प्रदेश १ मा १० करोड बजेट सरकारलाई फिर्ता

  • वैशाख १४, २०७७ / "नेपाल रेखा"
alt

विराटनगर । प्रदेश एक सभाले १० करोड रुपिँया बजेट प्रदेश सरकारलाई फिर्ता पठाएको छ ।


कोरोना भाइरस संक्रमणका कारण खर्च हुन सक्ने कार्यक्रम कटौती गरेर बिवरण बुझाउन भएको परिपत्र अनुसार प्रदेश सभाले आइतबार ९ करोड ९९ लाख १७ हजार रुपिँया प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई फिर्ता पठाएको हो ।
प्रदेश सभाका प्रवक्ता राजाराम दहालले अनुसार लकडाउन र कोरोना भाइरस संक्रमण जोखिमले गर्दा प्रदेश सभाले खर्च गर्न नसक्ने बिभिन्न कार्यक्रमहरु कटौती गरेर १० करोड बरावरको बजेट रकम प्रदेश सरकारलाई समर्पण गराएको जानकारी गराए ।
चालु बर्ष एक नम्बर प्रदेश सभालाई ३४ करोड ३७ लाख ९९ हजार रुपैया बजेट बिनियोजन भएको थियो ।


प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले १५ बैसाख सम्म खर्च नहुने कार्यक्रमहरुको बिवरण बुझाईसक्न मन्त्रालय, बिभाग, कार्यालय र निर्देशनालयहरुलाई परिपत्र गरेको थियो ।
सबैतिरबाट खर्च कटौतीको बिवरण आइसकेपछि प्रदेश सरकारले चालु बर्षको कटौती भएको बजेट कोरोना कोषमा जम्मा गराउने छ ।


कोरोना भाइरस संक्रमण जोखिमले एक नम्बर प्रदेशको सभा ६ चैत २०७६ देखी नै अनिश्चितकालकालागि स्थगित थियो ।
रोकथामकालागि ११ चैतबाट लकडाउन भएपछि ३ बैसाख २०७७ देखी प्रदेश सभाको हिँउदे अधिबेशन औपचारिक रुपमा अन्त भएको थियो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]