धनकुटा । कोरोना भाईरस विरुद्ध जनचेतना मजदुरहरुमा फैलाउदै अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मजदुरहरुमा कोरोना भाईरस विरुद्ध जनचेतना अभिवृद्धी गर्दै धनकुटा निगाले सिमेन्ट प्रा.लि. सिधुवा धनकुटा र गुरासे टि स्टेट प्राली धनकुटा हिलेका मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको हो ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग, उपाध्यक्ष तथा वितरक संघ हिले धनकुटाका अध्यक्ष कृष्णराज श्रेष्ठ, महासचिव रामबहादुर गोङ्वा तामाङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्य डिजेस शाक्य, रामबहादुर तामाङ्ग, नवीन श्रेष्ठ, महेन्द्र थापा, वितरक संघ धनकुटा हिलेका कोषाध्यक्ष विक्रम प्रधान, सदस्यहरु विपिन थापा, उत्सव कटेल, कमल खतिवडा लगायतले निगाले सिमेन्ट प्रा.लि. धनकुटा र गुरासे टि स्टेट धनकुटा हिलेका मजदुरहरुलाई माक्स, हेण्ड वास, पञ्जा र सेनिटाईजर प्रदान गरेका थिए ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघ धनकुटा र वितरक संघ हिले धनकुटाका टोलीले निगाले सिमेन्ट प्रा.लि. धनकुटाका प्रत्यक्ष रुपमा अवलोकन गरी उद्योगको समस्याहरु र अहिलेको अवस्थाको बारेमा जानकारी समेत लिएको थियो । सो अवसरमा निगाले सिमेन्ट प्रा.लि. निगाले धनकुटाका प्रवन्धक सरोज सेढाईले निगाले सिमेन्ट प्रा.लि.को अहिलेको समस्या लगायत उत्पादनको अवस्थाको बारेमा जानकारी दिएका थिए । अध्यक्ष विजय सन्तोषी राईले सो अवसरमा सुरक्षित र नेपाल सरकारले तयार गरेको सुरक्षाको माप दण्ड अनुरुप उद्योग संचालन गर्न अनुरोध गर्दै उद्योग संचालनमा कुनै किसिमका समस्याहरु आएमा वा भएमा समन्वय गरी सहयोग गर्ने विश्वास दिलाएका थिए ।