ढुक्क हुनुहोस्, हामी तपाईहरुकै साथमा छौं: शेरधन राई

  • वैशाख ३०, २०७७ / "नेपाल रेखा"
alt

हामीहरु अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको संघर्षमा छौं । यसको संक्रमण रोक्नका लागि देश लकडाउनको अबस्थामा रहेको पनि ७ हप्ता भएको छ । यति लामो अबधिसम्म तपाईहरुले कायम गरिरहनु भएको धैर्यतालाई हार्दिक सम्मान व्यक्त गर्दै बाँकी दिनहरुमा पनि यस्तै धैर्यताको अपेक्षा गर्दछु ।
हाम्रो प्रदेशमा कोरोना संक्रमितको संख्या ३५ पुगे पनि निको भएर घर फर्कनु हुनेको संख्या पनि त्यत्तिकै मात्रामा छ । हालसम्म १६ जनाले कोरोनालाई जितेर घर फर्कनु भएको छ ।

कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज हुनुभएका सबैलाई बधाई सहित सु–स्वास्थ्यको कामना गर्दछु । चिकित्सक, स्वास्थ्यकर्मी तथा उपचार प्रक्रियामा संलग्न संबद्ध सबैलाई हार्दिक धन्यबाद व्यक्त गर्दछु ।
अहिले हाम्रो प्रदेशमा पीसीआर प्रविधिबाट तीन ठाउँमा कोरोना स्वाब परीक्षण हुन थालेसँगै कोरोना परीक्षणको दायरा समेत बढाएका छौं । यतिबेला हामी धेरै भन्दा धेरैको कोरोना परीक्षणमा केन्द्रित छौं ।
पिसिआर प्रविधिबाट २२ सय बढीको परीक्षण भएको छ भने आरडीटिबाट ८ हजार बढीको परीक्षण भइसकेको छ । यसरी हामी प्रत्येक दिन परीक्षणको दायरा बढाउने काममा सक्रिय छौं ।
उपलब्ध अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सबै ठाउँ पुगेको छ । आवश्यक स्वास्थ्य सामाग्री प्राप्त हुनुका साथै मौज्दात समेत रहेको छ । आवश्यकता अनुसार जुनसुकै बेला सामाग्री पठाउन सकिने कुरा जानकारी गराउँन चाहन्छु । यसरी हामी अहोरात्र कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खटिरहेका छौं । तपाईहरुको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने कुरा म पुनः दोहोर्याउन चाहन्छु ।
समयमै कार्ययोजना बनाएर हामीले गरेको राम्रो तयारीका कारण हामी सामान्य अवस्था छौ । तर अझै जोखिम भने कायमै छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रभागमा खटिरहनु भएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयम् सेवक लगायत सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
लकडाउन हाम्रै लागि हो, लकडाउनको पालना गर्दै सुरक्षित ढङ्गले बस्नुपर्छ भन्ने तपाईहरुको धारणाले कोरोना रोकथाम र नियन्त्रणमा ठूलो सहयोग पुगेको छ । यसरी नै तपाई हामी एकताबद्ध भएको खण्डमा हामीहरु कोरोना भाइरसलाई अवश्य जित्न सफल हुनेछौं । तपाईहरु ढुक्क हुनुहोस्, हामी तपाईहरुकै साथमा छौं । धन्यवाद ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]