सुनसरीको इनरुवा नगरपालिका-४ मा धान राेप्दै किसान । जिल्लामा हालसम्म ८७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । तस्बिर - नवीन गड्तौला
सुनसरीको इनरुवा नगरपालिका–९ मा धानको बिउ काढ्दै किसान । जिल्लामा हालसम्म ८४ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । तस्बिर – नवीन गड्तौला
सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा बाेरिङ गरी धानखेतमा सिचाइ गरिँदै । यसपालि पर्याप्त वर्षा नभएर सिचाइकाे वैकल्पिक व्यवस्था गर्नुपर्दा धानखेतीमा लागत बढेको किसान बताउँछन् । तस्बिर - नवीन गड्तौला
सुनसरीको वराहक्षेत्र नगरपालिका-९, राजावास बाँधमा काेसीकाे बाढीले बगाएर ल्याएको दाउरा निकाल्दै स्थानीय । यसरी जाेखिम माेलेर निकालेकाे दाउरा बेचेर उनीहरूले जीविकोपार्जन गरिरहेका छन् । तस्बिर - नवीन गड्तौला
सुनसरीस्थित काेसीटप्पु वन्यजन्तु आरक्षकाे अर्ना भ्यु टावर नजिक चरन क्षेत्रमा देखिएकाे अर्नाकाे जाेडी । नयाँ तथ्यांकअनुसार आरक्षमा अर्नाकाे संख्या ४९८ रहेकाे छ । तस्बिर - नवीन गड्तौला
सुनसरीको काेसी गाउँपालिकास्थित काेसीटप्पु वन्यजन्तु आरक्षमा मंगलबार हात्तीलाई दक्षिणा दिँदै आन्तरिक पर्यटक । तस्बिर - नवीन गड्तौला
असार सकिने बेलासम्म बाँझै रहेकाे सुनसरीको गढी गाउँपालिका-५, सत्तेरझाेरास्थित किसानकाे खेतीयोग्य जमिन । सिचाइँ सुविधा नहुँदा र पर्याप्त पानी नपर्दा असार सकिन लाग्दासम्म जिल्लामा लगभग ५० प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको छ । तस्बिर - नवीन गड्ताैला
शान्ति-सुरक्षाको माग गर्दै शुक्रबार सुनसरीको इनरुवा नगरपालिकामा धर्नामा बसेका नगरपालिकाका कर्मचारी । यो आर्थिक वर्षको कारोबार हुने अन्तिम दिन असार २५ गते राति केही ठेकेदारहरूले कार्यालयमा कर्मचारीहरुलाई धाकधम्की दिई कार्यालयको ल्यापटप, कम्प्युटर, महत्वपूर्ण कागजात तथा चेक अफत गर्ने प्रयास गरेको घटनापछि काम छाडेर विरोध गर्नुपरेको कर्मचारीहरु बताउँछन् । जिउज्यानको सुरक्षाको ग्यारेन्टी र सहज रुपमा कामकाज गर्ने वातावरण तयार नभएसम्म कार्यालयको कामकाजमा फर्कन नसक्ने उनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तस्बिर - नवीन गड्तौला
सुनसरीको इनरुवा–२ का राजकुमार मरिक बाँसको चोयाबाट चङेरी (फराकिलो होचो ढकी) बनाउँदै ।मरिमराउ तथा पूजापाठमा प्रयोग हुने बाँसका सामग्री बिक्री गरेर उहाँले चार जनाको परिवार पालेका छन् । तस्बिर - नवीन गड्तौला
धानमा झार मार्ने विषादी छर्दै किसान–सुनसरीको इनरुवा नगरपालिका–९ मा शनिबार हरियो फिरेको धानमा झार मार्ने विषादी छर्दै किसान । धान रोपाइँ गरेको २२ दिनपछि झार मार्ने औषधि छर्दा प्रभावकारी हुने किसान बताउँछन् । तस्बिर - नवीन गड्तौला