काठमाडौं । गायिका कविता बलामीको स्वरमा रहेको नयाँ गीत ‘आकाशको कालो बादल’ सार्वजनिक भएको छ । सत्य स्वरुप आचार्यको शब्द, संगीत रहेको गीतमा अमुल कार्कीको संगीत संयोजन रहेको छ ।
गीतको भिडियो समेत समेत बनेको छ । जसको निर्देशन संचारकर्मी कुमार आचार्यले गरेका हुन् । भिडियोमा लिगेश भट्टराई, श्रेया दुलाल र मेनुका माझीको अभिनय देख्न सकिन्छ । वीरेन्द्र भट्टको छायाँकन, अच्युत बजगाइँको सम्पादन रहेको भिडियोमा ट्रयाजेटी थिप उठाइएको छ ।