चर्चा चलेको नेप्से चोक

  • भदौ १५, २०७८ / नेपाल रेखा
alt

नेपालरेखा / इटहरी ।  चोकको चौतारीमा बरको रुखमा टाँगिएको एउटा साईन बोर्ड ‘नेप्सेचोकमा यहाहरुलाई हार्दिक स्वागत छ’ नेप्से चोक, इटहरी–५ । यो चोकमा आउने जो कोहिलाई अचम्म लाग्न सक्छ यो कस्ता नाम होला ? तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नाम बाट जुराईएको यो नाम शेयर बजार कारोवार गर्ने जो कोहिलाई भने यो नाम नौलो छैन ।


चोकको आडैमा संखुवासभाका बिनोद दाहालको किराना तथा चिया पसल पनि छ । अनि हरेक दिन चोक र चिया पसलमा शेयर बजारको कुराकानी हुनेगरेपछि यो चोकको नाम नै नेप्से चोक राखिनु पर्ने स्थानिय युवाहरुको भनाई आएपछि चोकको नामाकरण नेप्से चोक राखिएको स्थानीय समाजसेवी तथा अधिवक्ता बिरेन्द्रप्रसाद गौतम बताउँछन् ।


बिगतमा चोकको नाम नहुदा इटहरी उपमहानगरपालिका ५ नं. वडामा रहेका ज्योति माविको छेउ, अथवा परिवार नियोजन संघ नजिकै कित ढप्कीदेवी थान मन्दिर भनेर लोकेशन बताउनु परेको भएपनि अहिले ‘नेप्से’ ले यो स्थानलाई नयाँ परिचय पनि थपिदिएको स्थानीय किराना तथा चिया पसल सञ्चालक बिनोद दाहाल बताउँछन् ।

240781189_193948122678819_5037123756690870550_n


कोरोना महामारीको समयमा निरन्तरको बन्दाबन्दी र निशेधाज्ञा जारी भएपछि आ–आफ्नो पेशा र ब्यावशायमा अन्यौलको स्थिति पैदा भइरहेका बेला स्थानीय यूवा माझ शेयर बजारमा यूवाको आर्कषण बढेसंगै चौकमा साथीभाइ छरछिमेक भेला हुँदा शेयर बजार र आईपीओ सम्बन्धि दिनहुँ हुने चर्चा परिचर्चाले यो चोकलाई शेयर बजारबारे ज्ञान हासिल गर्ने र शेयर बजारका अनुभवहरु साटासाट गर्ने थलोको रुपमा चोक चिनिन थालेको यूवा संघ नेपालका केन्द्रिय सदस्य तथा इटहरी उममहानगर पालिका ५ नं. वडाका सह इन्चार्ज गोपाल गिरीले बताएका छन् ।


इटहरी उपमहानगर पालिका अहिले तिब्र बिकाशक्रममा छ । पहिले बजार सानो हुँदा इटहरीको हलगडा क्षेत्रको रुपमा चिनिदै आएको ५ नं. वडाको यो स्थान ज्योति माध्यमिक बिद्यालय, परिवार नियोजन संघ र ढप्कीदेवी थान मन्दिर संगै रहेको स्थित छ । बजार बिस्तार संगै जनघनत्व बढेपछि स्थान परिचयका लागि नेप्से चोक राखिएको हो । यद्यपी अफिसियल रुपमा यो टोल एतिहासिक देवीस्थान, ढप्कीदेवी टोल बिकाश संस्थाकाको नामले परिचित रहेको यूवा संघ नेपालका केन्द्रिय सदस्य तथा वडाका सह ईन्चार्ज गोपाल गिरीले जानकारी दिएका छन् ।


शेयर कारोबारमा रुची भएका यूवाहरु शेयर लगानीका फाईदा, जोखिम, कम्पनिका बिश्लेशण, कसरी कतिखेर कारोवार गर्दा नाफमा जान सकिन्छ जस्ता बिषयहरुमा यूवाहरुको चासोले नेप्से चोकमा यूवाहरुको जमघटले आपसमा सिकाई प्रदान गरेको छ ।


आफ्नो भूगोललाई नेप्से चोक नाम दिएपछि शेयर कारोवारमा थाहा नभएका स्थानियहरुमा समेत शेयर बारे जिज्ञासा बढेपछि नेप्से चोकमा शेयर कारोबार बारे बिज्ञको सहयोगमा स्थानियलाई जानकारी गराउने समेत टोलबासी यूवाहरुको योजना रहेको यूवासंघका नेता तथा वडाका सह इन्चार्ज गिरीले बताएका छन् ।


शेयर बजारका लागि स्थानीय यूवाहरुले फेसवुक ग्रुप नै निर्माण गरेर जानकारी आदान प्रदान गदै आएकामा नेप्से चोकमा सिकाई र कारोवारलाई प्रभावकारी बनाउन चोकमा सार्वजनिक रुपमानै वाईफाई जडान गर्ने योजना पनि यूवाहरुको रहेको गिरीले बताएका छन् । टोलमा अहिले झण्डै पचास जना यूवाहरु शेयर कारोवारमा रुची राख्ने पनि गिरीले बताएका छन् ।

 

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

तालतलैया कला साहित्य ...

इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक क ...

पत्रकार दीपक कार्की ...

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]