लायन्स क्लबहरुको सक्रियतामा २ सय ८५ बिरुवा रोपियो

  • असार २३, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी, लियो क्लब अफ स्मार्ट सिटी र नयाँ लायन्स क्लब अफ् एक्टिभले आफ्नो कार्याकाल सुरु भएको पहिलो हप्तामै इटहरीका विभिन्न ८ स्थानमा संयुक्तरुपमा बृक्षरोपण गरेका छन् ।
यी क्लबहरुको सक्रियतामा आँप, लिची, अनार, कागती, कपुर, अशोक, मसला, टिक, रुद्राक्षका २ सय ८५ विरुवा रोपण गरिएको छ ।
मदन स्मृति आधारभूत बिद्यालय इटहरी १३, सहिद स्मृति आधारभूत बिद्यालय इटहरी १८, जेबि टुहुरे फाउन्डेसन इटहरी १०, सुकुमारी खोला इटहरी–६, मनमोहन आधारभूत बिध्यालय इटहरी १०, कबिर मा.बि. इटहरी–६ र इटहरी रंगशाला इटहरी–९ मा बृक्षा रोपण गरिएको हो ।
जुलाइ १ मा डिस्ट्रिक फस्ट गभर्नर लायन रेबत कार्कीको सहभागितामा मदन स्मृति आधारभूत बिद्यालयबाट सप्ताह सुरु भएको थियो । साथै समापन रिजन चेयर पर्सन राम निरौलाको सहभागितामा इटहरी रंगशालामा जुलाइ ७ मा भएको थियो । साताभरि नै बृक्ष रोपण कार्यमा विभिन्न लायन लिडर तथा दुबै क्लबका लायन सदस्यहरुको उत्साह जनक उपस्थिति रहेको थियो । सप्ताह कार्यक्रम संयोजक लायन राजेन्द्रप्रसाद घिमिरे र लायन भबकृष्ण तिम्सिना रहेका थिए ।

107247873_2634172663511870_2804264292919857701_n 107530584_612606862720757_6783199783162073864_n 107375468_277481266659895_538183578498717470_n

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]