राष्ट्रिय बाणिज्य बैंकमा भिडभाडको समस्या एटिएम नचल्दा झनै समस्या

  • असोज २०, २०७८ / नेपाल रेखा
alt

जनक पाण्डे

नेपालरेखा / इटहरी । सुनसरी र मोरङ्गमा राष्ट्रिय बाणिज्य बैंकका शाखाहरुमा पैसा निकाल्न प्रयोग हुने स्वचालित कारोवारको मेशीन एटिएम बारम्बार बिग्रने समस्याले बैंकमा सेवाग्राहिहरु मर्कामा परेका छन् ।

दशंै, तिहार र छटपर्वहरुको मुखैमा सेवाग्राहिले पैसा निकाल्न बैंकमा घण्टौं कुरेर भिडमा लाईन बस्नु पर्ने बाध्यताले सेवाग्राहिहरुलाई झनै मर्का परेको हो ।

नेपाल सरकारको स्वामित्व भएका ठुला र विश्वासिलो मध्येको एक राष्ट्र बाणिज्य बैंक इटहरी शाखाको एटिएम मेशीनले लामो समयदेखि काम नगर्दा बिषेश चाडबाडको बेला बैंकको छिटो छरितो सेवा यसरी प्रभावित बनेको हो ।

बाणिज्य बैंक इटहरी शाखाको एटिएम बिगत तीन महिनादेखी पटक–पटक बिग्रदै आएको छ । पर्वहरुको यो समयमा बैंकको इटहरी शाखामा दिनहु अब्यवस्थित भिड हुन्छ । त्यसमा झनै एटिएम नचलेर नगद झिक्न बैंकमा सेवाग्राहिहरुको ठुलो भिडले घन्टौ प्रतिक्षा गर्नुपर्ने बाध्यता रहको बैंकका एक सेवाग्राही रमेश लुईटेलले बताउनु भएको छ ।

बैंक प्रशासनले भने समस्या समाधानको लागि बैैंकले काम गरिरहेको बताउने गरेको छ । एटिएम प्रोभाईडर कम्पनी भेनडोर बोलाएर समस्या समाधान गराउँदै आएको र अहिले पनि खबर गरिसकेकोले मेशीन छिटै सञ्चालनमा आउने राष्ट्रिय बाणिज्य बैक इटहरी शाखाका शाखा प्रमुख सन्तोष लम्साललेु जानकारी दिनु भएको छ ।

राष्ट्रिय बाणिज्य बैंकमा यो समस्या इटहरीको मात्र होईन यस्तै समस्या मोरङ्गको बेलबारी, पथरी, उर्लाबारी शाखामा समेत रहेको नाम उल्लेख नगर्ने गरि बैंकका एक कर्मचारी बताउँछन् । उर्लाबारी शाखामा त एटिएम क्याबिनमै ताला लगाएर राखिएको बैंकका ति कर्मचारीको भनाई छ । त्यस्तै झापाको दमकमा पनि एटिएम मेशिन नचल्ने बैंकका कर्मचारीले जानकारी दिएका छन् ।

यस्तो हुनुमा बैंक प्रशासन कै कमजोरी रहेको बैंकका कर्मचारी बताउँछन् । तीन महिना यता एटिएम मेशीनले निक्कै डिस्टर्व गरेको ती कर्मचारीको भनाइ छ ।

पथरी शाखामा पनि एटिएम नचलेको गुनासो छ । कहिले चल्ने कहिले नचल्ने समस्या रहेको बंैकका सुरक्षा गार्ड रेखबहादुर आलेले बताएका छन् । मर्मत सम्भारको जिम्मा पाएको भेनडोरले बनाउने गरेको भए पनि मेशीन बिग्रीने समस्या उस्तै रहेको पाईएको छ ।

सेवाग्राहीका गुनासो बढ्न थालेपछि अहिले बैंकको केन्द्रिय प्रशासनले बिग्रीएका पूराना मेशीनलाई हटाएर नयाँ मेशीन पूनस्र्थापन गर्न लागेको जानकारी आफूले पाएको पथरी शाखाका प्रमुख रोशन सुवेदिले जानकारी गराएका छन् ।

बिगत सात आठ वर्षदेखि सरल ढंगले काम गर्दै आएका बैंकका मेशीनले यतिबेला काम गर्न छोडेका हुन् । पूरानो लटका मेशीनबाट स्थापीत एटिएमहरुमा यो समस्या आउने गरेको र नयाँ लटमा लिइएका मेशीनले भने अहिलेसम्म राम्रो काम गरिरहेको स्रोतले बताएको छ ।

कहिले काँही एटिएम प्रयोगमा एकाउट डेबिट हुने तर क्यास डिस्पेन्स नहुने समस्या समेत आउने गरेको छ । यस्तो हुँदा कारोवारमा म्यानुअलि सेटलमेन्ट गर्नुपरेको स्रोतले बताएको छ ।

यो बाहेक राष्ट्रिय बाणिज्य बैंकमा तीन वर्षदेखि लोकसेवा आयोगबाट कर्मचारीको आपूर्ति नहुँदा ५०% प्रतिशत कर्मचारिले राष्ट्रिय बाणिज्य बैंकको कार्यालयको काम चलिरहेको बताइएको छ । प्रत्येक बर्ष शाखाहरुमा नयाँ नयाँ काम (प्रोडक्ट) थपिरहने तर कर्मचारी आपूर्ति कम हुँदा बैंकले थोरै जनशक्तिले धरै कार्यभार थेग्नु परेको स्रोतले बताएका छ ।

 

कुम्भकर्ण र कञ्चनजङ् ...

तीन हजार ६३६ मिटर उचाईमा अवस्थित नेपाल-भारत स ...

अरिहन्त देखि पानीपिय ...

कृष्ण अधिकारीविषयमा प्रवेश गर्नुभन्दापहिले एउटा प्रशंग ...

आलोचनात्मक प्रतिपक्ष ...

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट ...

सुनचाँदीको मूल्य केह ...

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटे ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]