लकडाउनमै बन्यो शर्ट फिल्म ‘राहत’

  • वैशाख २२, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौं । लकडाउनकै समयमा बनाईएको शर्ट फिल्म ‘राहत’ सार्वजनिक भएको छ । पोखराका चलचित्रकर्मीहरुको सक्रियतामा बनेको उक्त फिल्ममा संचारकर्मी समेत रहेका रेम रसाईली, बिभु भुषाल र अनिसा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यस अघि ‘नाईके’ निर्देशन गरेका नेत्र गुरुङको निर्देशनमा बनेको ‘राहत’मा सरकारले गरेको लकडाउनबाट पीडित मजदुरको कथा समेटिएको छ । राज्यले असी करोडको राहत बाँडिएको बताईरहँदा वास्तविक पीडितले भने राहत नपाएको तर जनप्रतिनिधिका आसेपासेहरुले राहतमा रजाईँ गरेको आभास दिने गरी उक्त फिल्म बनाइएको छ ।
‘कोरोना संक्रमणको विश्वव्यापी असरलाई कम गर्न नेपाल सरकारले लकडाउन गर्दा मजदुर तथा विपन्न वर्गका समस्या र उनीहरुका लागि भनेर छुट्टाईएको राहत सहि ठाउँमा नपुगेको खबर सुन्दा नरमाईलो लाग्छ’ निर्देशक गुरुङले भने, ‘यही कुरालाई हामीले सिम्बोलिक रुपमा यो फिल्ममार्फत भन्न खोजेका हौँ’ ।
फिल्मी खबरबाट साभार

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]