‘गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम संचालन

  • वैशाख २४, २०७७ / "नेपाल रेखा"
alt

खलङ्गा । जुम्लाको तिला गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै गर्भवती महिलालाई स्वास्थ्य संस्थाको पहुँचसम्म पु¥याउन सुनौलो हजार दिनअन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ ।

सो कार्यक्रमअन्तर्गत निरन्तररूपमा स्वास्थ्य संस्थामा जाँच गर्नेदेखि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई पोषिलो खानेकुरा उपलब्ध गराउने र नियमितरूपमा स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउने गरिएको आएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।

गाउँपालिकाको स्वास्थ्य चौकी घोडे, स्वास्थ्य चौकी राँसा, जुम्लाकोट स्वास्थ्यचौकी र कुडारी स्वास्थ्य चौकीमा पुगेर गर्भवतीलाई कोसेलीस्वरुप पोषिलो खानेकुरा वितरण गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक जानकी हितानका अनुसार गाउँपालिकाभित्रका ६० गर्भवतीलाई पोषिलो कोसेली वितरण गरिएको छ ।

सो कार्यक्रमले आगामी दिनमा शतप्रतिशत गर्भवतीलाई स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउनमा महत्वपूर्ण भूमिका खेल्न स्वास्थ्य शाखा सहसंयोजक हितानले बताउनुभयो ।

उपाध्यक्ष बुढाले साबुनपानीले नियमित हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र घरबाहिर निस्कँदा मास्क अनिवार्यरूपमा प्रयोग गर्न व्यक्तिबीच दूरी कायम राख्ने, आफ्नो आँखा, नाक र मुख हातले नछुनेजस्ता क्रियाकलाप गरिएको बताउनुभयो ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]