वातावरण

    Showing 1-10 of 74 items.
  • टौदह

    कीर्तिपुर नगरपालिका-६ स्थित टौदह । प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण टौदह र वरिपरिका क्षेत्रमा विभिन्न प्रजातिका जलचर तथा चराचुरुङ्गी दैनिक रूपमा देख्न सकिन्छ । जसले यस क्षेत्रको आकर्षण थप बढाएको छ। तस्बिर-शशीधर अधिकारी-रासस  

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 129 पटक पढिएको
    • नेपाल रेखा
  • गुलावी कमल

    सुनसरीको कोसी गाउँपालिकास्थित मैत्री पोखरीमा ढकमक्क फुलेको गुलावी कमलको फूल । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 195 पटक पढिएको
    • नेपाल रेखा
  • ढकमक्क गुलमाेहर

    सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका-४ स्थित महेन्द्र राजमार्ग किनारमा ढकमक्क फुलेकाे गुलमाेहर । माैसममा हुने परिवर्तन, राजमार्गकाे प्रदूषण तथा चिस्यान भएको जमिनमा केही ढिलाेसम्म याे फुल्नसक्ने प्रकृतिविद बताउँछन् । तस्बिर - नवीन गड्तौला          

    • प्रकाशित मितिः साउन १, २०८३
    • 137 पटक पढिएको
    • नेपाल रेखा
  • पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

    काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार प्रधानमन्त्री वालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।कार्यदललाई पाथीभरा मन्दिर जाने केवलकार निर्माण सम्बन्धमा लामो समयदेखि देखिएका विवाद तथा समस्या पहिचान गरी सोको समाधानका लागि १५ दिनभित्र सुझाव पेस गर्न समयसीमा

    • प्रकाशित मितिः असार ५, २०८३
    • 79 पटक पढिएको
    • नेपाल रेखा
  • फेवातालमा डुङ्गा सयर गरेर मनोरञ्जन लिँदै पर्यटक

    पर्यटकीय राजधानी पोखरा घुम्न आएका पर्यटक फेवातालमा डुङ्गा सयर गरेर मनोरञ्जन लिँदै । तस्बिर- हरिप्रसाद बाँस्तोला-रासस  

    • प्रकाशित मितिः असार १, २०८३
    • 183 पटक पढिएको
    • नेपाल रेखा
  • बाह्रसिंगा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसेमैदानमा रहेका बाह्रसिंगा । निकुञ्जको मझगाउँ मुख्य कार्यालयबाट करिब २४ किलोमिटर दक्षिणमा रहेको शुक्लाफाँटा घाँसे मैदान नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान मानिन्छ । करिब ३४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस मैदानमा चर्दै गरेको अवस्थामा विश्वकै ठूलो झुण्डका रूपमा बाह्रसिंगा पाइन्छ भने यी पर्यटकको मुख्य आकर्षणका रुपमा रहने गर्छन् । विसं २०८१ मा गरिएको गणनामा दुई हजार १८२ बाह्रसिंगा यहाँ देखा परेका थिए । तस्बिर- राजेन्द्रप्रसाद पनेरु-रासस  

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 291 पटक पढिएको
    • नेपाल रेखा
  • गुफा पोखरी

    ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको सङ्गम स्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा अवस्थित पर्यटकीय स्थल गुफा पोखरी । तस्बिर- दिलकुमार लिम्बू-रासस  

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • 121 पटक पढिएको
    • नेपाल रेखा
  • मुस्ताङकाे निलगिरि ताल

    मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित समुद्री सतहको चार हजार मिटरको उचाइमा अवस्थित निलगिरि ताल । यहाँ रहेकाे नेपाली सेनाकाे सैनिक उच्चशिखर शिक्षालयको परिसर भित्र रहेको याे ताल मनमोहक छ । तस्बिर - सुन्दरकुमार थकाली-रासस  

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • 177 पटक पढिएको
    • नेपाल रेखा
  • ढकमक्क फुलेको गोलमोहर फूल

    सुनसरीको इनरुवा नगरपालिका-३, महेन्द्र चोकमा ढकमक्क फुलेको गोलमोहर फूल । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 137 पटक पढिएको
    • नेपाल रेखा
  • बोराबाँधमा मोटरबोट

    सुनसरीको वराहक्षेत्र नगरपालिका-६, बोराबाँधस्थित सप्तकोसी नदी किनारमा पर्यटकको पर्खाइमा रहेको मोटरबोट । सूर्यास्त अवलोकनका लागि लोकप्रिय भएको बोराबाँधमा पछिल्लो समय   मोटरबोटको सुविधा थप भएपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 176 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]