४३ हजार घरपरिवारले लिए राहत

  • वैशाख २४, २०७७ / "नेपाल रेखा"
alt

चितवन । चितवनमा लकडाउनको समयमा दैनिक गुजारा चलाउन मुस्किल परेका ४३ हजारभन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ । एक महिनाको अवधिमा जिल्लाका स्थानीय तहले ४३ हजार २३९ घरपरिवारलाई राहत वितरण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सबैभन्दा बढी भरतपुर महानगरपालिकाले राहत वितरण गरेको छ । महानगरपालिकाले पहिलो चरणअन्तर्गत १५ हजार ३७० परिवारलाई राहत वितरण गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिनुभयो ।

त्यसपछि खैरहनी नगरपालिकाले आठ हजार १०१, राप्ती नगरपालिकाले छ हजार ५८२, रत्ननगर नगरपालिकाले पाँच हजार ७४६, कालिका नगरपालिकाले तीन हजार ७५०, माडी नगरपालिकाले दुई हजार र इच्छाकामना गाउँपालिकाले एक हजार ८९० घरपरिवारलाई राहत वितरण गरेको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन सरकारले लागू गरेको लकडाउनको अवधिमा दैनिक ज्याला मजदुरी गर्ने र अतिविपन्न समुदायलाई स्थानीय तहले वडा–वडाबाट राहत वितरण गरेको उहाँले बताउनुभयो । राहतमा १५ किलो चामल, दाल, नुन र तेल वितरण गरिएको थियो । दोस्रो चरणको राहत वितरणका लागि पनि स्थानीय तहले तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]