मनपरी शुल्कको बिरुद्धमा बिद्यार्थीहरु आन्दोलित

  • चैत ६, २०७७ / "नेपाल रेखा"
alt


नेपालरेखा / सुनसरी । पढाई नभएको समयको पनि कलेजले शुल्क तिर्न बारम्बार ताकेता गर्दै आएको भन्दै इटहरीका निजी कलेजहरु विरुद्ध विद्यार्थीहरुले सडक संघर्ष नै थालेका छन ।


निजी कलेजहरुले बिगतमा पढाई नभएको लकडाउनको समयको समेत सबै शुल्क लिनखोजे पछि कलेजहरु संग पटक पटक त्यस्तो शुल्क नलिन आग्रह गर्दा पनि सुनुवाई नभएपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन ।

162533089_1798074973693715_5260411033131388610_n


ईटहरीका बिश्व आदर्श कलेज, कस्तुरी कलेज, सुस्मा गोदावरी कलेज लगायत कोशी सेन्टजेम्स कलेका बिद्यार्थीहरु संयुक्त रुपमा मनपरी शुल्कको बिरुद्धमा आन्दोलित भएका हुन् ।


इटहरी क्षेत्रका नाम चलेका कलेजहरुले नपढाएको समयको समेत मनपरी शुल्क उठाउदै आएको भन्दै विद्यार्थीहरुले इटहरी उपमहानगरपालिकामा शिक्षा शाखामा समेत कलेजहरुको मनपरी शुल्क असुल्ने कार्य रोक्न आग्रह गर्दापनि सुनुवाई नभएपछि सडक आन्दोलन गर्नु परेको विद्यार्थीहरुले वताएका छन ।

162891773_288139569538535_8351629002969213426_n


‘पैसा बोटमा फल्दैन, अविभावक मार्न पाईँदैन, वि वान्ट जस्टिस’ भन्दै विद्यार्थीहरुले इटहरी मुख्य चौक क्षेत्रमा केही घण्टा चक्का जाम गरेका थिए । विद्यार्थीहरुले ६ महिना पढाएर कलेजहरुले एक वर्षको शुल्क असुल गरिरको भन्दै आन्दोलनमा उत्रिएको बताउदै आफना मागहरु पुरा नगरिए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।

 

विद्यार्थीहरुले उठाएका मागहरुमा आन्तरिक व्यवस्थापन सुधार गर्ने, कोभिडको समयमा यातायात सुल्क नलिने परिक्षा सुल्क नलिने लगायतका विषयमा कलेज व्यवस्थापन पक्ष सकारात्मक रहेको र शुल्कका विषयमा टुँगयाउन वाकी रहेको इटहरी उपमहानगरपालिका शिक्षा शाखाका सुर्यप्रसाद सुवेदीले वताए । छलफलबाटै समस्या समाधान खोजिने पनि सुवेदीले बताएका छन् ।

162222042_250227680100394_3785301295128121911_n

 

विद्यार्थीहरु आन्दोलित बनेपछि समस्या समाधानका लागि विद्यार्थी प्रतिनिधिहरु संग समेत छलफल भएको र केही विषयमा सकारात्मक भएको र वाकी विषय मिलाउन पुन छलफल गरिने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमीरेले वताए ।

 

विद्यार्थीहरुकोे आन्दोलन दिनप्रतिदिन लम्वीन लाथेपछि समस्या समाधानका लागि छलफल गरिने भएको छ । छलफल निकास दिने अपेक्षा विद्यार्थी तथा कलेज व्यवस्थापनले पनि लिएको छ ।

162795444_274862547424823_8430200571827627170_n

 

 

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]