होमोप्याथी उपचार पद्धति, प्रभाव र राज्यको दायित्व

  • जेठ १४, २०७७ / "नेपाल रेखा"
alt

होमीयोप्याथि ग्रिक शब्द हो । यसको अर्थ समानले समानको उपचार भन्ने बुझिन्छ । यो विश्वको दोस्रो ठुलो र सबभन्दा नवीनम् प्राकृति र वैज्ञानिक चिकित्साको समिश्रण (फ्यूजन)बाट बनेको उपचार पद्धति हो ।
यसमा विशेषतः लक्षणको आधारमा विरामीलाई उपचार गरिन्छ । जस्तै सिन्कोना अफिसिनालिस cinchona Officinalis भन्ने औषधीय गुण भएको वनस्पतिको सेवन गर्दा स्वास्थ्य मानिसलाई ज्वरो लगायत अन्य स्वास्थ्य समस्याहरु आउदछन् र त्यै वनस्पतिको सुक्ष्म मात्रालाई शक्तिकृत गरेर प्रयोग गर्दा उक्त ज्वरो लगायत सम्पूर्ण स्वास्थ्य समस्याहरु निको भएर जान्छन् ।
आजभन्दा २ सय २४ बर्ष पहिले अर्थात सन् १७९६ मा यो जर्मनीका आधुनिक चिकित्सक डाक्टर क्रिश्चियन फ्रेडरिक सामुएल हैनिमेनले प्रतिपादन गरेको उपचार पद्धति हो । यो उपचार पद्धतिद्वारा उपचार गराउदा कुनै पनि प्रकारको कु प्रभाव (साइड इफेक्ट) पर्दैन । किन भने कुनै पनि औषधीय वस्तुमा हुने शुक्ष्म (टिनी) औषधीय तत्वलाई मात्र लिएर शक्तिकृत गरी यसको औषधी तयार गरिन्छ । यो शक्तिकृत शुक्ष्म औषधीले शशीरलाई निको बनाउने प्रक्रिया (हिलिङ्ग प्रोसेस)लाई उत्तेजना (स्टिमुलेट) गर्दछ र त्यसले शशीरको जिवन शक्ति (भाइटल फोर्स) बृद्धि गर्न थाल्दछ र शरीरले रोग आफैं निको बनाउछ ।
होमियोप्याथिक उपचार गराउदा विरामीको शारीरिक, मानसिक र भावनात्मक लक्षणहरुसमेत लिएर उपचार गराउने भएकाले मानिस शारीरिक, मानसिक र आत्मिक रुपमा पूर्णरुपले ठिक हुन्छ । त्यसैले यसलाई समग्र (होलस्टिक) उपचार पनि भनिन्छ ।
त्यसैले गर्दा यसमा यो रोग र त्यो रोगको उपचार भन्ने नै हुदैन । सम्पूर्ण शरीरको नै उपचार हुन्छ, शरीर निको हुनु भनेको सम्पूर्ण रुपमा रोगहरु निको हुनु हो । शरीरमा यस विधिबाट सबै प्रकारको, सबै उमेरको र सबै लिङ्गका मानिसहरुको उपचार सरल ढंगबाट गर्न सकिन्छ । यदि औषधी सेवनले कुनै विरामी निको नभएमा पनि यी औषधीले शरीरमा कुनै ठुलो हानी भने गर्दैन ।
विश्वमा होमियोप्याथि चिकित्सा पद्धतिको अवस्था
जर्मन चिकित्सक सर हैनिमेनको अन्वेषण, अनुसन्धसान र प्रयोगबाट विश्वव्यापीकरण हुदै गएको तात्कालिन जर्मनी चिकित्सा पद्धतिमध्ये एक महत्वपूर्ण चिकित्सा पद्धति होमियोप्याथि हो । मेटवोलिक सिद्धान्तका आधारमा औषधी अन्वेषण र अनुसन्धान हुने पद्धति नै यसको मूलस्रोत मानिन्छ । जैविक रसायनबाट समेतसँगको रसायनिक प्रतिक्रियाबाट औषधी निर्माण गर्ने पद्धति छ । यसको औषधी विश्वका प्रायः सबै देशहरुमा होमियोप्याथिक सेवा संचालनमा छ । करिब ८० वटा देशहरुमा यसलाई स्वास्थ्य नीतिमा राखेर उपचार गराइरहेका छन् । युरोपका ४० देशहरुमा यसको प्रभाव ज्यादा छ । त्यसैगरीकन अमेरिका, बेलायत, स्वीजरलैण्ड, ब्राजिल, चिली, मेक्सिको, पाकिस्तान, श्रीलंका, भारतलगायतका देशहरुमा होमियोप्याथिलाई महत्वपूर्ण स्थान दिएको पाइन्छ ।
विश्व २०० मिलियन मानिसहरु निरन्तररुपमा होमियोप्याथिक उपचार गराइरन्छन् । भारतमा मात्र १४५ वटा होमियोप्याथिक मेडिकल कलेजहरु र २ लाख भन्दा बढी होमियोप्याथिक रजिष्टर चिकित्सकहरु छन् । स्वास्थ्य क्षेत्रमा भारतमा होमियोप्याथिले महत्वपूर्ण योगदान गरेको छ । आयुस (AYUSH)  मन्त्रालय अन्तर्गत होमियोप्याथिक, आयुर्वेदिक, युनानी, सिद्धा, योग र प्राकृतिक चिकित्सालाई उच्च प्राथमिकताका साथ व्यवस्थापन गरेको छ ।
नेपालको अवस्था
नेपालमा होमियोप्याथिक चिकित्सा पद्धतिको सुरुवात जर्मनबाट भारत आएका होमीयोप्याथिक चिकित्सकहरुबाट नै राणा शासनकालमा भएको देखिन्छ । नेपालमा पहिलो होमियोप्याथिक उपचार गर्ने व्यक्ति खुसबहादुर थापा हुन् । उनी भेटनरी डाक्टर थिए । उनलाई होमियोप्याथि सम्बन्धि थोरै मात्रामा ज्ञान थियो । त्यसैको भरमा उनले उपचार गरेको प्रमाणहरु छन् ।
प्रथम पटक निजी क्षेत्रबाट डाक्टर पुस्कल शर्माले संचालन गरेको पशुपति होमियो चिकित्सालय २००७ सालमा स्थापना भई उपचार सेवा दिएका थिए । त्यही अस्पताल अहिले नेपाल सरकारद्वारा संचालित एक मात्र होमियोप्याथिक अस्पताल हो । जो ललितपुर पुल्चोकको हरिहर भवनमा स्थापित छ ।
हाल आएर नेपालभरि लगभग १५ वटा जति निःशुल्क होमियोप्याथिक वितरण गर्ने क्लीनिकहरु छन् । जुन विभिन्न संघ, संस्थाहरुद्वारा संचालित छन् । देशभरि निजी क्षेत्रबाट संचालन भएका ५०० जतिको हाराहारीमा निजी क्लीनिकहरु छन् । नेपालमा होमियोप्याथिक उपचार पद्धतिका क्षेत्रमा संस्थागत रुपमा काम गर्ने नेपाल होमियोप्याथिक संगठनलगातका थुप्रै संघ, संस्थाहरु छन् । त्यसमध्ये अल नेपाल होमियोप्याथिक एशोसिएसन पनि संस्थागत छ । नेपालमा एक मात्र होमियोप्याथिक चिकित्सा विद्यालय हाल बन्द अवस्थामा छ । यसको संचालन प्रक्रियामा कानूनी र केही भौतिक समस्याहरुका कारण संचालनमा आएको छैन ।
अहिले प्रदेश नम्बर १ सरकारमा स्वयमसेवक चिकित्सकका रुपमा ३ जना चिकित्सकहरु र एक जना सहायक चिकित्सक करारमा छन् ।
सन् २०३० बाट एन्टिवायोटिकले काम गर्दैन
विश्व स्वास्थ्य संगठन  (WHO)  का अनुसार अब सन् २०३० बाट एन्टिबायोटिकले काम गर्दैन । यसबाट धेरै एलोपेथिक औषधीहरुबाट उपचार गराउन बानी परेका मानिसहरुलाई बिकराल समस्या आउन सक्छ । त्यसैले सरकारले एलोपेथिक चिकित्सालाई मात्र स्वास्थ्य क्षेत्रको लगभग ९७ प्रतिशत बजेट खर्च गरेर अन्य चिकित्सा पद्धतिलाई वेवास्ता गरेको कारणले गर्दा कोरोनाको करबाट बच्न अन्य चिकित्सा पद्धतिहरु कम मात्रामा प्रयोगमा आए । यो सबै जनताले थाह पाएको कुरा हो । यहाँ कस्तो बिकराल र पक्षपाती स्वास्थ्य नीतिको स्थिति छ भन्ने कुरा प्रष्ट हुन सकिन्छ ।
त्यसैले अब होमियोप्याथि पद्धति सस्तो, भरपर्दो, कुप्रभाव (साइट इफेक्ट) नभएको सरल र शशीरको समग्र उपचार गर्ने पद्धतिलाई नेपालको आफ्नो चिकित्सा पद्धति बनाउन जरुरी छ । किनकी यो नेपालको गरिब नागरिकहरुले पनि प्रयोग गर्न सक्ने आर्थिक, सामाजिक, भौगोलिक र नेपालको माटो सुहाउदो पद्धति हो । त्यसैले अब सबै स्थानीय तहरुका सरकारी अस्पतालहरुमा एउटा होमियोप्याथिक यूनिट राखेर उपचार सेवा दिन जरुरी छ ।
राज्यको दायित्व
होमियोप्याथिक चिकित्सा पद्धतिको विश्वव्यापीकरणका साथ साथै नेपालमा पनि यो उपचार पद्धतिबाट लाभ प्राप्त गर्ने अनगिन्ती विरामीहरु रहेपनि नेपाल सरकारले यो उपचार पद्धतिलाई सरकारी मान्यता प्रदान व्यापकरुपमा वैकल्पिक चिकित्सा पद्धितकोरुपमा विकास गर्नु पर्ने देखिन्छ । यो पद्धतिबाट उपचारित मानिसहरुको शरीरमा एलोप्याथिक उपचार पद्धतिको जस्तो प्रतिक्रिया (च्बअतष्यल) नदिने भएको हुदा यो उपचार पद्धति बढी प्रभावकारी छ भन्ने देखिन्छ । सस्तो उपचार पद्धति नै यसको मूल आधार हो । यसले रोग प्रतिरोध गर्ने मात्र नभई रोग निदान गर्ने क्षमता राख्दछ भन्ने भनाई छ । यसर्थमा नेपाल सरकारले मुलुकभरि भएका होमीयोप्याथिक चिकित्सा क्लीनिक, अस्पताल र यसमा भएको लगानी र उपचारपछि विरामीको अवस्थासमेतको अध्ययन अनुसन्धान गरी वैधानिकता र अवसर प्रदान गर्न जरुरत छ । सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने नेपाल नागरिकको हकलाई सुनिश्चित गर्ने तर्फ यसले सामान्य टेवा पु¥याउन सक्छ ।
विश्वमा माहामारी फैलिदा होमियोप्याथिकले उक्त महामारीलाई रोक्ने कुरामा महत्वपूर्ण भूमिका खेलेको छ । उदाहरणका रुपमा सन् १९१८ मा भएको स्पेनिस फ्लुलाई होमियोप्याथिक औषधीले नै नियन्त्रणमा लिएको थियो । त्यसैगरी, प्लेग र कोलेरा रोगको महामारीलाई पनि होमियोप्याथिकले नियन्त्रणमा लिएको थियो । अहिलेको कोभिड–१९ ले विश्वलाई चुनौती दिइरहेको अवस्थामा होमियोप्याथि कारगर (प्रभावकारी) छ । व्रिटिस राजकुमार चाल्र्सलाई कोभिड–१९ हुदा होमियोप्याथिक चिकित्साले नै निको बनाएको कुरा विविसी न्यूज च्यानलले बताइसकेको छ ।
अब होमियोप्याथिकको अध्यायन र अनुसन्धानको दायरा बढाउन कति पनि कन्जुस्याइं गर्नु हुन्न । यो पवित्र कार्यमा सम्पूर्ण बुद्धिजीवी, नागरिक समाज, सर्वसाधारण नागरिक, उपभोक्ता, राजनीतिक दलहरु सम्पूर्णले सरकारलाई यस्तो महत्वपूर्ण विषयको प्रचार–प्रसार, प्रोत्साहन र उपचारका कार्यक्रमहरु संचालनका लागि दबाब दिन जरुरी छ । यसो गरेमा एन्टिबायोटिकले काम नगरेको (फेल) भएको अवस्था र विभिन्न भाइरसहरुको उपचारमा एलोप्याथिकले काम नगरेको अवस्थामा एलोप्याथिक इतरका चिकित्सकहरुले राज्यको विग्रदो स्वास्थ्य अवस्थालाई काबुमा राख्न सक्छन् र स्वास्थ्य क्षेत्रमा समानुपातिक प्रतिनिधित्व हुन्छ । यसले स्वास्थ्य क्षेत्रलाई निक्कै उचाईमा पु¥याउन सक्छ भन्ने आसा गर्न सकिन्छ । डा. ओली इटहरीस्थित इन्खा पोलिक्लीनकका निर्देशक हुन्

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]