लकडाउनकैबीचमा रक्तदान

  • वैशाख १८, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर नेपाल सरकारले लगाएको लकडाउनका कारण रक्तदान कार्यहरु हुन छोडेपछि पूर्व क्षेत्रमा मानव उपचारका लागि आवश्यक रगत अभाव हुन थालेको तर्फ मध्यनजर गर्दै मोरङको बाँसबारीमा रक्तदान कार्यक्रम आयोजना गरियो ।

रक्तदान कार्यक्रमहरु हुन छोडेपछि पूर्वका ठुला अस्पतालहरुमा समेत उपचारका लागि आउने रगत आवश्यक पर्ने विरामीहरुको रगत अभावमा ज्यान गुमाउनु नपरोस् भनेर लायन्स क्लव अफ बाँसबारी लगायतका संघ, संस्थाहरुको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

बाँसबारी क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सक्रिय रहदै आएका अमर ज्योति युवा क्लव, अमर ज्योति टोल विकास संस्था र बाँसबारी भजन समूहको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६५ जना महिला पुरुषले रक्तदान गरे । कोरोना भाइरसको सन्त्रास फैलिरहेको समयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा आधारभूत रुपमा स्वास्थ्य परिक्षण गरी रक्तदान गरिएको व्यवस्था मिलाएको आयोजक लायन्स क्लव अफ बाँसबारीकी अध्यक्ष सञ्जु शिवाकोटीले बताइन् । उनले अहिलेको विषम परिस्थितिका कारण अस्पतालहरुमा समेत रगत अभाव हुन थालेको जानकारी पाएर रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको बताइन् ।

रक्तदान कार्यक्रममा सहभागी नयाँ विन्दावन गौशालाका संरक्षक पं.दिनवन्धु शास्त्रीले अहिले विश्व जगत कोरोनाको चपेटामा परेको अवस्थामा मानवीय तथा सामाजिक कार्यमा सहयोग पुर्याउन रक्तदान कार्यक्रममा सहभागी भएको बताए ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको थियो । रक्तदान कार्यक्रममा सुरक्षाकर्मीहरुले समेत रक्तदान गरेका थिए ।

सुनसरी घटनाको छानबिन ...

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं प ...

प्रतिनिधिसभामा कप्ता ...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रध ...

देवानगञ्ज घटनामा मृत ...

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएक ...

डोकामा साग बेच्दै कि ...

ललितपुर महानगरपालिका–१९, इटीटोलस्थित लग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]