म्याद गुज्रिएको औषधी भेटियो

  • वैशाख १९, २०७७ / "नेपाल रेखा"
alt

लेटाङ्ग । लकडाउनको समयमा खाद्यान्न तथा औषधिहरुमा ठगी हुन सक्नेतर्फ मध्यनजर गर्दै मोरङको लेटाङ्गं बजारमा खाद्यान्न तथा औषधि पसल अनुगमन गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको संयोजत्वमा वाणिज्य कार्यालय विराटनगर औषधी व्यवस्था कार्यालय, लेटाङ नगरपालिका लगायतको टोलीले लेटाङ्ग बजार अनुगमन गरेको हो ।
लकडाउनको समयमा मोरङका विभिन्न ठाउँमा बजार अनुगमनलाई निरन्तरता दिदै आएको घरेलु तथा साना उद्योग कार्यालय विराटनगर संयोजनमा मोरङको लेटाङमा फार्मेसी र किराना पसलको अनुगमन गरिएको हो । अनुगमनका क्रममा लेटाङ बजारमा रहेको दीर्घायु लेटाङ फार्मेसीमा बिक्रीका लागि राखिएका म्याद गुज्रिएको औषधि जफत गरी कारवाही अगाडि वढाइएको छ ।
टोलीले लेटाङ बजारमै रहेको उपभोक्त भण्डार नामको खाद्यान्न पसलको समेत अनुगमन गरेको छ । सो पसलको अवस्था भने सन्तोषजनक नै रहेको पाइएको वताइएको छ । म्याद गुज्रिएका औषधि विक्रीका लागि राख्ने दीर्घायु लेटाङ फार्मेसीबाट म्याद सकिएको औषधि जफत गरी कारवाही अघि बढाइएको घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका प्रमुख गोकुल केसीले जानकारी दिए ।
औषधि व्यवस्था कार्यालय विराटनगरका फार्मेसी सुपरभाइजर खेमलक्ष्मी निरौलाले दीर्घायु फार्मेसीमा जनवरीमै म्याद सकिएको औषधि विक्रिका लागि राखिएको पाइएको बताए । अनुगमनको समयमा औषधि विक्री गर्न पाउने अनुमति पत्रवाला व्यवसायी समेत उपस्थित नरहेकाले औषधि व्यवस्था ऐन अनुसार आवश्यक कारवाही अघि बढाइने समेत निरौलाले जानकारी दिइन् ।
अनुगमनका क्रममा औषधि पसलमा कैफियत भेटिनु दुःखद भएको भन्दै आगामी दिनहरुमा नगरपालिकाले अझ कडाइका साथ बजार अनुगमनलाई तिव्रता दिन आवश्यक देखिएका लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले बताइन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्त संंरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले बजार अनुगमनको कार्यमा स्थानीय तहहरु अझ बढी सक्रिय भएर लाग्नुपर्ने बताए । उनले लकडाउन पछिको अझ बढी म्याद गुज्रिएका सामानहरु भेटिन सक्ने तर्फ स्थानीय सरकारले चनाखो बन्ने निगरानी बढाउनु पर्ने सुझाव दिए ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]