मेलान सुनसरीद्वारा निःसाहाय बालबालिका सेवा आश्रममा खाद्यन्न तथा फलफूल वितरण

  • जेठ २६, २०७८ / "नेपाल रेखा"
alt

इटहरी । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) जिल्ला समिति सुनसरीले निःसाहाय बालबालिका सेवा आश्रमलाई फलफूल साथै खाद्य सामाग्री प्रदान गरेको छ ।
वुधबार मेलानको १६ औं स्थापना दिवसको अवसरमा इटहरी–४ मा रहेको आश्रमलाई मेलान सुनसरी जिल्ला अध्यक्ष डा. खगेन्द्र ओलीको संयोजकत्वमा खाद्य सामाग्री प्रदान गरिएको हो । डा. ओलीले स्याउ, आँप साथै मैदा, चाउ–चाउ, भुजालगायतका खाद्य सामाग्री प्रदान गरिएको बताए । कार्यक्रममा मेलान केन्द्रीय सल्लाहकार प्रकाश अधिकारीसहित सुनसरी जिल्ला कायस् समिति सदस्यहरुसमेत सक्रिय सहभागि भएका थिए ।
मेलान गुणस्तरीय र जनपक्षीय स्वास्थ्य प्रयोगशाला सेवा र यस पेशामा आवद्ध जनशक्तिहरुको पेशागत हक हितको सुनिश्चितताका लागि काम गर्दै आएको संस्था हो । सो अवसरमा मेलान स्थापना दिवसको शुभकामनासमेत आदान–प्रदान गरिएको थियो । स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मेलानले आम नागरिकलाई कोभिड–१९ बाट बच्न स्वास्थ्य मापदण्ड अपनाउनसमेत अनुरोध गरेको छ ।
विश्व स्वास्थ्य संगठनले दान गर्दा पनि संक्रमण न्यूनीकरण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेअनुसार आफूहरुद्वारा पनि यस्तो दानको कार्यक्रम आयोजना गरिएको मेलानसँग आवद्ध चिकित्सकहरु बताउछन् ।

198339618_5570094889729495_4478718209573017804_n melan

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]