रोकिएको राहत वितरण गर्न माग

  • वैशाख २६, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामधुनी नगर कमिटि सुनसरीले रामधुनी नगरपालिकामा रोकिएको राहत वितरण कार्य तुरुन्तै सुरु गर्न माग गरेको छ ।
नेकपा रामधुनी अध्यक्ष राम कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नगरप्रमुख जयप्रकाश चौधरीलाई भेट गरी राहत सम्वन्धमा ६ वुँदे माग पत्र पेश गरेको हो ।
नेकपाले सवै वडामा एकरुपता कायम गरि राहत वितरण गर्न र अतिविपन्न श्रमजीवि जनतालाई बाँच्न सक्ने गरि खाद्य समाग्री उपलब्ध गराउन माग गरिएको छ ।
यसैगरी यथाशिघ्र बजार अनुगमन गरी उपभोग्य समाग्रीको मूल्यसूची सार्वजनिक गर्न तथा राहत वितरणको सर्वदलीय अनुगमन गर्ने ब्यवस्था गर्न आग्रह गरिएको छ ।
यसअघि नेपाली काँग्रेस रामधुनी र उद्योग वाणिज्य संघ झुम्काले राहत समाग्रीको मूल्य र गुणस्तरमा प्रश्न उठाउदै ध्यानाकर्षण गराएपछि जारी राहत वितरण कार्य स्थगित भएको थियो ।

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्य ...

जनसरोकारका विषय सुन् ...

इटहरी । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्य ...

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]