तस्बीर–चित्रकला

    Showing 1-10 of 26 items.
  • फोक्सुण्डो तालमा चौँरी

    डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-८ स्थित समुद्री सतहदेखि करिब तीन हजार ६०० मिटरको उचाइमा रहेको फोक्सुण्डो तालमा पानी खान र चिसोको लागि पुगेका चौँरीका बथान । तस्बिर - रत्न श्रेष्ठ / रासस

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 284 पटक पढिएको
    • नेपाल रेखा
  • स्वयम्भूनाथ

    काठमाडौँको स्वयम्भूस्थित विश्व सम्पदामा सूचीकृत स्वयम्भूनाथ । तस्बिर - हरिराम भेटुवाल / रासस

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 228 पटक पढिएको
    • नेपाल रेखा
  • नेवा मिसा दबु इटहरी अध्यक्षमा जमुना मानन्धर

    इटहरी । नेवा मिसा दबु इटहरीको दोस्रो नगर अधिवेशनले जमुना मानन्धरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ ।उपाध्यक्षमा रिता श्रेष्ठ, सचिवमा रञ्जु श्रेष्ठ, सहसचिवमा निर्मला प्रधान, कोषाध्यक्षमा सम्झना श्रेष्ठ र सदस्यहरुमा गिता श्रेष्ठ, सविता देवी प्रधान, रमिला श्रेष्ठ, कुमारी श्रेष्ठ लगायतका सर्वसम्वत चयन गरेको छ ।दोस्रो नगर अधिवेशनको अवसर पारेर संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठले संस्था स्थापना गरि पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै दोस्रो अधिवेशनको उद्घाटन सत्रमा कार्यक्रमकी प्रमुख अतिथी नेवाः मिसा दबुकी केन्द्रीय सदस्य विमला प्रधानले संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठलाई सम्मा

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 355 पटक पढिएको
    • नेपाल रेखा
  • दाउराको जोहो

    सुनसरीको इनरुवा नगरपालिका–९ मा दाउरा संकलन गरेर घरतर्फ लैजाँदै स्थानीय महिला । तस्बिर – नवीन गड्तौला

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 306 पटक पढिएको
    • नेपाल रेखा
  • माईटापु बस्ती

    इलाम नगरपालिका९१० राजदुवालीस्थित माईखोला र खोला किनारामा रहको माईटापु बस्ती । यही असोज १८ गतेको वर्षापछि माईखोलामा आएको बाढी यहाँको बस्तीमा पस्दा ३८ घरपरिवार विस्थापित भएका छन् । तस्बिर : रामकुमार लिम्बू / रासस

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 312 पटक पढिएको
    • नेपाल रेखा
  • आत्मा शान्त पार्न ऐना

    धनकुटाको साँघुरीगढी गाउँपालिकास्थित कोसी राजमार्गको विश्वकर्मा बाबाको मन्दिर अगाडि दुर्घटना भइरहने सडक किनारमा झुन्डाइएको ऐना । ऐनाले मृत आत्मालाई आफ्नो रूप देखाएर बाटो देखाउँछ अनि आत्मा शान्त भएर त्यहाँबाट हट्छ भन्ने जनविश्वास रहिआएको छ । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 287 पटक पढिएको
    • नेपाल रेखा
  • कर्णाली नदी र राकम बजार

    अछाम र दैलेख जिल्लाको सिमाना भएर बगिरहेको कर्णाली नदी र पृष्ठभूमिमा दैलेख जिल्लाको आठबिस नगरपालिकास्थित राकम बजार । तस्बिर - सुशील भण्डारी / रासस

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 363 पटक पढिएको
    • नेपाल रेखा
  • जुट केलाउँदै किसान

    सुनसरीको इनरुवा नगरपालिका–२ स्थित सडक किनारमा जुट केलाउँदै किसान । यतिबेला जुट स्थानीय बजारमा चार हजार पाँच सय रुपैयाँ प्रति मन (४० किलो)का दरले बिक्री भइरहेको किसान बताउँछन् । तस्बिर - नवीन गड्तौला/रासस

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 383 पटक पढिएको
    • नेपाल रेखा
  • विसर्जनका लागि लगिँदै दुर्गाको प्रतिमा

    दशैँका अवसरमा सुनसरीको सदरमुकाम इनरुवा–२ बिहीबारे हाटस्थित दुर्गा मन्दिरमा निर्माण गरिएको दुर्गाको प्रतिमा बुधबार विसर्जनका लागि लगिँदै । यहाँ एक हप्तापछि दशैँका बेलामा निर्माण गरिएको विभिन्न देवीदेवताको प्रतिमा विसर्जन गरिन्छ। तस्बिरः अजितकुमार झा/रासस

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 368 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]