम् मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
अनुगमनको क्रममा मतदान केन्द्रको व्यवस्थापन तथा सहज मतदानका लागि गर्न सकिने उपायका विषयमा जनप्रतिनिधिी तथा स्थानीय समुदायसंग समन्वय गर्दै सुरक्षा समितिले छलफल सुझाव समेत लिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
प्रमुख जिल्ला अधिकारी दाहाल सहित मोरङका प्रहरी प्रमुख शान्तिराज कोइराला, नेपाली सेना थलाहाका प्रमुख सेनानी अमृत थापा मगर, ३ नम्बर गण हेडक्वाटर टंकिसिनवारीका सशत्र प्रहरी उपरिक्षक राजकुमार लामिछाने तथा राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एवम् अनुसन्धान उपनिर्देशक वासुदेव सिग्देल लगायतको सुरक्षा समिति सम्मिलित टोलीले मतदान स्थलको अनुगमन गरेको हो । स्थानीय तह निर्वाचनका लागि विद्यालय तथा वडा कार्यालयहरुलाई मतदान स्थल तोकिएको छ । अनुगमनको क्रममा केहि मतदान स्थल साँघुरो रहेकाले त्यसलाई व्यवस्थित गरिने जनाइको छ । मिक्लाजुङ गाउपालिका सहित केहि पालिकाको विकट स्थानमा रहेका मतदान स्थलमा हेलिप्याडको समेत व्यवस्था मिलाइने सुरक्षा समितिले जनाएको छ ।
मोरङ जिल्लामा स्थानीय तहमा निर्वाचनका लागि ३ सय मतदान स्थल तथा ८ सय २० मतदान केन्द्र मतदानका लागि तोकिएको छ । सुरक्षा समितिका अनुसार तोकिएको मतदान स्थलमध्ये ४९ वटालाई अति संवेदनशिल १ सय ५५ वटालाई संवेदनशिल तथा ९६ वटालाई सामान्य मतदान स्थलको रुपमा विश्लेषण गरिएको छ । यस पटकको निर्वाचनमा मोरङमा ७० वटा मतदान केन्द्र थप गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
सुरक्षा समितिले सबै पालिकाको मतदान स्थल तथा केन्द्रको अनुगमन गरि सोहि अनुसार सुरक्षा रणनीति तयार गर्ने जनाएको छ । अहिलेसम्म १ सयभन्दा बढी मतदान स्थलको सुरक्षा समितिले अनुगमन गरेको र अनुगमन भएका सबै मतदान स्थल मतदाताका लागि पायक पर्ने स्थानमा रहेको बताइएको छ ।
भौलिक अवस्थालाई मध्यनजर गर्दै निर्वाचन सम्पन्न भएपछि सबै मत पेटिकाहरुलाई मतगणना स्थलसम्म तत्काल सहज रुपले पु¥याउने गरि सुरक्षा व्यवस्था मिलाइने समितिले जनाएको छ ।

anugaman 6

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]