कोभिड–१९ को लडाइमा होमियोप्याथि बिकल्प बन्न सक्छ

  • जेठ २, २०७७ / "नेपाल रेखा"
alt

कोभिड–१९ ले अहिले विश्व महामारीको चपेटामा छ । २०१९ को ३० डिसेम्बर मा चीनको वुहान प्रान्तमा पहिलो पटक देखिएको यो भाइरसले विश्वकै सबैभन्दा सुदृढ स्वास्थ्य व्यवस्था भएको भनेर कहलिएका राष्ट्रहरु नै यो रोगबाट नराम्ररी थला परेका छन् । एशिया महादिपमा पनि यो संक्रमण फैलदा कोभिड–१९ को संक्रमणबाट नेपाल पनि अछुतो रहेन र संक्रमितहरुको संख्या दिननुदिन बढ्दै जानु दुखद तथा चिन्ताजनक अवस्था हो । विश्वका वैज्ञानिकहरु यस रोगको खोप तथा औषधि पत्ता लगाउन दिनरात लागिपरे पनि अहिलेसम्म ती अनुसन्धानबाट ठोस उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थामा कमजोर स्वास्थ्य व्यवस्था भएको हाम्रो जस्तो मुलुकमा होमियोप्याथिक उपचार पद्धति कोभिड–१९ को उपचार, रोकथाम र नियन्त्रणमा बिकल्प बन्न सक्दछ ।

कोभिड–१९ मा किन होमियोप्याथि ?

आधुनिक रुपमा प्रयोग गरिने सेनिटेसन, खोप र एन्टिबायटिकको प्रयोग हुन थालेको धेरै समय अगाडिबाटै विकसित भएको हामियोप्याथिक उपचारमा संक्रमित महामारीको लागि स्पष्ट मार्गदर्शन छ । समान नै समानको समाधान हो भन्ने सिद्धान्तमा आधारित यस ब्यक्तिपरक उपचारमा केवल रोगको लक्षणको आधारमा मात्रै औषधि नदिइ विरामीको मानसिक, शारीरिक र संवेदनात्मक अवस्थालाई विश्लेषण गरी रोगीसंग अधिकतम समान प्रकृतिको औषधि छनौट गरी विरामीलाई सेवन गराइन्छ । यसरी सेवन गराइने औषधि भौतिकरुपमा नभई इनर्जेटिक फर्ममा हुने भएकोले उक्त औषधिले विरामीको स्वःउपचार प्रक्रियालाई सक्रिय बनाउदछ र रोग संग लड्ने आन्तरिक शक्तिले स्वस्फुर्तरुपमा प्राकृतिक तरिकाले रोगलाई निदान गर्ने गर्दछ । फेरि पछिल्लो समयमा कोभिड–१९ बाट संक्रमित विरामीहरुलाई होमियोप्याथिक औषधिको सेवनबाट शिघ्र स्वास्थ्य लाभ भइरहेकोे विश्वका बिभिन्न अध्ययनले देखाएको छ । होमियोप्याथि इपिडेमिक र इन्फेक्सिएस रोगहरुको लागि प्रभावकारी रहेको विगतका तथ्यहरुले बताउछ जस्तै टाइफाइड, कलेरा, एल्लो फिवर, स्कारलेट फिवर, स्मल पक्स, डिप्थेरिया, स्पेनिस फ्लू, मेनिन्जाइटिस र पोलियो आदिमा बारम्बार प्रमाणित भइसकेको होमियोप्याथि कोभिड–१९ का लागि पनि हतियार हुन सक्छ ।

विगतका महामरीमा होमियोप्याथिका केहि द्रष्टान्तहरुः

सन् १७९९ मा युरोपमा फैलिएको स्कारलेट फिवरको महामारीमा होमियोप्याथिक औषधि बेलाडोना प्रयोग गरी डा. हेनिमेनले युरोपमा होमियोप्याथि चिनाएका थिए भने सन् १८०० बाट १८०८ मा जर्मनमा महामारीकोरुपमा फैलिएको स्कारलेट फिवरमा डा. टेइलरले अर्को होमियोप्याथिक औषधि एकोनाइट प्रयोग गरी यसको प्रभावकारिता सिद्ध गरेका थिए । सन् १८१२÷१३ मा जर्मनी देशको लेप्जिग प्रान्तमा फैलिएको टाइफाइडको महामारीमा पनि ब्रायोनिया, हायोस्यामस, रस टक्सजस्ता २६ प्रकारका होमियोप्याथिक औषधिहरु सफलतापूर्वक प्रयोग गरिएको थियो जसमा बिरामीहरुको मृत्यु दर अत्यान्तै न्यून रहेको इतिहास छ । सन् १९१८ देखि १९१९ मा फैलिएको स्पेनिस फलुको महामारीमा संसारभरी झण्डै २० मिलियन भन्दा बदि व्याक्तिको मृत्यु भएको थियो भने अमेरिकामा मात्रै ५ मिलियन भन्दा बढिको ज्यान गएको थियो । त्यसबेला होमियोप्याथिक उपचार गर्ने बिरामीहरुमा मृत्यु दर १ देखि २ प्रतिशत रहेको थियो भने परम्परागत उपचारमा ३० देखि ६० प्रतिशत मृत्युदर रहेको थियो । सन् १८३१ मा असाइटिक कोलेरा भारतबाट फैलिएर युरोपका बिभिन्न देशहरुसम्म फैलिएको असाइटिक महामारीमा पनि क्याम्फर, कुप्रम मेटालिकम र भेराट्रम एल्वम जस्ता होमियोप्याथिक औषधिहरु जेनस इपिडेमिकसको रुपमा प्रयोग गरी उपचार गरेको इतिहास रहेको छ । त्यस समयको रेकर्ड अनुसार होमियोप्याथिक उपचारको क्रममा मृत्यु हुनेको संख्या २० प्रतिशत भन्दा कम थियो जुन अन्य उपचार पद्धतीको तुलनामा अत्यान्तै न्यून थियो । सन् १८४९ मा अमेरिकाको ओहायो राज्यमा भएको कोलेराको महामारीमा होमियोप्याथिक उपचारको क्रममा मृत्यु हुनेको संख्या ३ प्रतिशत मात्रै थियो । भारतको केन्द्रिय होमियोप्याथिक रिसर्च काउन्सिलले गरेको अध्ययनमा डेङगु र जापानिज इन्सेफलाइटिसमा पनि होमियोप्याथि प्रभावकारी रहेको जनाएको छ । हेमोरेजिक डेङगु ज्वरोमा होमियोप्याथिक औषधिले प्लेटलेटसलाई सुधार गर्ने र हस्पिटल बसाई दुई दिन भन्दा बढि नहुने बताएको छ भने जापानिज इन्सेफलाइटिसमा मृत्युदर १५ प्रतिशतले घटाएको उल्लेख छ साथै उपचार पश्चात कुनै दुष्प्रभाव नदेखिएको बताएको छ । सन् २००३ मा भारतमा देखिएको स्वाइन फलुको विश्लेषणातमक सोधपत्र २००९ मा प्रकाशित भएको थियो जसका लागि होमियोप्याथि अनुकुल रहेको र अध्ययनलाई निन्तरता दिनुपर्ने बताइएको थियो ।
सन् १९९५ मा क्युवामा केराटो कञ्जक्भिाइटिसलाई नियन्त्रण गरेको थियो भने २००७ र २००८ मा क्युवामै लेप्टोस्पाइरोसिसका लागि होमियोप्याथि प्रभावकारी रहेको अध्ययनले देखाएको छ । २००७ मा भारतको केरला राज्यमा चिकुनगुनियालाई नियन्त्रण गरेको ताजा इतिहास छ ।
होमियोप्याथिमा अनुसन्धानको कमी भैरहेको अवस्थामा धेरै लामो पृष्टभूमी बोकेको होमियोप्याथिलाई वैज्ञानिक विश्लेषणको अभावमा धेरै आलोचना खेप्नु परेपनि विगतको तथ्यहरुलाई अध्ययन गर्ने हो भने परम्परागत उपचार पद्धती बाट असम्भव भएको बेला फेरि पनि होमियोप्याथिलाई संसारले सम्झनेछ ।

विश्वमा कोभिड–१९ का लागि होमियोप्याथिबाट गरेका प्रयासहरुः

इटालिमा भर्खरै इटालियन सोसाइटी अफ होमियोप्याथिक मेडिसिन ले २४ जना होमियोप्याथिक चिकित्सक तथा अनुसन्धान कर्ताहरुको समूह बनाई फेब्रुवरी २५ देखि एप्रिल ७ सम्म देशका विभिन्न ठाउमा कोभिड–१९ का संक्रमित बिभिन्न उमेर–समूह र लिङ्गका बिरामीहरुलाई घरमै आइसोलेसन गरी गरेको अध्ययनले होमियोप्याथिक उपचार पश्चात बिरामीहरु घरमै निको भएको साथै हस्पिटलाइज गर्नु नपरेको तथ्य सार्वजनिक गरेको छ । उता इटालीमा जस्तै इरानमा पनि गरिएको एक अध्ययनले होमियोप्याथिक औषधिको सेवन पश्चात संक्रमित विरामीको स्वास्थ्यमा शिघ्र सुधार भएको देखाएको छ भने रोमानियामा गरिएको अध्ययनले पनि होमियोप्याथिक औषधि प्रभावकारी रहेको देखाएको छ । यसै सन्दर्भमा होमियोप्याथिक क्षेत्रमा विश्वकै हवको रुपमा रहेको भारतमा कोरोना भाइरसको लडाइमा होमियोप्याथिक उपचारलाई अवसर दिनुपर्ने होमियोप्याथिक विज्ञहरुको सुझाब सगै भारतको आयुष मन्त्रालयले नोवेल कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हामियोप्याथिक औषधि प्रभावकारी रहेको जनाउदै कोभिड १९ स्वास्थ्य निर्देशिका तयार गरि अनुसन्धान गर्न इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चलाई प्रतिवेदन बुझाइसकेको छ भने केन्द्रिय होमियोप्याथिक रिसर्च काउन्सिलले भारतका बिभिन्न प्रदेशहरुमा अनुसन्धान थालेको छ । केरला सरकारले रोग प्रतिरोधात्मक क्षमता बढाउन आफ्ना प्रदेशको ४५ लाख नागरिकलाई होमियोप्याथिक औषधि निःशुल्क वितरण गरेको छ भने कतिपय प्रदेश तथा शहरहरुमा कोरोना भाइरस लाग्न नदिन प्रोफाइलेक्टिक औषधिको प्रयोग गरिएको छ । उता १९९० बाट लोकप्रिय होमियोप्याथिक उपचारलाई क्युवा सरकारले महामारी फैलिन नदिन आफ्ना नागरिकहरुलाई हामियोप्याथिक औषधि वितरण गरिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अमेरिकन इन्सिट्युट अफ होमियोप्याथि, द क्यानेडियन एकेडेमि अफ होमियोप्याथि जस्ता संस्थाहरु रिसर्चमा लागेका छन् ।

होमियोप्याथिक जेनस इपिडेमिकस के हो ?

होमियोप्याथिमा विरामीको व्यक्तिपरक उपचार गरिने हुदा विरामीमा रहेको सम्पूर्ण लक्षणहरुको विश्लेषणात्मक अध्ययन गरी विरामीलाई औषधि सेवन गराइन्छ । महामारीमा धेरै भन्दा धेरै संक्रमित विरामीहरुको समष्टिगत लक्षणहरुको सुक्ष्मरुपमा विश्लेषणात्मक अध्ययन गरी सबै बिरामीहरुसंग मेल खाने गरी संवैधानिकरुपले छनौट गरिएको औषधिलाई जेनस इपिडेमिकस भनिन्छ जुन औषधि महामारी फैलन नदिन त्यस भूगोल वा क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण व्याक्तिहरुलाई प्रयोग गर्न सकिन्छ । जसले सम्बन्धित महामारीका लागि व्यक्तिको रोग संग लड्ने आन्तरिक क्षमतालाई मजबुत बनाई उक्त संक्रमण हुनबाट बचाउदछ । होमियोप्याथिक जेनस इपिडेमिकसले विगतमा पनि महामारीको बेला मृत्यु दरलाई कम गरे जस्तै कोभिड–१९ को लागि पनि होमियोप्याथिक जेनस इपिडेमिकस पत्ता लगाएर रोग नियन्त्रण र उपचारमा उपयोग गर्न सकिन्छ तर कारोना भाइरस आरएनए भाइरस भएकोले यसलाई वातावरणीय परिवर्तनले सजिलै म्युटेसन गराउने हुदा जेनस इपिडेमिकस देश, भूगोल, वातावरणको प्रभाव अनुसार फरक–फरक हुन सक्छ फेरि पहिले प्रयोग भएको जेनस इपिडेमिकसले आर्को महामारीमा काम गर्न सक्छ भन्ने हुदैन । होमियोप्यथिक औषधिको प्रभाव मानिसको व्यवहार, रहनसहन, खानपान, बसेको ठाउको वातावरण अनुसार फरक–फरक हुने हुदा हाम्रो जस्तो भौगोलिक वातावरण भएको देशमा संक्रमित विरामीहरुको व्यक्तिपरक अध्ययन नगरी र व्यक्तिपरक ढंगले उपचार नगरि जेनस इपिडेमिकस यहि औषधि हो भन्न सकिने अवस्था हुदैन ।

नेपालमा के गर्न सकिन्छ

नेपालको भौगोलिक बनावट, नेपाली नागरिकको आर्थिक स्तरसंग ठयाक्कै मेल खाने, नकारात्मक असर नभएको, रोगको जराबाटै निर्मूल गर्न सक्ने, सस्तो र भर्खर जन्मेको बच्चादेखि गर्भवती महिला र वृद्ध वृदासम्मलाई प्रभावकारी रहेको होमियोप्याथिक उपचार पद्धती दशकौं अगाडि नेपाल भित्रिए पनि यसको समुचित विकासमा जहिले पनि नेपाल सरकार उदासिन रहेको छ । कोभिड–१९ को सन्दर्भमा नेपाल सरकार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा निर्देशिका जारी गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सकिरहेको छैन । कोभिड–१९ बाट संक्रमितहरुमा लक्षण देखा परेकालाई लक्षणकै आधारमा र लक्षण देखा नपरेका बिरामीलाई पनि कन्सटिटुसनल आधारमा होमियोप्याथिमा उपचार गर्न सकिन्छ । कोभिड १९ बाट संक्रमण भएका सबै बिरामीहरुको व्यक्तिपरक अध्ययन गरी यसका लागि जेनस इपिडेमिकस पत्ता लगाएर संक्रमण फैलन नदिन शारीरिक दुरी कायम गर्ने, वातावरणीय स्वस्थ्य तथा सेनिटाइजेसनमा जोड दिदैं कोभिड–१९ को लडाइमा पहिलो पंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सवारी चालक सबैलाई सेवन गराई सर्वसाधारणहरुलाई निःशुल्क औषधि वितरण गर्न सकेको खण्डमा नेपाल सरकारलाई आर्थिक भार कम हुनुका साथै रोग नियन्त्रण गर्न सजिलो हुन सक्छ । होमियोप्याथिक औषधि विरामीको विभिन्न अंगहरुले काम गर्न छाडेको अवस्थामा तथा आइ. सि. यु. मा राखिएका बिरामीहरु सम्मलाई पनि सजिलै प्रयोग गर्न सकिने हुनाले र होमियोप्याथिको मौलिक फाइदा एलोप्याथिसगै प्रयोग गर्न सकिने भएकोले संक्रमित विरामीहरुलाई व्यक्तिपरक होमियोप्याथिक औषधि प्रयोग गर्ने र एलोप्याथिक चिकित्सासंगै रहेर उपलब्ध स्रोत र साधनलाई प्रयोगमा ल्याई ब्यवस्थापन गर्ने हो भने विरामीलाई छिटो र छरितो उपचार हुने कुरामा दुई मत छैन । विभिन्न दर्शन तथा सिद्धान्त छाडेर अहिले जिवन रक्षाको लागि सबैको अर्जुनदृष्टि हुन जरुरी छ ।
लेखकः डा. योगेन्द्र राई (होमियोप्याथिक चिकित्सक हुन्)

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]