७१ दिनपछि खोलियो सहिद स्मृति विद्यालयको ताला

  • असार २१, २०७८ / नेपाल रेखा
alt

इटहरी । इटहरी–१९ भवानीपुरमा संचालित सहिद स्मृति विद्यालयमा बिभिन्न समूहले लगाएको ताला ७१ दिनपछि आइतबार खुलाइएको छ ।
उच्च अदालत विराटनगरले असार १८ गते गरेको उत्पे्रषणयुक्त परमादेशको रिटमा छलफल भई आदेश हुँदा बिभिन्न सरोकारवालाहरुको रोहबरमा ताला खोलिएको हो ।
उच्च अदालतको आदेशमा भनिएको छ–‘सहिद स्मृति आवासीय विद्यालय सुनसरीमा भएको तालाबन्दी तत्काल खोली विद्यालय प्रशासन संचालन र यस शैक्षिक बर्षको एसइई परीक्षाको आन्तरिक मूल्यांकन नतिजाको कार्य जिल्ला शिक्षा समन्वय समितिबाट तोकिएको समयमा पेश गर्ने व्यवस्था गर्न ।’ साथै ‘तालाबन्दी खोल्नका लागि विपक्षी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट तत्काल प्रतिनिधि पठाई विद्यालय रहेको इलाका प्रहरी कार्यालयमा तालाबन्दी खोल्न आवश्यक सुरक्षा प्रवन्ध गर्नका लागि आजै पत्राचार गर्ने, आदेशमा अगाडि भनिएको छ । त्यसैगरी, ‘विद्यालयमा रहेका आवाशीय विद्यार्थीहरुको खाना, बस्न प्रबन्धका लागि र एसइई परीक्षाको मूल्यांकन गर्न तथा विद्यालय प्रशासन संचालन गर्न तत्काल भैपरि रुपमा आवश्यक पर्ने खर्च गर्नका लागि विपक्षी जिल्ला प्रशासन कार्यालय सुनसरी र विपक्षी इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुखले रिट निवेदकसँग समन्वय गरी मिति २०७८÷१÷२७ मा इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाबाट खाता रोक्का राखिएका बैंकहरु मध्ये कुनै एकको बैंक खाता फुकुवा गरी खातामा भएको रकमबाट उल्लेखित कार्य संचालन गर्न पुग अपुग रकमबाट खर्च गर्नु पर्ने भए सो समेतको आवश्यक प्रबन्ध गर्नु र यसरी खर्च प्रबन्ध गर्दा तोकिएको बैंक खाताबाट गर्नु र त्यसरी भएको रकम खर्चहरुको हिसाब र लेखा छुट्टै राखी रिट निवेदकलाई संचालन गर्न दिनु ।’ भनी अदालतको आदेशमा उल्लेख गरिएको छ ।
आइतबार सुरुमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुनसरी अध्यक्ष रोसन रेग्मीले एक विज्ञप्ति प्रकाशित गर्दै विद्यालयको मुख्य गेट र भित्रि च्यानल गेटमा लगाएको ताला सो संगठनका नेता जिबी गजलको नेतृत्वमा खोलिएको थियो । उक्त विद्यार्थी संगठनले गत बैशाख १२ गते बिभिन्न माग राख्दै सो विद्यालयमा ताला लगाएको थियो । उक्त समयमा विद्यालय संरक्षण तथा संघर्ष समितिको संयोजक लक्ष्मण राई लगायत सहभागि थिए । ताला खोल्नका लागि अनेरास्ववियु केन्द्रीय सदस्य जिबि गजल, युवा संघ इटहरी नगर इन्चार्ज सुजन लामा र नगर सह इन्चार्ज राजेश राई, इटहरी नगर अध्यक्ष कमल दाहाल, युबा संघ सुन्सरी जिल्ला अध्यक्ष अरुण गुरुङ र अनेरास्ववियु इटहरी नगर अध्यक्ष युस्टल दाहाल (गोरे) लगायत सहभागि थिए । अनेरास्ववियु इटहरी नगर अध्यक्ष युस्टल दाहाल (गोरे) ले उच्च अदालतको आदेशको सम्मान गर्दै ताला खोलिएको बताए ।
त्यसपछि जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि नायब सुब्बा शिवराज खड्का, इटहरी उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा अधिकृत फाल्गुणीप्रसाद काफ्लेको अगुवाईमा इटहरी उपमहानगरपालिका कार्यालयले लगाएको ताला खोलिएको थियो ।
ताला खोल्ने समयमा प्रतिनिधिसभा सदस्य तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, संविधानसभा सदस्य सन्तोषकुमार थारु, नेपाल पत्रकार महासंघ सुनसरी सभापति जनकऋषि राई, पूर्वी हटलाइन दैनिकका उपसम्पादक राजन केडी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराम गिरी, सोही विद्यालयका कार्यवाहक प्रधानाध्यापक चेवनप्रसाद पौडेल, अभिभावक प्रदीपकुमार श्रेष्ठ, शिक्षक प्रतिनिधि गणेश गुरागाईं र स्थानीय अभिभावक सूर्य थापा, प्रहरी कार्यालय तरहराका प्रहरी नायब निरिक्षक दुखाराम माझी लगायतको प्रतिनिधित्व रहेको थियो । इटहरी उपमहानगरपालिकाले विद्यालयमा भ्रष्टाचारको विषय सार्वजनिक भएकोले छानविनका लागि भन्दै जेठ २६ गते ताला लगाएको थियो ।
विद्यालयमा ताला लगाउने समूहरुले उच्च अदालतको आदेशको सम्मान गर्दै ताला खोलिएको बताएका छन् ।
सो विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराम गिरीले सहजरुपमा विद्यालय संचालनको वातावरण बनाइदिन बिभिन्न पक्षहरुसँग पटक–पटक माग राख्दै आएका थिए । उनको माग सुनुवाई नभएपछि असार १७ गते विपक्षीका नाममा उच्च अदालत विराटनगरमा रिट निवेदन दायर गरेका थिए ।
शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा कार्यरत प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लिलाराज काफ्ले (सन्दिप) लाई विद्यालय व्यवस्थापन समितिले करार अवधि थप नगरेपछि विद्यालयमा विवाद सुरु भइ बिभिन्न समूहले बखेडा झिकी तालाबन्दीको श्रृङ्खला सुरु भएको स्थानीयवासी बताउछन् । सहिद प्रतिष्ठान नेपालबाट राई र काफ्लेको करार अवधि थप नगरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयका प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लिलाराज काफ्लेले आफूहरुलाई शिक्षा नियमावली ऐन विपरीत विद्यालय व्यवस्थापन समितिले हटाएको दाबी गरेका छन् । काफ्ले र राईले उच्च अदालतको आदेशलाई आफूहरुले सम्मान गर्ने प्रतिक्रिया दिएका छन् ।

 

 

1 2 5 210224540_1691710727696541_7434507394990733147_n 210359802_319060826605180_2782356386029706942_n 4 207176471_1049236945698755_7236262588658783408_n

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]