लकडाउन र सरकारका निर्णयबारे इटहरी उपमहानगरद्वारा सरोकारवालासंग छलफल

  • वैशाख २७, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । लक डाउनलाई ब्यवस्थित गर्दै सरकारले गरेका निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न इटहरी उपमहानगरले सरोकारवाला सँग वैठक सम्पन्न गरेको छ ।
नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा भएको वैठकले संघीय सरकारले गरेका निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गरिएको छ । बजार अनुगमनलाई तिव्रता दिइने भएको छ । जनप्रतिनिधि, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र नागरिक समाजको सहभागितामा वैठक भएको हो ।
सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरेको थियो । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने भएको छ । लकडाउनका अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक वस्तुको उत्पादन तथा बिक्री वितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा बिक्री वितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्री वितरण गर्न भने दिने निर्णय भएको थियो ।
विकास निर्माण आयोजना सञ्चालनका लागि आवश्यक पर्ने ढुङ्गा, गिटी र बालुवालगायत निर्माण सामाग्रीको ढुवानी गर्न पाइने भएको छ । लक डाउन केहि खुकुलो भएपनि सामाजिक दुरी कायम गर्ने कुरामा भने सजग रहन आग्रह गरिएको छ ।

जनसरोकारका विषय सुन् ...

इटहरी । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्य ...

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]