धनकुटा र हिले बजारमा घर भाडा मिनाहा हुन थाल्यो "व्यापारीलाई राहत"

  • वैशाख १४, २०७७ / "नेपाल रेखा"
alt

धनकुटा । धनकुटाको धनकुटा बजार र हिले बजारका केही घर धनीहरुले घर भाडा मिनाहा गरिदिएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।
धनकुटा उद्योग बाणिज्य संघले कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लक डाउनकाकारण व्यापार व्यावसाय बन्द भइ व्यावसायीहरुलाई ठूलो संकट भएकाले घर धनी महानुभावहरुलाई घर मिनाहा गरीदिन र व्यापारी, व्यावसायी र उद्योगीहरुलाई बैकको ऋणको व्याज छुट गरी दिन हुन बैक लगायत सवै वित्तिय संस्थाहरुलाई लक डाउन शुरु भएपछि नै आग्रह गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।
धनकुटा नगरपालिका वडा नं. ६ का पूर्णकृष्ण श्रेष्ठले उहाँको घरमा रहेको विराट पुस्तक पसलको भाडा र अन्य घरमा भाडामा बस्दै आएकाहरुलाई समेत लक डाउन अवधिभरको सम्पूर्ण भाडा मिनाहा गरिएको धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्गले बताइन् ।
यसैगरी धनकुटा नगरपालिका वडा नं. १ हिले बजारका जंग क्षेत्रीले उनको घरमा रहेको आशिष फेन्सी पसललाई लक डाउन अवधिभरको भाडा मिनाहा गरि दिएको र धनकुटा हिलेकै निरबहादुर गोङ्देनले पनि उनको २ वटा घरमा रहेको प्रदीप इम्पोरियम र मनकामना ज्वेर्लसलाई १ महिनाको भाडा मिनाहा गरीदिएको धनकुटा उद्योग बाणिज्य संघका सदस्य व्यावसायी तथा यूवा समाजसेवी शान्ति खड्काले बताइन् ।
लक डाउनका कारण व्यापार व्यावासय पूर्ण रुपमा बन्द भएर व्यावसायीहरु ठूलो मारमा परी संकटमा परेकोले धनकुटा बजार १ जना र हिले बजारका २ जना घर धनीहरुले व्यापारी तथा व्यावसायीहरुलाई घर भाडा मिनाहा गरी ठूलो रातह दिएकोले धनकुटा बजार र हिले बजारका बाकी सवै घर धनीहरुलाई समेत घर भाडा मिनाहा गरी संकटको समयमा सहयोग गरी दु.खमा साथ दिन हुन धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आग्रह गरेका छन् ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]