धनकुटा । बिश्व शान्तिको कामना गर्दै २५६४ औं बुद्ध जयन्तीको अवसर पारेर धनकुटा जिल्लावासीले बिभिन्न स्थानहरुमा शान्ति दिप प्रज्वलन गरेका छन् । बिश्वमा कोराना भाईरसले महामारीको रुप लिईरहेका बेला धनकुटामा कोरोनाको प्रकोप बिरुद्ध बिजय प्राप्त गर्न धनकुटा उद्योग वाणिज्य संघको अगुवाइमा धनकुटा बजारका बिभिन्न चौकहरुमा दिप प्रज्वलन गरिएको हो ।
स्थानिय बिभिन्न सामाजिक संघ संगठन हरुको अगुवा कार्यकर्ताहरुको सामुहिक दिप प्रज्वलन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघले बुद्धजयन्तीको अवसरमा कोरोना भाईरस विरुद्धको यूद्धमा अग्रभागमा जिवनको प्रवाह नगरी खटिरहनु भएका चिकित्सक,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,राष्टसेवककर्मचारी,संचारकर्मी,एम्बुलेन्सचालकहरु,स्वयमसेवकहरुको उच्च सम्मानका लागी र संक्रमीत रोगीहरुको शिघ्र स्वास्थ्य लाभको लागी अनी कोरोनाभाईरसबाट मृत्युवरण गर्नु भएकाहरुको शान्तिका लागी आज धनकुटा जिल्लाको सवै बजार क्षेत्रहरुको चौक चौकमा दिप प्रज्वलित गरको जनाएको छ ।
धनकुटाको मदन चौकबाट धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले दिप प्रज्वलित गरी शुरु गर्नु भएको दिप प्रज्वलन कार्यक्रम धनकुटाको भीमसेन चौक,भीम नारायण चौक,माथिल्ले कोप्चे,तल्लो कोप्चे ,हिलेबजार,पाख्रिवास बजार र सिधुवा बजार लगायतका धनकुटा बजारहरुका सवै चौक चौकमा विश्व शान्तिको कामनागर्दै कोरोना भाईरस विरुद्ध विजय प्राप्त गर्नका लागी दिप प्रज्वलन गरिएको थियो ।
धनकुटा बजारको चौक चौकमा भएको दिप प्रज्वलन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राई,वरिष्ट उपाध्यक्ष मन कुमारी तिुतङ्ग,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,लिजा श्रेष्ठ,सुनिता थापा,रिदम श्रेष्ठ,रेवती प्रसाद अधिकारी,उज्वज कर्माचार्य,,घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य रेणु श्रेष्ठ,धनकुटा नगरपालिका वडा नं. ५ का वडा सदस्य सिता श्रेष्ठ, अधिकारकर्मी गिता अधिकारी,पत्रकार महासंघ धनकुटका सचिव विदुर खवसा,सहसचिव हरी वहादुर लम्जेल,कार्यकारी सदस्य विकास घिमिरे, धनकुटा उद्योग बाणिज्य संघका कार्यालय प्रमुख सिचन प्रधान,कर्मचारी,नवराज श्रेष्ठ,व्यावसायी कमला गुरागाई लगायत उद्योगी व्यापारी तथा धनकुटा बजार बासीहरुले शान्ति दिप प्रज्वलन गरेका थिए । यसैगरी धनकुटाको व्यापारिक केन्द्र हिले बजार, पाख्रीबास, सिधुवा बजार लगायतका ठाँउहरुमा पनि शान्ति दिप प्रज्वलन गरिएका थियो ।