पार्टी एकताको पक्षमा उभिन इटहरी उपमहानगर कमिटिको बैठकमार्फत निर्देशन

  • मंसिर १०, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयमा पार्टी एकता र सरकार संचालनबारे विवाद र बहस जारी रहेकै बेला सोही पार्टीको इटहरी उपमहानगर कमिटिको एकताले भने पूर्णता पाएको बताइएको छ ।
नेकपा इटहरी उपमहानगर कमिटि पार्टी सचिव काँशीनाथ दङ्गालले मंगलबार कमिटिको सचिवालय बैठक बसी एकता प्रक्रिया सम्पन्न गरिएको जानकारी दिए । पार्टी सचिव दङ्गालले मातहतका पार्टी कमिटि र सदस्यहरुलाई पार्टी एकता विरोधी गतिविधि नगर्न निर्देशनसमेत बैठकमार्फत दिइएको बताए । साथै पार्टी एकताको पक्षमा दृढतापूर्वक कार्य सम्पन्न गर्न वडा कमिटि तथा शाखा कमिटिहरुलाई निर्देशनसमेत दिइएको दङ्गालको भनाई छ ।
उपमहानगर कमिटिका अध्यक्ष बहादुरसिंह तामाङ्ग (ज्वाला)को अध्यक्षतामा बसेको मंगलबारको सचिवालय बैठकले प्रचार विभाग, स्कूलिङ्ग विभाग, संगठन विभाग, स्थानीय तह समन्वय विभाग लगायतका २७ वटा विभाग र २७ वटै फ्याक्सनसमेत गठन गरेको दङ्गालले जानकारी दिए । बैठकमा पार्टी केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला सह–इन्चार्ज निर्मल वराल, पार्टी प्रदेश समिति सदस्य एवम् इटहरी उपमहानगर कमिटि इन्चार्ज केशव विष्ट, इन्चार्ज राजकुमार गिरी, सहइन्चार्ज चिरन्जीवी भट्टराई, प्रदेश कमिटि सदस्य भानु मैनाली लगायतको उपस्थिति रहेको बताइएको छ । दङ्गालका अनुसार थप ४ ३३ जनालाई पार्टीको जिम्मेवारीसमेत प्रदान गरिएको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]