विद्यार्थीको नेता विद्यार्थी नै हुनु पर्छ भन्ने मान्यता स्थापित गर्न मेरो उमेदवारी ः नवीन दाहाल

  • भदौ २१, २०७८ / नेपाल रेखा
alt


जनता क्याम्पस इटहरीमा एमवीएस सेकेण्ड सेमेस्टारमा अध्ययनरत नवीन दाहाललाई अखिल क्रान्तिकारी सुनसरीको अध्यक्ष बन्ने हुटहुटी चलेको छ । खोटाङ्गको दिक्तेलमा बुबा रघुनाथ दाहाल आमा मुना दाहालको जेठो छोराकारुपमा २०५४ सालमा नवीन दाहालको जन्म भएको हो । युवा वर्ष प्राविबाट पढाई सुरु गर्नु भएका उहाँले पञ्च माध्यमिक विद्यालयबाट एस.एल.सी. पास गर्नु भयो । सरस्वती उच्च माध्यमिक विद्यालय खोटाङ्गबाटै व्यवस्थापन विषयमा १२ कक्षा पास गर्नु भयो । ११ र १२ कक्षा पढ्दाताका नै उहाँ विद्यार्थी राजनीतिमा सक्रिय रहदै आउनु भएको थियो । २०७० सालदेखि इटहरी स्थायी बसोबास गरी विद्यार्थी राजनीतिलाई उहाँले निरन्तरता दिइरहनु भएको छ । अखिल क्रान्तिकारीको जनता बहुमुखी क्याम्पसको क्याम्पस कमिटी सदस्य, इन्चार्ज सोही संगठनको जिल्ला समिति सुनसरीको १२ औं जिल्ला सम्मेलनमार्फत उहाँले जिल्ला सहसचिवको जिम्मेवारी पनि सम्हालिइसक्नु भएको छ । यही भाद्र २५ र २६ गते हुने अखिल क्रान्तिकारी सुनसरीको १३ औं सम्मेलनमा उहाँ जिल्ला अध्यक्षको आकांक्षी पनि हुनुहुन्छ । उहाँसँग पूर्वी हटलाइन दैनिकका संवाददाता रमेश लुइटेलले गरेको कुराकानी ः


१. तपाईंको परिचय ?


– म नवीन दाहाल । इटहरी–५ मा बस्छु ।


२ यतिबेला के गर्दै हुनुहुन्छ ?


– म यतिबेला सुनसरी, इटहरीको जनता बहुमुखी क्याम्पसमा एम वीएस सेकेण्ड सेमेस्टारमा अध्ययनरत छु । यसका साथै एल, एल. बी.को तयारी पनि गरिरहेको छु । यसका अलावा म अखिल क्रान्तिकारीको राजनीतिक, सांगठानिक गतिविधिमा पनि सक्रिय छु ।


३. यतिबेला अखिल क्रान्तिकारी सुनसरीको गतिविधि के कस्तो छ ?


– हामी जिल्लाको १३ औं अधिवेशनको तयारीमा छौं । अधिवेशनको तयारी स्वरुप गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, स्कूल, क्याम्पसहरुमा संगठन विस्तारको अभियान चलिरहेको छ ।


४ कुन–कुन पालिका, स्कूल र कलेजमा कमिट गठन भइसक्यो त ?


– सुनसरी जिल्लाको सबै क्याम्पसमा क्याम्पस सम्मेलन सम्पन्न भइसकेको अवस्था छ । इटहरी र धरान उपमहानगरपालिकामा पनि उपमहानगर स्तरीय सम्मेलन पनि सम्पन्न भइसकेको अवस्था छ । बर्जु गाउँपालिका, देवानगंज गाउँपालिका, रामधुनी नगरपालिकामा अखिल क्रान्तिकारीको सम्मेलन सम्पन्न भइसकेको छ । बराहक्षेत्र, दुहवीलगायत सबै स्थानीय तहमा हामी संगठन विस्तार कार्यक्रम सम्पन्न गर्ने योजनामा छौं । यही भाद्र २५ र २६ गते जिल्ला सम्मेलनको भव्य तयारी पनि गरिरहेका छौं ।


५. सुनसरी जिल्लामा अखिल क्रान्तिकारीको पोजिसन कस्तो रहेको छ ?


– हामी माओवादी केन्द्रसँग सामिप्यता राख्ने विद्यार्थी संगठन भएको नाताले विचार, मुद्दाको दृष्टिकोणले हामी अब्बल छौं । पहिलो नम्बरमा छौं । हामीले सबै विद्यार्थीलाई सहज रुपमा कोरोनाविरुद्धको खोप उपलब्धताका लागि स्थानीय सरकारका शिक्षा तथा खेलकुद महाशाखालाई ध्यानाकषर्ण गराएका छौं ।


६. लकडाउनको समयमा संचालन गरिएको अनलाइन कक्षाका नाममा विद्यार्थीसँग मनोमानीरुपमा फि रकम लिइरहेको अभिभावकको गुनासो आएको छ नि ?


– हामीले अनलाइन कक्षाका नाममा मनोमानीरुपमा लिइएका शुल्क लिने परिपाटीको विरोध गर्दै आएका छौं । स्वतन्त्र विद्यार्थीहरुको समूहले शुल्क बृद्धि विरुद्ध गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउदै स्थानीय सरकारसँग वार्ता गरी २ महिनाको शुल्क (लकडाउन अवधी) को छुट गराउने सहमति, समझदारी गरिएको थियो ।


७ यो वार्तामा को को सहभागि थिए त ?


– आन्दोलनरत स्वतन्त्र विद्यार्थीहरुको समूह, निजी कलेज संचालकहरुको संगठन प्याब्सनका प्रतिनिधिहरु र विद्यार्थी संगठनका प्रतिनिधिहरु बसी समझदारी गरिएको थियो । निजी कलेजहरुलाई तोकिएको १० प्रतिशत छात्रबृत्ति कार्यान्वयन भएको नभएकोबारे हाम्रो संगठनले अनुगमन गरिरहेको छ । साथै सबै कलेजहरुलाई ध्यानाकर्षण गराई यो कार्यान्वयन गराउनका लागि दबाब दिदै आएका छौं ।


८ तपाई १२ औं जिल्ला सम्मेलनबाट सहसचिव हुनु भएको रहेछ १३ औं जिल्ला सम्मेलनमा चाँही तपाई कुन पदमा उमेदवारी दिने तयारी गर्दै हुनुहुन्छ त ?


– हामीले माथि नै भनिसक्यौं कि अखिल क्रान्तिकारी सुनसरी १३ औं जिल्ला सम्मेलनको भव्य तयारीमा छ । यो १३ औं जिल्ला सम्मेलनमा मेरो अध्यक्ष पदमा उमेदवारी रहनेछ ।


९ तपाईं जिल्ला अध्यक्ष हुने आधार के के हुन् त ?


– १२ औं जिल्ला सम्मेलनबाट जुन खालको जिल्ला पदाधिकारीको टिम बनेको थियो त्यो पदाधिकारीको टिम सबै अहिले नेतृत्व दावी गर्ने अवस्थामा छैन । १२ औं सम्मेलनबाट उपाध्यक्ष भएका सिएम पौडेल र सचिव विक्रम थापा विद्यार्थी राजनीतिबाट हाल अलगजस्तो हुनुहुन्छ । त्यसैले स्वतः मैले अध्यक्षमा अकांक्षा राखेको हुँ, यसमा मैले माउ पार्टीबाट पनि सहयोगको अपेक्षा राखेको छु । साथै विद्यार्थी फाँटबाट आउनु भएका अग्रज दाइहरुबाट पनि सहयोगको अपेक्षा राखेको छु । मुख्य आधार चाँही प्रतिनिधि भएर आउने विद्यार्थीलाई आधार बनाएको छु ।


१० प्रतिनिधिहरु तपाईको पक्षमा हुन्छन् नै भन्ने आधार चाँही के छ ?


– म संगठन बनाउन जिल्लाभर दौडाहामा निस्केको छु । नियमित विद्यार्थी हुनुको नाताले पनि म विद्यार्थीहरुसँग भावनात्मकरुपले नजिक छु । विद्यार्थीको प्रतिनिधि विद्यार्थी नै हुनु पर्छ भन्ने मान्यता अनुसार पनि मेरो उमेदवारी न्यायोचित छ ।


११ तपाईंका ऐजेण्डाहरु चाँही के के छन् त ?


– हामीले इतिहासदेखि वैज्ञानिक शिक्षाको ऐजेण्डा उठादै आएका छौं यसको निरन्तरता नै मुख्य ऐजेण्डा हो । समय सन्दर्भ अनुसार रोजगारमुलक शिक्षा, निःशुल्क शिक्षा, स्वारोजगारमुलक शिक्षाका पक्षमा म निरन्तर लागिरहनेछु । शिक्षा क्षेत्रका विसंगति, विकृतिहरुको चिरफार गर्दै शैक्षिक सुधारका मुद्दाहरु स्थापित गराउने । यदि मैले अध्यक्षमा बाजी मार्न सकें भन्ने विना चन्दा संगठन चलाउने प्रतिबद्धता जनाउदछु । उत्पादनमा जोडिएर स्वरोजगार बन्ने कार्यको थालनी गर्नेछौं ताकि कुनै कार्यक्रम गर्न कसैसँग चन्दा उठाउन नपरोस् ।


१२ निजी कलेजहरुप्रति तपाईंको धारणा के हो ?


– निजी कलेजहरुको पनि शिक्षा क्षेत्रमा योगदान नभएको होइन तर, पनि यो महंगो बन्न गएको छ साथै शैक्षिक जनशक्ति विदेश पठाउने केन्द्रजस्तो पनि भएको छ, गरिब जनताको पहुँच भएन यसले शिक्षामा भेदभावको अवस्था सिर्जना गरेको छ ।


१२ त्यसो भए सामुदायिक कलेजहरुले चाँही के गर्नु पर्छ त ?


– सामुदायिक कलेजहरुमा सरकारले ठुलो लगानी गरेको छ तर, शैक्षिक गुणस्तर भने दिनानुदिन खस्किदो छ । यसको सुधारका लागि सरकारी संयन्त्रबाट प्रभावकारी अनुगमन र नियमन हुनु पर्यो । सामुदायिक कलेजका प्राध्यापकहरुले निजी कलेज लगानी गर्नु भएन । त्यस्ता कलेजमा लगानी गरेकाहरुलाई सामुदायिक कलेजमा नियुक्ती दिनु भएन । धन्यवाद ।

 

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]