सुन्दरहरैंचा नगरपालिकाले काठमाडौं बसेका नगरवासीलाई ल्याउदै "पहिलो चरणमा ४५ जना आए"

  • वैशाख १५, २०७७ / "नेपाल रेखा"
alt

दीपक कार्की
विराटचौक । अस्थाई रुपमा काठमाडौमा वसोबास गर्दै आएका आफनो नगरक्षेत्रका मानिसहरु लकडाउनका कारण समस्यामा पर्न थालेको तर्फ मध्यनजर गर्दै सुन्दरहरैंचा नगरपालिकाले नगरवासीहरुलाई घर फिर्ता ल्याउने कार्य सुरु गरेको छ ।
कोरोना भाइरस नफैलियोस् भनेर नेपाल सरकारले लगाउदै आएको लकडाउनको समय अवधि वढी रहेको समयमा काठमाडौमा अस्थाई रुपमा वसोवास गर्दै आएका सुन्दरहरैंचावासीको घर फर्कने इच्छा अनुसार नगरपालिकाले घर फिर्ता ल्याउन थालेको हो ।
अस्थाई रुपमा काठमाडौंमा विभिन्न काम तथा कारणले बस्दै आएका नगरवासीहरु बेखर्ची बन्न थालेको अन्य समस्याहरु समेत आइपर्न सक्ने तर्फ मध्यनजर गर्दै नगरपालिकाले घर फर्कन चाहने सुन्दरहरैंचावासीलाई अनलाइन फर्म भर्ने व्यवस्था मिलाएपछि फर्म भरेका मध्ये पहिलो चरणमा ४५ जनालाई ल्याइपुर्याएको हो । घर फर्कन चाहने ५ सय वढी मानिसहरु मध्ये पहिलो चरणमा क्रियापुत्री, विद्यार्थी, विरामीलाई प्राथमिकताका साथ ल्याउने काम गरेको नगरवासीलाई लिन काठमाडौं पुगेका सुन्दरहरैंचा नगरपालिकाका कर्मचारी विमल गौतमले जानकारी दिए । उनले घर फर्कन चाहने नगरवासीहरुको सामान्य ज्वरोको अवस्था जानकारी लिने गरि थर्मलगन सहित बस लिएर काठमाडौ पुगेर पहिलो चरणमा ४५ जनालाई ल्याएको र उनीहरुको स्वास्थ्य परिक्षण पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा गराउने काम गरेको बताए ।
गाडिमा खाने कुराको व्यवस्था सहित नगरपालिकाले आफुहरुलाई सहज रुपमा घर फर्काउने काम गरेकोमा घर फर्किन पाएकाहरु हर्षित भएका छन् । काठमाडौंमा अध्ययनका लागि वसोवास गर्दै आएका विद्यार्थी तथा अन्य काम गर्दै आएकाहरु मात्र नभएर केही दिनका लागि मात्र काठमाडौं पुगेकाहरु समेत लकडाउनका कारण उतै बस्न वाध्य भइरहेको अवस्थामा नगरपालिकाले घर फकाउने काम गरिदिएकोमा उनीहरुलाई नगरपालिकाको सो कार्यको प्रशंसा समेत गरे ।
सुन्दरहरंैचा नगरपालिकाको सहयोगमा घर फर्किएका नगरवासीहरुलाई सुन्दरहरैंचाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा कोरोनासंग सम्वन्धीत परिक्षण गरिएको र कसैलाई पनि अहिले सम्म समस्या नदेखिएकाले घर पठाउने काम भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख मछिन्द्र बस्नेतले जानकारी दिए ।
सुन्दरहरैंचा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मचिन्द्र बस्नेतले सुन्दरहरैंचा नगरपालिकाले घर फर्कन चाहनेहरुका लागि आह्वन गरेको अनलाईन फर्ममा भरेकाहरुलाई क्रमिक रुपमा ल्याउने जानकारी दिए ।

सुनसरी घटनाको छानबिन ...

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं प ...

प्रतिनिधिसभामा कप्ता ...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रध ...

देवानगञ्ज घटनामा मृत ...

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएक ...

डोकामा साग बेच्दै कि ...

ललितपुर महानगरपालिका–१९, इटीटोलस्थित लग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]