समाचार

    Showing 251-260 of 649 items.
  • ईयूले नेपालको संविधान र सङ्घीय शासनमा सहयोग गर्ने

    काठमाडौँ । नेपालका लागि युरोपियन युनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले नेपालको संविधान र सङ्घीय शासन व्यवस्थासहित समृद्धिका पक्षमा गरिरहेको सहयोगलाई निरन्तरता दिइने बताउनुभएको छ । नवनियुक्त राजदूत लोरेन्जोले आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले सङ्घीय शासन व्यवस्था अपनाएको नेपालको समृद्धिमा सहयोग जारी रहने बताउनुभएको हो । राजदूत लोरेन्जोले नेपालको गुणस्तरीय शिक्षा, क्षमतामूलक समाज निर्माण, जलवायु परिवर्तन, दिगो विकास, ऊर्जा क्षेत्रको विस्तार एवं प्रवद्र्धन तथा मानव अधिकार संरक्षणलगायत क्षेत्रमा प्रदान गरिँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महत्वपूर्ण विकास साझेद

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 158 पटक पढिएको
    • नेपाल रेखा
  • बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने धम्की दिने दुर्गा प्रसाईँमाथि नै कालोमोसो दलियो

    काठमाडौँ । राजधानीको कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरे । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए । प्रसाईंले बैंक

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 172 पटक पढिएको
    • नेपाल रेखा
  • चाडपर्वलाई मध्यनजर गर्दै इटहरीमा यात्रु सहायता कक्ष संचालनमा

    इटहरी । चाडपर्वको समयमा यात्रामा कुनै किसिमको समस्या नहोस् भनेर यात्रुहरुको सहजताका लागि इटहरीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।चाडपर्वको समयमा सवारी साधनमा यात्रुहरुको चाप बढी हुने हुँदा यात्रुहरु नठगिउन तथा सहज रुपमा गन्तव्य सम्म पुग्न सकुन् भनेर यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको सक्रियतामा यातायात मजदुर संगठन लगातयका सरोकारवालाहरुको सहकार्यमा इटहरी बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यात्रु सहायता कक्षको उद्घाटन गर्दै सुनसरी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले यात्रुहरुलाई सधैभरी व्यव

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 126 पटक पढिएको
    • नेपाल रेखा
  • बालविकास व्यवस्थापनमा इटहरीमा छलफल

    इटहरी । प्रारम्भिक बाल विकासको अवधारणा र व्यवस्थापन विषयमा सरोकारवालाहरुसंग अन्तरिक्रया गरिएको छ । आइतबार इटहरी उपमहानगरपालिका कार्यालयको सभाहलमा बाल सुरक्षा र संरक्षण अभियान चलाउदै आएको भ्वाईस अफ चिल्ड्रेनले सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रममा इटहरी उपमहानगर उपप्रमुख संगिताकुमारी चौधरी, इटहरी उपमहानगरपालिका कार्यालयकै सामाजिक शाखा प्रमुख भोजकला दवाडी, शिक्षा शाखाका प्रतिनिधि, इटहरी क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, नेपाल चेलिबेटी अपांग महिला समाजकी प्रतिनिधि दिलकुमारी राईलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहजकर्ता उमा घिमिरेले

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 406 पटक पढिएको
    • नेपाल रेखा
  • ट्राफिक सचेतना अभियान थप प्रभावकारी वनाइने–प्रहरी उपरिक्षक पौडेल

    विराटनगर । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एवम् प्रहरी उपरिक्षक सरोज पौडेल र जिल्ला ट्रफिक कार्यालय मोरङका प्रमुख सुमन न्यौपानेलाई सम्मान एवम् स्वागत गरिएको छ ।मोरङको विराटनगरमा आयोजित कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी, थारु कल्याणकारीणी सभा विराटनगर समिति, आदीवासी जनजाती महासंघ कटहरी तथा श्रीहरि सत्संग समिति नेपालले सयुक्त रुपमा उनीहरुलाई सम्मान गरेका हुन् ।सामुदायिक प्रहरी केन्द्रकी अध्यक्ष मिना जोशी, सामुदायिक प्रहरी केन्द्रका उपाध्यक्ष एवम् पुर्व प्रहरी उपरिक्षक विद्यानन्द माझी, सल्लाहकार एवम् उद्योगी समाजसेवी नन्दकिशोर राठी, श्र

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 137 पटक पढिएको
    • नेपाल रेखा
  • माओवादीले व्यवस्थापन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १२ सय बढीले लिए सेवा

    इटहरी । जनतासंग माओवादी विशेष रूपान्तर अभियान अन्तरगत संखुवासभाको धर्मदेवी नगरपालिका मुढेशनिश्चरेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ हार्डजोर्नी विशेषज्ञ डा. गुरू खनाल, कोशी अस्पताल विराटनगरका वरिष्ठ गाइनोलोजिस्ट डा.आनन्द गुरूङ, फिजिसियन डा. आकाश यादव, बालरोग विशेषज्ञ प्रदीप मेहता, नाक,कान,घाँटी तथा फिजिसियन डा.प्रवीन यादव, आखाँ रोग विज्ञ डा.ज्योति राजवंशी, वरिष्ठ ल्याव असिस्टेन्ट पंकज मेहता, रन्जन मेहता, आयुर्वेदिक डा. तिर्थ अधिकारीले सेवा दिएका थिए । प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ प्रदेश समितिको आयोजना र नेकपा (माओवा

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 145 पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानमन्त्री दाहाललाई ‘गार्ड अफ अनर’

    बेइजिङ । छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उहाँका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो ।

    • प्रकाशित मितिः असोज ८, २०८०
    • 90 पटक पढिएको
    • नेपाल रेखा
  • महिला ट्राफिक प्रहरी सम्मानित

    इटहरी । हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर इटहरी रहेको विश्व आदर्श एकेडेमी परिवारले ट्राफिक व्यवस्थापन कार्यमा खटिने महिला ट्राफिक प्रहरीहरुलाई सम्मान गरेको छ ।विश्व आदर्श एकेडेमीले तिज विशेष तथा सम्मान कार्यक्रम आयोजना गरि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी अन्तरगत कार्यरत विभिन्न दर्जाका दश जना महिला ट्राफिक प्रहरीहरुलाई सम्मान गरेको हो ।प्रत्येक वर्ष विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्ने महिलाहरुलाई सम्मान गर्दै आएकोमा यस वर्ष महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर राजमार्ग क्षेत्रमा खटिएर यातायात व्यवस्थापन गर्ने कार्यम

    • प्रकाशित मितिः असोज १, २०८०
    • 117 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा अब निःशुल्क शव वहान र एम्बुलेन्स सेवा

    इटहरी । इटहरीमा आज देखि निःशुल्क शव वहान र एम्बुलेन्स सेवा सुचारु गरिएको छ । इटहरीका जनतालाई निःशुल्क रुपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्र भर निःशुल्क रुपमा सेवा विस्तार गरिने भकोछ। इटहरी नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरि निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए । इटहरी उपमहानगरपालिकाले जनताको लागि घरदेखि घाटसम्म शव वहान र घर देखि इटहरी अस्पताल सम्म निःशुल्क संयुक्त रुपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको भनाई छ । नगर प्रमुख पौडेलले आफु निर्वाचित भएदेखि नै इटहरी अस्पताल बनाउन दिन रात खटेको बताउदै एक बर्ष भित्रमा इटहरी अस्पतालमा

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • 144 पटक पढिएको
    • नेपाल रेखा
  • यूवासंग हेल्पीङ यूथ सुनसरी

    नेपालरेखा । यूवालाई संञ्चार संग जोडेर आम यूवाका समस्या निवारण गर्न मद्दत पुर्याउने उद्देश्यले एकदिने यूवामुखी अन्तर्कृया कार्यक्रम शनिवार सुनसरीको दुहवीमा सम्पन्न भएको छ । आम यूवाका बिषयहरु सार्वजनिक रुपमा उठान गरेर यूवाहरुमाझ सचेतना अभिबृद्धि गराउन हेल्पीङ युथ सुनसरीले कार्यक्रमको आयोजना गरेको हो । समाज परिवर्तनको मुख्य सम्वाहक संञ्चार जगत नै भएकोले स्थानीय युवाहरुमाझ संञ्चारको महत्व यसको पहुँच लाई बुझन पनि यूवाले आवश्यक रहेकोले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बिकल पौडेलले बताए । संञ्चारले ल्याउनसक्ने परिवर्तन बाट युवाहरु कसरी लाभान्वित हुँदै समाजलाई कसरी योगदान पुर्यान सकिन्छ भन्न

    • प्रकाशित मितिः भदौ २४, २०८०
    • 511 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]