इटहरीका कानुन व्यवसायीले निःशहाय बालबालिका सेवा आश्रमलाई राहत दिए

  • वैशाख २५, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरी कानुन व्यवसायी समाजले बिहिबार निःशहाय बालबालिका सेवा आश्रमको स्थापना दिवसको अवसर पारेर आश्रमलाई आवश्यक सामग्री सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष सुनिल आचार्यको सभापतित्वमा तथा बार काउन्सील नेपालका १ नम्बर प्रदेश सदस्य प्रेमप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा आश्रमलाई सामान हस्तान्तरण गरिएको थियो ।
सामान हस्तान्तरण कार्यक्रममा समाजका सल्लाहकार शालिग्राम पाण्डे, उपाध्यक्ष रमेश पोखरेल, सचिव वीरेन्द्र गौतम, समाजमा आबद्ध अधिवक्ता खगेन्द्र ढकाल, अधिवक्ता अमर आचार्य, आश्रमका संस्थापिका अध्यक्ष गिता गौतम, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
समाजले ३ फिटको दुरीको मान्यतालाई ध्यानमा राखेर ल्याक्टोजिन, ड्राइपर, श्याम्पु, सिलिण्डर ग्यास भुजा १२ हजार बराबरको सामग्री सहयोग गरेको साथै १ हजार १ सय नगद सहयोग गरेको समाजका अध्यक्ष सुनिल आचार्यले बताउनु भयो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]