दाङकाे घोराही उपमहानगरपालिका-१७ कर्जाहीका किसान थ्रेसरको सहायताले तोरीबाली भित्र्याउँदै । तस्बिर - रञ्जिता अधिकारी- रासस
सुनसरीको धरान उपमहानगरपालिका-३ स्थित चाैबिसे ढाका स्टाेरमा सञ्चालित ढाका कपडा बुनाइ तालिममा सहभागीहरु । स्टाेरले ढाका कपडा बुनाइकाे तालिम सञ्चालन गर्नुका साथै ढाकाका विभिन्न कपडा, बुनाइ मेसिन तथा सामग्रीसमेत बिक्री गर्दै आएको छ । तस्बिर - नवीन गड्ताैला-रासस
सुनसरीको इनरुवा नगरपालिका-९ मा खेतबाट बयलगाडामा कृषि उत्पादन राखेर घरतर्फ लैजाँदै किसान । तस्बिर - नवीन गड्ताैला-रासस
सुनसरीको काेसी गाउँपालिका-३ स्थित मकै खेतीबाट घाँसकाे भारी लिएर फर्कँदै गरेका स्थानीय महिला । तस्बिर - नवीन गड्ताैला
रामनवमीको अवसरमा शुक्रबार जानकी मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर- अमरेन्द्रकुमार यादव - रासस
मनाङ जिल्लाकाे मनाङ ङिस्याङ गाउँपालिका-९ स्थित हिउँले सेताम्मे तिलिचो ताल र तालकाे अग्रभागमा रहेकाे भगवान शिवकाे मूर्ति । विश्वकाे सर्वाधिक अग्लाेस्थानमा अवस्थित याे ताल समुन्द्र सतह देखी ४ हजार ९१९ मिटर उचाइमा अवस्थित छ । तस्बिर- नवीन लामिछाने -रासस
म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित स्वतन्त्र उम्मेदवार महावीर पुन सोमबार बिहान वीरगन्जको घण्टाघरमा आफ्नो किताब बिक्री गर्नुहँदै । तस्वीर हिमाल लम्साल - रासस
मुस्ताङस्थित माथिल्लो मुस्ताङ क्षेत्रमा शुक्रबार दिउँसोदेखि निरन्तर हिमपातपछि सेताम्मे लोमान्थाङ क्षेत्र । हिमपातका कारण माथिल्लो मुस्ताङका क्षेत्र सेताम्मे बनेका छन् । तस्बिर - सुन्दरकुमार थकाली-रासस
सुनसरीको इनरुवा नगरपालिका-९ मा भैंसी चराउन लैजाँदै स्थानीय गोठाला । तस्बिर - नवीन गड्तौला
बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकलाई न्याय माग गर्दै सुनचॉदी व्यवसायी महासङ्घ तनहुँले बिहीबार दमौलीमा गरेको विरोध प्रदर्शन। तस्बिर- कृष्ण न्यौपाने-रासस