चितवनमा आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको सभास्थलमा उपस्थित सदस्यहरु नाचगानमा रमाउँदै। तस्बिर- प्रदीपराज वन्त-रासस
पाँचथरको हिलिहाङ गाउँपालिका-६ गुराँसेमा निर्माणाधीन आत्मा पवित्र माङहिम (मन्दिर) । मेसिनले काटिएका स्थानीय ढुङ्गाद्वारा निर्मित यस माङहिम निर्माणमा रु. एक करोड ५० लाख लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण समितिले जनाएको छ । तस्बिर - रवीन्द्र काफ्ले - रासस
प्युठानको नौबहिनी गाउँपालिका-१ स्थित स्याउलीबाङ ठूलोगाउँ र आसपासको भू-भाग। तस्बिर- कुलदीप न्यौपाने-रासस
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित गरेर राखिएको कृष्णसारको बथान । कृष्णसार पुनःस्थापन कार्यक्रमअन्र्तगत सन् २०१२ देखि सन् २०१५ सम्म गरी बर्दियाको खैरापुर र काठमाण्डौँको सदर चिडिया खाना जावलाखेलबाट गरी ४२ वटा भाले र पोथी कृष्णसार स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरिएका कृष्णसारको सङ्ख्या बढेर हाल तीन सय १३ पुगेको छ । तस्बिर- राजेन्द्रप्रसाद पनेरू-रासस
हुम्लामा पछिल्ला वर्षहरुमा पुरुषसरह विकास–निर्माणमा बेल्छासँग जुधेर काम गर्दै सिमकोट गाउँपालिका–४ बुराउँसे गाउँका महिला । तस्बिर- दाने बोहरा-रासस
सुनसरीको इनरुवा नगरपालिका–९ मा धान बिउ राख्न खेत सम्याउँदै किसान । यतिबेला यहाँका किसान मानो रोपेर मुरी फलाउने ध्याउन्नमा छन् । तस्बिर – नवीन गड्तौला
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसँगै नेपाली सेनाद्वारा पुनःनिर्माण भइरहेको क्षतिग्रस्त गाइडबण्डको मङ्गलबार अनुगमन गर्नुहुँदै सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी किरण केसी । गत वर्षको बाढीले गाइडबण्डको करिब ३०० मिटर भागमा क्षति पुर्याएपछि त्यसको पुनःनिर्माणका लागि सेना खटिएको छ । तस्बिर- शेरबहादुर सिंह-रासस
कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदी सनकट्टीमा निर्माण भैरहेको पक्की पुल । पुलको काम असारभित्र सम्पन्न हुँदैछ । तस्बिर - झलनाथ खनाल -रासस
लमजुङको क्व्होलासोथर गाउँपालिका-३ स्थित नेपालकै दोस्रो घरबास गाउँ घलेगाउँ । विसं २०५७ बाट सन्मुचलित यस गाउँ मुलुककै पहिलो स्मार्ट भिलेज, खुसी गाउँ र दक्षिण एसियाकै नमुना गाउँको रुपमा समेत परिचित छ । तस्बिर- जनक श्रेष्ठ-रासस
सिन्धुली जिल्लाको धार्मिक पर्यटकस्थल कमलामाई मन्दिर । सिन्धुलीको प्रख्यात मन्दिरमध्ये कमलामाई मन्दिर पनि एक हो। यो मन्दिर सिन्धुलीमाढीबाट करिब १२ किमी टाढा छ । समुद्री सतहबाट करिब दुई हजार फिटको उचाइमा रहेको छ। तस्बिर- प्रदीपराज वन्त-रासस