विधि–प्रविधि

    Showing 1-10 of 37 items.
  • तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

    तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ । आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो । आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत चमेराका लागि काठबाट बनाइने आवासको ‘डिजाइन’ तयार गरी निर्माण कार्य सुरु गरिएको जानकारी दिनुभयो । राष्ट्रिय वन्यजन्तु विशेषज्ञले चमेराको बासस्थानका लागि काठको घरको डिजाइन तयार गरेका हुन् । स

    • प्रकाशित मितिः मंसिर १३, २०८३
    • 72 पटक पढिएको
    • नेपाल रेखा
  • सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

    काभ्रेपलाञ्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) छापिरहेको छ । हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ । केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ । हाल केन्द्रमा दैनिक रूपमा यातायात ब्यवस्था विभागअन्तर्गका कार्यालयबाट प्राप्त ‘डेटा’का आधारमा लाइसेन्स छापिरहेको केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँ

    • प्रकाशित मितिः मंसिर १२, २०८३
    • 118 पटक पढिएको
    • नेपाल रेखा
  • वातावरणीय पक्ष र स्थानीय सरोकार सम्बोधन गर्दै ‘सिनेपा’ स्टुडियो निर्माण अघि बढाउन मन्त्री तिमिल्सिनाको आग्रह

    काभ्रेपलाञ्चोक । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा निर्माण प्रस्ताव गरिएको अत्याधुनिक इनडोर चलचित्र छायाङ्कन स्टुडियो (सिनेपा) क्षेत्रको निरीक्षण गर्नुभएको छ । सञ्चारमन्त्री तिमिल्सिनाले स्टुडियो निर्माणस्थलको भौगोलिक तथा प्राविधिक पक्ष, वातावरणीय प्रभाव र स्थानीय सरोकारबारे आज जानकारी लिनुभएको हो । उहाँले राष्ट्रिय महत्त्वको परियोजनालाई थप ढिलाइ नगरी स्थानीय बासिन्दाको भावना र वातावरणीय पक्षलाई सम्मान गर्दै अघि बढाउनुपर्ने बताउनुभयो । निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि,

    • प्रकाशित मितिः मंसिर ९, २०८३
    • 401 पटक पढिएको
    • नेपाल रेखा
  • भारतबाट ३५० मेगावाट विद्युत् आयातको अनुमति

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँद याममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ ।  भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको हो । दुई संस्थाबीच भएको सहमतिअनुसार, नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी साउन १५ गतेसम्म विद्युत् आयात गर्न पाउनेछ । जसअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म बाहेक अन्य समयमा विद्युत् आयात गर्न सक्नेछ । प्राप्त अनुमति बमोजिम, कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर

    • प्रकाशित मितिः मंसिर २, २०८३
    • 200 पटक पढिएको
    • नेपाल रेखा
  • विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौतावापतको ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको छ ।नियमित रुपमा उठ्नुपर्ने महसुल नउठेको, पुरानो बक्यौतासमेत कायम रहेको तथा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनसमेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनमा विद्युत् महसुल बक्यौता ठूलो मात्रामा रहेको उल्लेख छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन निर्देशन दिनुभएको छ । मन्त्र

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 343 पटक पढिएको
    • नेपाल रेखा
  • शासकीय सुधारका एक सय कार्यसूचीमा डिजिटल शासन

    काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र ‘डेटा गभर्नेन्स’लाई प्राथमिकतामा राख्दै कार्यान्वयन सुरु गरेको छ ।मन्त्रिपरिषद्को गत शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको कार्यसूचीअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने प्रक्रिया अघि बढाएको छ भने बेटिङ एप बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।अब सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी, कागजरहित र अन्तरआबद्ध बनाइनेछ । यसअन्तर्गत विद्यमान एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ‘जिआइओएमएस’

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 112 पटक पढिएको
    • नेपाल रेखा
  • नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक

    काठमाडौँ । नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकाङ्क्षासहित औपचारिक यात्रा सुरु गरेको हो । व्यवसाय, व्यक्तित्व र सरकारी निकायलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ । नेपाली आइ

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 510 पटक पढिएको
    • नेपाल रेखा
  • जनता क्याम्पस इटहरीमा बिआइसिटीई कार्यक्रम

    इटहरी । पछिल्लो समय आम मानिसको दैनिकी नै प्रविधिमा निर्भर बन्दै गइरहेको छ । हरेक व्यक्तिले प्रविधिको अधिक सदुपयोग गरेर जीवन सहज बनाउन सक्रिय रुपमा जुट्ने गरेका छन् । प्रविधिको उपयोगले नेपाली युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै लगिरहेको छ । प्रतिस्पर्धात्मक विश्व बजारमा आफूलाई अग्रस्थानमा राख्न विद्यार्थीहरु आफ्नो भविष्यका लागि प्रविधिको उपयोग गरेर अघि बढ्ने होडबाजी नै चल्न थालेको छ । यही कुरालाई मध्यनजर राखेर विद्यार्थीको सिर्जनशीलता र प्रविधिको उपयोगले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउन सकिने सोचले इटहरी वडा नं.५ मा सञ्चालित जनता बहुमुखी क्याम्प

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 331 पटक पढिएको
    • नेपाल रेखा
  • फेसबुकमा आएको आकर्षक विज्ञापनको लिङ्क खोल्दै हुनुहुन्छ भने होसियार !

    काठमाडौँ । तपाईं सामाजिक सञ्जालमा आउने अनेकन आकर्षक विज्ञान देख्नुभयो भने के गर्नुहुन्छ ? हतारिएर उक्त विज्ञापनका लिङ्क खोल्नुहुन्छ वा त्यसलाई वेवास्था गर्नुहुन्छ । सूचना प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय विकास र विस्तारसँगै त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा मुखर भएर आएको छ ।सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक बनाउने भन्ने पनि तपाईं हाम्रै हातमा रहेको छ । पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गर्ने प्रवृत्ति मौलाइरहेको नेपाल प्रहरीले पछिल्लो पटक सार्वजनिक गरेको एउटा घटनाले देखा

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 369 पटक पढिएको
    • नेपाल रेखा
  • ‘डिजिटल नेपाल सम्मेलन–२०२५’ आयोजना हुँदै

    काठमाडौँ । ‘डिजिटल नेपाल सम्मेलन’ चौथो संस्करण यही साउन ३० गते आयोजना हुने भएको छ । आइसिटी फाउण्डेशन नेपालले पत्रकार सम्मेलन गरी ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ भन्ने नारासहित ‘डिजिटल नेपाल सम्मेलन–२०२५’ आयोजना गर्न थालिएको जनाएको हो । यस वर्षको मुख्य थिम ‘डिजिटल सिनर्जीः ट्रान्सफर्मिंङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ रहेको छ ।पुल्चोकस्थित द प्लाजामा आयोजना हुने सम्मेलनमा आठ वटाभन्दा बढी सत्रमा राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञसहित ५० भन्दा बढी वक्ता रहनेछन् । गुगलको सहभागिता हुने सम्मेलनमा डिजिटल शासन, डिजिटल पूर्वाधार, डिजिटल स्वास्थ्य, ड

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 267 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]