कौशीखेति गर्नेलाई हौसला बढाउदै इटहरी उपमहानगर

  • असार २२, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन् । उनीहरुले कौशीखेती गर्न २ वटा समूह नै निर्माण गरेका छन् ।
बजार क्षेत्रका महिलामा कौशीखेतीप्रतिको आकर्षण देखेर इटहरी उपमहानगरले स्वागत टोल विकास सस्था मार्फत ३० जना महिलालाई कौशीखेती सम्वन्धि तालिम दिएर आवश्यक समाग्री समेत उपलब्ध गराएको छ ।
उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत तालिम दिएर आवश्यक समाग्री डमस्टेन, हजारी र मलविउ उपलब्ध गराइएको हो । उपमेयर लक्ष्मी गौतम तथा वडा नम्वर ६ का अध्यक्ष दीपक गौतमले ती समाग्री हस्तान्तरण गर्नुभयो ।
उपमेयर लक्ष्मी गौतमले इटहरीलाई तरकारीमा आत्मनिर्भर बनाउने योजना अन्तर्गत बजारका महिलालाई कौशीखेतीका लागि तालिम र आवश्यक समाग्री सहयोग गरिएको बताउनुभयो । उहाँले नमूनाकौशी खेती गर्न सल्लाह दिनुभयो ।
उपमहानगरले आगामी वर्षको वजेटमा समेत १५ लाख रुपियाँ कौशीखेतीका लागि प्रस्ताव गरिएको बताउनुभयो । वडा नम्वर ६ का वडाध्यक्ष दीपक गौतमले बजार क्षेत्रमा ठाँउ सुहाउदो काम अघि वढेकोमा खुशि ब्यक्त गर्नुभयो । उहाँले वडाका एकसय पचास घर लक्षित गरेर कौशीखेतीका लागि ब्यवस्थित र सुदृढ तालिम प्रदान गरिने वताउनुभयो ।
उपमहानगर सामाजिक विकास शाखाकी अघिकृत मायाँ राईले कौशीखेतीवाटै पहिचान वनाउन शुभकामना दिनुभयो । स्वागत टोल विकास संस्थाकी अध्यक्ष भद्रा थापाले तालिममा सिकेको ज्ञानलाई ब्यवहारमै उर्तान सुझाव दिनुभयो ।

106238953_10219027051879983_3277309473361552227_n 106624617_10219027051399971_3232644564582308858_n

106730068_10219027052319994_3404786837343258481_n

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]