पूर्व विद्यार्थीद्वारा इटहरी अस्पताललाई स्वास्थ्य उपकरण तथा सामाग्री हस्तान्तरण

  • जेठ २७, २०७८ / "नेपाल रेखा"
alt

इटहरी । सुनसरीको इटहरीमा रहेको बोर्डिङ्ग माध्यमिक बिद्यालय (सेकेण्ड्री बोर्डिङ्ग स्कूलमा बि.स.२०४९÷५० सालमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरुको समूहले कोविडको महामारीका समयमा आम नागरिकले सुलभ र सहज स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले करीब ३ लाख ३७ हजार बराबरका स्वास्थ्य उपकरण तथा सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।
पूर्व बिद्यार्थी समाजका संयोजक डा. बेन लिम्बूले इटहरीका नगरप्रमुख द्वारिकलाल चौधरीलाई उक्त सामाग्रीहरु इटहरी अस्पतालमा वुधवार एक कार्यक्रम बीच हस्तान्तरण गर्नु भयो । हस्तान्तरण समारोहमा डा. लिम्बूले आफू पनि इटहरीको बासिन्दा भएको, आफ्ना आमा बुबा पनि यही इटहरीमा रहेको र आफ्नै जस्तै सबैका आमा बुबा र घरपरिवारका सदस्य आफ्ना पनि आमा बुबा र सदस्य भएकोले इटहरीबासीको नाताले ब्याजी साथीहरुसँग सल्लाह गरेर छोटो समयमा उक्त रकम संकलन गरि स्वास्थ्य उपकरण खरिद गरेको र आम नागरिकको सरल उपचारका लागि प्रयोग होस् भन्ने हेतुले उक्त उपकरणहरु बितरण गरेको बताउनु भयो ।
बितरीत सामाग्रीहरुमा नन् इन्भेसिभ भेन्टिलेटर १ थान, थरमल गन १० थान, पल्स अक्सिमिटर १० थान, मेडिकल स्ट्रेचर चक्का सहितको ९ थान, रबराईज्ड पिपिई सेट २५ थान, एन ९५ माक्स १०० थान, फेस माक्स १२ हजार ५ सय थान लगायतका सामाग्रीहरु रहेका छन् ।
उक्त हस्तान्तरण समारोहमा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले इटहरीका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा भावले गरिएको सहयोग महत्वपूर्ण रहेको र यसलाई सहि सदुपयोग गरेर नागरिकको स्वास्थ्यलाई जोगाउन काम गरिने बताउनु भयो ।
उक्त कार्यक्रममा इटहरी अस्पतालका चिकित्सकले स्रोत र साधनको कमि भई रहेको अवस्थामा यो सहयोगले नागरिकको स्वास्थ्य उपचारमा मद्दत पुग्ने बताउँदै यसको भरपुर उपयोग र जनस्वास्थ्य प्रतिको सेवाभाव मजबुत् हुने बताउनु भयो । कार्यक्रममा पूर्व बिद्यार्थीहरु अनुरोध थापा, राजु थापा, सुमित थापा, रन्जन ओझा, लगायतले सहयोगको सानो प्रयास भए पनि भविश्यमा इटहरी अस्पताललाई मजबुत र सुविधा सम्पन्न बनाउन आफूहरुको पहल रहने जानकारी दिनु भयो ।
रिना सुब्बा, बिनोद खड्का, यसोदा राई, भोज सिग्देल, बेन लिम्बू, अरुणा लिम्बू, कमल राठी, बिकाश काफ्ले, प्रमिला कडेँल, मञ्जु सुवेदी, प्रताप राई निरज खड्का, रबि न्यौपाने, सौरभ आचार्य, शेखर खनाल, प्रज्वल क्षेत्री, उत्तम बराल र सञ्जु शर्माले जनही सहयोग रकम सकलन गरका थिए ।

3 6 7

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]