समाचार

    Showing 161-170 of 649 items.
  • इटहरीमा कालो बजारी र मूल्य बृद्धि रोक्न समाजवादी मोर्चाको माग

    इटहरी । इटहरीको बजारमा म्याद गुज्रेका अखाद्य सामग्री खुलेआम विक्री वितरण भइरहेको भन्दै समाजवादी मोर्चाले त्यस्ता सामग्री बेच्नेलाई कार्बाहीको माग गरेको छ । मोर्चाले इटहरी उपमहानगरपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाउदै त्यस्ता सामग्री बेच्नेलाई कार्बाही गर्न माग गरेको हो । मोर्चाको इटहरी उपमहानगर समितिले इटहरी उपमहानगर कार्यालयको तर्फबाट इटहरी बजार अनुगमन गरि काला बजारी, ठगी धन्दा रोक्न माग गर्दै इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेललाई आइतबार ज्ञापनपत्र बुझाएको हो । चाडवाडको मौका छोपी खाद्य सामग्रीको अत्याधिक मूल्य बृद्धि गरिएकोले यसको मार सर्वसाधारण नागरिकमा परेको समाजवादी मोर्चाले ठहर गरेको छ । ज

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 370 पटक पढिएको
    • नेपाल रेखा
  • राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

    इनरुवा । जिल्ला सदरमुकाम इनरुवा– ९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो । बाढीले खाना पकाउने भाँडावर्तन बगायो भने घर अझै ओभाएको छैन । विस्थापित हुनुभएको कुमारीको घरमा शिशुलाई स्तनपान गराउने ठाउँसमेत छैन । आँगनमा हिलो हुँदा खाना पकाउन समस्या छ । अहिलेसम्ममा यहाँका पीडित परिवारलाई कतैबाट सहयोग प्राप्त नभएको पीडित सत्रुघन खत्वेले बताउनुभयो । बाढीका कारण बबियामा खत्वे टोलका मात्र करिब ४० घरपरिवार प्रभावित छन् । सुनसरी खोलामा आएको बाढीले इनरुवा– ४ र ९ मा असर पु¥याएको छ । घरमा हिलो र बाहिर प

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 314 पटक पढिएको
    • नेपाल रेखा
  • समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना

    सिरहा ।  ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले. रु २० हजार जरिवाना गरेको छ । लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो । उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलुु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौँ मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेलापरेको छभने ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’क

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 299 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा खानेपानीको संकट आउने संकेत

    इटहरी । इटहरीमा अब तत्काल खानेपानीको समाधान गर्न पहल नगरे थप संकट निम्तिने भएको छ  । इटहरीमा अहिले इटहरी खानेपानी उपभोक्तासँगै तरहरा, पकली र खनार खानेपानी आयोजना रहेका छन् । इटहरी खानेपानी उपभोक्ता समितिमार्फत दैनिक दुई करोड १६ लाख लिटर पानी उत्पादन गर्ने गरिएको छ । इटहरी खानेपानी उपभोक्ता समितिले हिउँदमा पाँचवटा बोरिङ् थपेर तीन हजार धारा जडान गर्ने लक्ष्य राखेको छ । यदि बोरिङ् नथपिएको अवस्थामा नयाँ घर बन्दा कुनै पनि घरमा धारा जडान गर्न सक्ने अवस्था नभएको खानेपानी उपभोक्ता समितिका व्यवस्थापक हरि कटवालले नागरिक समाज इटहरीले आयोजना गरेको सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 316 पटक पढिएको
    • नेपाल रेखा
  • अनेमसङ्घ (क्रान्तिकारी) गण्डकीमा शाही निर्वाचित

    कास्की । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) सर्वसम्मत निर्वाचित हुनुभएको छ । पोखरामा आज राति अबेर सम्पन्न सङ्घको प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा एक सय २१ सदस्सीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो । सङ्घको उपाध्यक्षमा लीला विक (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित हुनुभयो । सचिवमा निर्मला सुवेदी ‘क्रान्ति’ (कास्की) र कोषाध्यक्षमा दिलमाया पुन (बागलुङ) निर्वाचित हुनुभयो । यसैगरी सहसचिवमा हेमकुमारी सुनार ‘ज्योति’ (नवलपुर) निर्वाचित यचन भएकामा बाँकी दुई सहसचिव पछि चयन गरिने जनाइएको छ । यसअघि सम्मे

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 395 पटक पढिएको
    • नेपाल रेखा
  • सुन व्यवसायीले मनोमानी रुपमा ठगिरहेकोप्रति सरकारको ध्यानाकर्षण

    काठमाडौँ । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले नागरिता, सडक निर्माण, चाडपर्वमा महँगी नियन्त्रण गर्नुपर्नेलगायत विषय उठाएका छन् ।बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले नेपालको संविधानमा कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने व्यवस्था गरिए पनि अहिले पनि सयौँ नेपाली नागरिकताविहीन भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद अनिशा नेपालीले राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडक निर्माणमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइन्। सांसद अब्दुल खानले सुन व्यवसायीले मनोमानी रुपमा ठगिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुनचाँदीसम्बन्धी छुट्टै कानुन ल्याएर काम गर्नुपर

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 274 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर महानगरद्वारा ट्राफिक लाइट जडान सुरु

    विराटनगर । ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडान गर्न सुरु गरेको छ ।असोज मसान्तभित्र लाइट जडान गरिसक्ने गरी कार्य सुरु गरिएको महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए। कोशी प्रदेशको एक मात्रै महानगरपालिका हुनुका साथै प्रदेशको राजधानी पनि भएका कारण पछिल्लो समय विराटनगरमा ट्राफिक व्यवस्थापन चुनौतीका रुपमा देखिएको छ । बढ्दो जनघनत्व, सवारी चापलगायतले ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको थियो । प्रमुख चोकमा ट्राफिक लाइट जडानपछि ट्राफिक व्यवस्थापनमा निकै सहयोग पुग्ने मेयर कोइरालाको भनाइ छ । म

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 311 पटक पढिएको
    • नेपाल रेखा
  • चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको अनियमितता छानबिन गर्न माग

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको छ । शून्य समयमा बोल्दै सांसदहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कृष्णप्रसाद पौडेलले चिकित्सक शिक्षा आयोगले प्रकाशित गरेको नतिजामा लापरबाही गरेको पाइएकाले सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । सांसद गोमादेवी तिमिल्सिनाले पनि चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको परीक्षाको विश्वसनीयताप्रति प्रश्न उठेको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गर्न

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 270 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर महानगरद्वारा स्वास्थ्य संस्थाहरूको अनुगमन

    विराटनगर । विराटनगर महानगरपालिकाले स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्रता दिएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्की नेतृत्वको टोलीले विराटनगरका स्वास्थ्य संस्थाहरूको अनुगमन गरेको हो । अस्पतालहरूले प्रवाह गर्ने सेवा सुविधाका विषयमा जनस्तरबाट गुनासो आउन थालेपछि महानगरले अनुगमनलाई तीव्रता पारेको हो । उपमेयर कार्कीको नेतृत्वमा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, कोशी अस्पतालका प्रतिनिधि रामनारायण यादव, स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादव, स्वास्थ्य अधिकृत रमेश कार्की, उपमेयरका स्वकीय सचिव निश्चल मायालुलगायत सम्मिलित टोलीले बुधबार सिटी अस्पतालको अनुगमन गरेक

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 279 पटक पढिएको
    • नेपाल रेखा
  • मेचीनगरमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न त्रिपक्षीय सम्झौता

    झापा । मेचीनगरमा नसर्ने रोगको जोखिम भएका ४० वर्षमाथिका उमेर समूहका बासिन्दाको मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सोसम्बन्धी रोगको, जाँच र जोखिम कम गर्न स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने भएको छ ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटुरोग नियन्त्रणमा क्रियाशील सामुदायिक संस्था केएचडिसी नेपाल र मेचीनगर नगरपालिकाबीच स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा मेचीनगर नगरपालिकाका तर्फबाट नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी र केएचडिसी

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 375 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]