राष्ट्रिय

    Showing ३१-४० of ५८ items.
  • निर्वाचनको सुरक्षामा सेनाको चासो–प्रमुख आयुक्त र प्रधानसेनापतिबीच भेटवार्ता

    काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका सन्दर्भमा आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट गरेका थिए ।

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • १४२ पटक पढिएको
    • नेपाल रेखा
  • शान्तिपूर्ण वातावरणमा मतदान गर्न तयारी पूरा

    मोरङ । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन मोरङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न सम्पूर्ण तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले मतदान अधिकृतलगायतका कर्मचारीले निर्वाचनको मतपत्रसहितका सामग्री बुझी आफ्नो मतदान केन्द्रतर्फ बिहीबार पुगिसकेको जानकारी दिए । उनले मतदान अधिकृतले आफ्नो मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी सूचना टाँस, सर्वदलीय बैठक आह्वानलगायतका कार्य सुरु गरेको बताए। प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लवनकश्यप अधिकारीले निर्वाचनको वातावरण शान्तिपूर्ण र सौर्हादपूर्ण रहेको छ भन्दै सम्पू

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • ११ पटक पढिएको
    • नेपाल रेखा
  • नागरिकता विधेयकमा राष्ट्रपति कार्यालयको सर्वोच्च अदालतलाई जवाफ

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपति कार्यालयले नागरिकता विधेयकसम्बन्धमा सर्वोच्चअदालतलाई लिखित जवाफ पेश गरेको छ । राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा मुलुकको हितका लागि सम्पादन गरेको कार्यलाई अन्यथा भन्न नमिल्ने उल्लेख छ ।सरकारले नागरिकता समस्या समाधान गर्ने उल्लेख गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुरानो विधेयक फिर्ता गरेर नयाँ दर्ता गरेको थियो । उक्त विधेयकलाई बहुमतले पारित गर्दै राष्ट्रपति कार्यालय प्रमाणीकरणका लागि पठाइएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयकलाई १५

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • १० पटक पढिएको
    • नेपाल रेखा
  • कूटनीतिक नियोगलाई निर्वाचनबारे जानकारी

    काठमाडौँ । निर्वाचन आयोगले काठमाडौंँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का बारेमा आयोगको कान्तिपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रमबीच जानकारी गराएको छ ।कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे भनाइ राख्दै उक्त प्रयासमा अन्तर्राष्ट्रिय समुदायले पु¥याएको सहयोग र देखाएको सदायशताको प्रशंसा गरे । प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनका अनुभवले आगामी निर्वाचनमा थप सुधार गर्नको निमित्त सहयोग पुग्ने बताए । आयोगका आयुक्त, उच्च अ

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • १० पटक पढिएको
    • नेपाल रेखा
  • आचारसंहिता पालना गराउने प्रतिबद्धता

    काठमाडौँ । नेपाल सरकार र राजनीतिक दलबाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जारी हुने निर्वाचन आचारसंहिता इमान्दारीपूर्वक पालन गर्ने प्रतिबद्धता जाहेर भएको छ । निर्वाचन आयोगले प्रधानमन्त्री, गृहमन्त्री र राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिलाई बोलाएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न गराउन आचारसंहिता पालनाका लागि प्रतिबद्धता लिएको हो ।प्रतिबद्धतापत्रमा भनिएको छ, “संविधान, निर्वाचन आयोग ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, प्र

    • प्रकाशित मितिः आश्विन ११, २०७९
    • १७ पटक पढिएको
    • नेपाल रेखा
  • नागरिकता विधेयक प्रमाणीकरण नभएकामा सत्तारुढ दलको असन्तुष्टि

    काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको समयभित्र राष्ट्रपतिद्वारा प्रमाणीकरण नभएकामा सत्तारुढ दलले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार चार दलको बैठकले सो असन्तुष्टि व्यक्त गरेको हो । बैठकपछि चार दलद्धारा जारी संयुक्त विज्ञप्तिमा राष्ट्रपतिबाट संविधानको पालना र संरक्षण हुन नसकेको भन्दै सो असन्तुष्टि व्यक्त गरिएको हो । ‘राष्ट्रपतिको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्च

    • प्रकाशित मितिः आश्विन ५, २०७९
    • १४ पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रिय परिचयपत्रका बनाउन मोरङमा २ लाख ५० हजार विवरण संकलन

    कुमोद अधिकारी विराटनगर । मोरङ जिल्लाका १० वटा पालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने काम सम्पन्न भएको छ । १७ वटा पालिका मध्ये १० वटा पालिकामा विवरण संकलनको काम सम्पन्न्न भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । राष्ट्रिय परिचयपत्र बनाउनका लागि मोरङ जिल्लामा अहिलेसम्म २ लाख ४५ हजार ८ सय वढि विवरण संकलन भइसकेको छ । नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत गत साल असोज–४ गतेबाट मोरङमा यो अभियान शूर भएको हो । रंगेली, सुनवर्सी, रतुवामाई, उर्लाबारी नगरपालिका, धनपालथान, कटहरी, जहदा, मिक्लाजुङ, केरावारी साथै ग्रामथान गाउपालिकामा गरि १० वटा पालिकामा विवरण संकलनको का

    • प्रकाशित मितिः आश्विन ५, २०७९
    • १९ पटक पढिएको
    • नेपाल रेखा
  • जनताको अमुल्य मतको सदुपयोग

    जनताको माग भनेको राजनीतिक दलहरुले जनतालाई लाभ फाइदा हुने कार्यक्रम ल्याउनु पर्छ मुलुक र जनताको हितमा रहेर राजनीति गर्नेलाई मात्र भोट दिनु पर्छ भन्ने हो । गठबन्धन गरेर, जालझेल गरेर, कानुन मिचेर शक्तिको आडमा अझै जे मनलाग्यो त्यही गर्ने ? जनता गरिवी, अशिक्षा, भोकमरी, वेरोजगारीमा डुवी रहुन् वास्ता नगर्ने ? आफु र आप्mना परिवार नातागोता अकुत सम्पत्ती कमाउन र सत्तामा पुगेर ऐस आराम गर्नमा रम्ने जनताको दुःख सुख देखेर पनि नदेखेको बहाना गर्नेहरुलाई सचेत मतदाताले आउने मंसिर ४ गतेको निर्वाचनमा धुलो चटाउनै पर्छ ।       –शालिग्राम पाण्डे । नेपाली जनताले फेरी एक पटक आप्mनो अधिकार

    • प्रकाशित मितिः भदौ २, २०७९
    • ११६ पटक पढिएको
    • नेपाल रेखा
  • चुस्त र दुरुस्त प्रसासन सञ्चालन गरेर देशलाई सुधार्ने रवीको बाचा

    नेपालरेखा / इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवी लामिछानेले आँउदो मंसीर ४ गते हुने आमनिर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएर जिताएको खण्डमा चुस्त र दुरुस्त प्रसासन सञ्चालन गरेर देशलाई सुधार्ने बाचा गरेका छन् । सुनसरी स्थित ईटहरीको होटल ईम्पेरियलमा सोमवार भएको राष्ट्रिय स्वतन्त्र पार्टीको नगर, जिल्ला र प्रदेश कमिटी गठन गर्ने क्रममा आयोजित सभालाई सम्बोधन गर्दै पार्टीका संयोजक रवी लामिछानेले यस्तो बताएका हुन । “एउटा सामान्य टेलिभिजन कार्यक्रममा काम गर्दा धेरैलाई सेवा गर्न सकें भने तँपाईहरुको समस्या सुन्ने ठाँउमा पुगेको अवस्थामा देशलाईनै काया पलट गर्न सक्छु

    • प्रकाशित मितिः भदौ २, २०७९
    • ६१ पटक पढिएको
    • नेपाल रेखा
  • जथाभावि सवारी पार्किङ्गले थलिएको ट्राफिक ब्यवस्थापन

    जनक पाण्डेसुनसरी÷शडक किनारामा गरिने अब्यवस्थित सवारी पार्किङ्ग अहिले ईटहरीको ट्राफिक ब्यवस्थापनको लागि मूख्य चुनौति बन्दै गएको छ । ईटहरीको शहरी क्षेत्र भित्र मापदण्ड सहितको कुनै सवारी पार्किङ्गको उचित ब्यवस्थापन नहुँदा यस्तो समस्याको श्रृजना भएको हो । तिव्र शहरीकरण, घना बस्ती तर भौतिक संरचना र पूर्वाधारको पूर्ण मापदण्ड बिना निर्माण गरिएका संरचना र त्यसले श्रृजना गरेका अवरोध नै आज ईटहरी का लागि ट्राफिक ब्यवस्थापनको लागि टाउको दुखाई बनेको छ । ईटहरीका अधिकाँस ब्यावशायीक भवन, संघ संस्था, बित्तिय संस्था सुपर मार्केट, डिपार्टमेन्टल स्टोर आदिका आफ्ना निजी पार्किङ्ग नहुँदा शडकमा हुने पार्किङ्ग

    • प्रकाशित मितिः श्रावण १५, २०७९
    • १४१ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]