जनक पाण्डे
इटहरी / सुनसरी जिल्ला प्रशासनले सुक्रबार राति १२ः०० बजेदेखि लागू गरेको निषेधाज्ञामा पहिलो दिन शनिबार जनसर्मथन सहित निशेधाज्ञा पालना भएको छ ।
निषेधाज्ञा पालना गर्दै समग्रमा जन सहयोग र सर्मथन पाइएको देखिएको छ । शनिबार इटहरीका हाट बजार ११ बजे पछि पूर्ण रुपमा बन्द गरिएका छन् भने अति आवश्यकीय स्वास्थ्य सेवा, मेडिकल सेवाहरु भने यथावत सुचारु रहेका छन् ।
बन्द निशेधाज्ञा पालनामा जनसर्मथन रहेको र पहिलो दिनको बन्दले जनजिवन सामान्य रहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले बताएका छन् । नयाँ प्रजाति र प्रकारको कोरोना भाईरसको संक्रमणको ग्राफ दिनहु बढिरहेकोले जनमानसमा भय र शंका समेत श्रृजना हुनसक्ने अवस्थाले नागरिकहरु स्वयं पनि सचेत भइरहेका छन् । यस्तो संवेदनसील समययमा सवै नागरिकको सहयोग र समर्थनले नै आफू र समाजलाई बचाउन सकिने पनि डिएसपी अर्जुन केसी बताउँछन् ।
सुनसरीको इटहरीमा शनिबार बिहान ११ बजेदेखि बन्द गराइएका पसलहरु स्वःस्फुर्त समयमै बन्द गरिएका थिए । त्यस्तै यातायात र सवारीहरुको पनि जोर बिजोर नम्बर प्रणालीमा सवारीहरु चल्न दिइएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर चल्ने नियम अनुसार शनिवार अधिकाँश जोर नम्बरका यातायात र सवारी साधनहरु चल्न दिइको थियो ।
त्यस्तै निशेधाज्ञाको पहिलो दिन शनिबार अधिकांश व्यक्ति र ब्यावसायिमा निषेधाज्ञाको बारेमा अनभिज्ञता समेत रहेको भेटिएको छ । बिहान १०ः४५ बजेतिर पूर्वीहटलाइनकर्मी इटहरी चौक पुग्दा ट्राफिक प्रहरीले जोरबिजोर नम्वरको सवारी जाँच गदैगर्दा कतिपय बिजोर नम्बरका सवारीहरु नियन्त्रणमा लिइएका थिए । धर्मेन्द्र शुब्बा (ट्रिपर चालक)ले को१ख ४७५५का लेटाङबाट प्रकाशपुर पुगेर आएको इटहरी चौकमा गाडी रोेक्दा मात्र आफूलाई थाहा भएको बताए । ‘मलाई जोर विजोर बारेमा थाहा थिएन ट्रिपर व्यवसायी संघलाई जानकारी गराएको भए राम्रो हुने थियो’ चालक धर्मेन्द्र सुब्वाले भने ।
ललितकुमार मेहता ट्याक्टर चालक को२त ६७८५ झुम्काबाट आएका थिए उनलाई कानेपोखरी जानु पर्ने थियो तर, चालक मेहतालाई निशेधाज्ञा बारे थाहा नपाएको बताएका छन् । आफ्ना ब्यावशायी संघमार्फत जानकारी भएको भए आफूले यसबारे संघले जानकारी नगराएको चालक मेहताको गुनासो थियो ।
उता इप्रका इटहरीका डिएसपी अर्जुन केसी आफूहरुले बिभिन्न मिडियाहरुमा समेत निसेधाज्ञा बारेका समाचार जानकारी आइसकेको र आफुहरुले पनि सवैतिर जानकारी गराएको साथै उपमहानगरले समेत सूचना गरिसकेको बताएका छन् ।
सर्वसाधारण लगायत धेरै चालकलाई बुभ्mदा प्रायः सबैले जोर विजोर नम्वर कार्यप्रणाली समेत थाहा नभएको पाईएको छ ।