साहित्यकार न्यौपानेको अभिनन्दन

  • बैशाख २, २०७९ / नेपाल रेखा
alt


इटहरी । एक सय तीन बर्षीय दीर्घजीवी धरणीप्रसाद न्यौपानेले आफ्नो अभिनन्दन कार्यक्रममा आफंैले लेखेको कविता पढेर सुनाए । १०३ बर्षको उमेरमा चश्मा नलगाइन पढेको देखेर उपस्थित सबै छक्क परे । एक सय तीन बर्षीय दीर्घजीवी धरणीप्रसाद न्यौपानेलाई उनकै निवास मोरंग सुन्दरहरैचा–४ मा अभिनन्दन गरिएको हो ।
उनले तेह्रथुमको चुहानडाँडामा शिक्षाको जग बसालेर शिक्षाको ज्योती प्रदान गरेको भन्दै उनले शिक्षा दिएका विद्यार्थीहरु र उनीहरुका परिवारले अभिनन्दन गरेका हुन् । विशेषगरि द्रोणचार्य र राममायाँ सिटौलाका चार भाइ छोराका सन्ततीहरुले अभिनन्दन गरेका हुन् ।
बिक्रम सम्वत २००२ सालदेखि चुहानडाँडाको शारदा हाइस्कुलमा पहिलो प्रधानाध्यापक भएर लामो समय अध्यापन गरेका थिए । त्यो विद्यालयको नाम समेत उनले नै जुराएका हुन् । विद्यालयलाई कलेज बनाउनुपर्छ भन्ने अवधारणा पनि धरणीधर न्यौपानेकै थियो । हाल सो विद्यालय वीरेन्द्र इन्टरकलेज हुँदै तेह्रथुम बहुमुखी क्याम्पसमा रुपन्तरण भई स्नातकोत्तरका कक्षाहरु संचालन भइरहेका छन् । धरणीधर न्यौपानेकै प्रयासले सयौं ब्यक्तिहरु शिक्षाको उज्यालो प्रकाश प्राप्त गरि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा सुयोग्य जनशक्तिका रुपमा कार्यरत रहेको भन्दै उनलाई अभिनन्दन गरिएको हो । अभिनन्दन कार्यक्रममा बोल्दै। उनीहरुले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने दीर्घजीवी न्यौपानेलाई राष्ट्रले नै सम्मान गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा अमेरिकाबाट आएका कपिल सिटौला लगायत लक्ष्मी प्रसाद सिटौला, प्रेम प्रकाश सिटौला, डिल्लीराम सिटौला, राम सिटौला, डा. रामजी तिम्सिना र तेज प्रसाद सिटौला लगायतले न्यौपानेले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । न्यौपानेका नाती त्रिभूवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहपरीक्षा नियन्त्रण नन्द न्यौपानेले धन्यवाद ज्ञापन गरे । तेह्रथुम चुहानडाँडाबाट ताप्लेजुङ्ग ढुगेसाँघु बसाई सरेर जननेता मदन भण्डारीलाई समेत उनले साँवा अक्षर चिनाउनु भएको थियो । १ सय ३ बर्षीय न्यौपानेका छोरा मोहन न्यौपानेका अनुसार उनी अहिलेसम्म चश्मा नलगाइ लेखपढ गर्छन् । केहि न केहि गरेर बस्ने धरणीधर न्यौपाने अहिले पनि काब्य सृजना गरिरहेका छन् । उनका आधा दर्जन कृति प्रकाशित छन् । न्यौपाने वंशावली, ग्राहस्थ्य शिक्षा, कोशी सामाजिक खण्डकाब्य, गन्तब्य गोरेटो आत्मकथा र कविता संग्रह प्रकाशित छन् ।

 

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]