निषेधाज्ञाले एम्बुलेन्सले समेत बाटो पाएनन् "बिभिन्न जिल्लामा निषेधाज्ञा"

  • वैशाख २१, २०७८ / "नेपाल रेखा"
alt


जनक पाण्डे
इटहरी÷कोरोना भाईरसको नयाँ प्रकारको प्रजाति सहित देशमा संक्रमण दर दैनिक रुपमा बढिरहेका बेला स्थानिय स्तरमा समेत नियन्त्रणका लागि ब्यापक रुपमा सजगता अपनाउन थालिएको छ । प्रदेश नं. १ मा जिल्ला प्रशासन कार्यालयहरुले आफ्ना जिल्लामा निषेधाज्ञा जारी गर्न थालिसकेका छन् ।
निषेधाज्ञा स्थान बिषेश जोखिम क्षेत्रको आधारमा कहिं खुकुलो कहिँ कडा रुपमा अत्यावश्यक र आपतकालिन अवस्था बाहेक यातायात र सवारीहरु ठप्प पारिएका छन् । भने बजारहरु निश्चित समय तोकेर किनमेलका लागि सर्वसाधारण लागि छुुट दिइका छन् ।

20210503_090329
मोरङ्ग प्रसासनले आईतवारबाट जारि गरेको निषेधाज्ञामा बिराटनगरमा बाहिर जिल्लाबाट सवारी आवागमनमा पूूर्ण रोक लगाएको छ भने स्थानिय बजारलाई बिहान ६ बजे देखि १० बजे सम्म खुुल्न दिइएको छ । अत्यावश्यक र आपतकालिन अवस्था बाहेकका सवारी साधनहरुलाई मोरङ्गका बिभिन्न ठाँउमा चेकजाचलाई कडाई र निगरानी गरिएको छ । बिराटनगर प्रवेश मार्ग सुुनसरी–मोरङ्गको सिमाक्षेत्र दुुहवीबाट नजिक पर्ने बुुढीखोला पुलमा प्रहरी प्रसासनले गाडी चेकजाँच कडाई गर्दै अत्यावश्यक सामाग्री, निर्माण सामाग्री, खाद्यान्न र आपतकालिन सेवा बाहेकका सवारी साधनलाई मोरङ्ग प्रवेशमा निषेध गरेको छ । चेकजाचको क्रममा निकैलामो समयसम्म सवारीले बाटो ढाक्दा आपतकालिन सेवाका बिरामी बोकेका धेरै एम्बुुलेन्सहरु जाममा रोकिनुु परेको थियो ।
‘आपतकालिन सेवाका एम्बुुलेन्सलाई जान मिल्नेगरि गरि चेकजाँचको ब्यवस्था मिलाउनुु पर्ने थियो’ धेरै बिरामी बोकेका एम्बुुलेन्सहरु बाटोमा रोकिएकोले केस सिरियस हुुँदा झनैं समस्या हुुन जाने कुुरा बिरामी बिराटनगर पु¥याएर फर्किएका नेपाल परिवार नियोजन ईटहरीको एम्वुलेन्स चालक बामन राई बताउँछन् ।

20210503_085237
किन सांघुुरो ठांउ भएको पूूलमा नै चेकजाँच गर्नुुभएको भन्ने हटलाइनको प्रश्नमा–जिल्ला प्रसासन कार्यालयको सुुरक्षा बैठकबाट पारित बुुँदा अनुुसार अत्यावश्यक र आपतकालिन सेवा बाहेक मोरङ्गमा आवागमन निषेध भएकोले चेकजाँचमा कडाई गरिएको चेकजाँचमा खटिएका मोरङ्गको नेमुवा इलाका प्रहरी कार्यालयका सइ शंकरप्रसाद खतिवडा बताउँछन् ।

20210503_084932

चेकजाँचको सहजताको कारणले पूूलमा सवारी जाँचपास राखिँदा बिरामी बोकेका एम्बुुलेन्स, बिरामी र बिरामीका आफन्तहरुले समस्या झेल्नुु परेको बिरामीका आफन्तहरुले बताएका छन् । बिराटनगरमा कुुनै सवारी चलाईएका छैनन् । पशलहरु बिहान १० बजेसम्म खुुल्न दिईएको छ ।
त्यस्तै गत सुुक्रवार राति १२ बजे बाट लागूू हुुनेगरिको सुनसरीमा निषेधाज्ञा जारि गरिएको छ । सुुनसरीमा यातायात र सवारी साधनहरु जोर बिजोर प्रणालिमार्फत संञ्चालन गर्न दिइएको छ । बजार पसलहरु बिहान ६ बजे बाट ११ बजेसम्म खुुल्न दिइएको छ । सोमवार पनि इटहरीमा जोरबिजोर प्रणाली अनुुसार स्थान बिषेशमा सवारी साधनहरु चेकजाँच गरिएका छन् । बजार, बैँक बित्तिय संस्थामा सामान्य भन्दा भिडभाड बढेका छन् ।
त्यस्तै गरेर झापामा पनि कोरोना संक्रमणको ग्राफ बढ्न थालेपछि स्थानिय जिल्ला प्रसासनले आइतबार राति १२ बजेबाट लागुु हुुनेगरि निषेधाज्ञा जारी भएको छ । बजार पसलहरु बिहान ६ बजे देखि ११ बजेसम्म खुुल्ला रहन दिइको छ । सवारी साधनहरुलाई जोर बिजोर प्रणालीमा चलाउन अनुुमति दिइएको छ ।
झापाका बिभिन्न स्थानहरुमा प्रहरीले चेकजाँचलाई कडाइ गरेको त्यस्तै पसल, बैंक तथा बित्तिय संस्थाहरुमा नियमित भन्दा सामान्य भिडभाड भएको स्रोतले बताएको छ । झापामा सोमवार १२३ जना कोरोना संक्रमित भएका छन् ।

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दलित सवालमा एकजुट भए ...

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]