फोटोफिचर

    Showing 11-20 of 226 items.
  • दाउरा संकलन

    सुनसरीको कोसी ब्यारेज नजिक सप्तकोसी नदीको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरी बिक्री गर्न लैजाने तयारी गर्दै स्थानीय । जोखिम मोलेर संकलन गरिएको दाउरा १५ हजार रुपियाँ प्रति ट्रयाक्टर बिक्री हुने उनीहरु बताउँछन् ।तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 213 पटक पढिएको
    • नेपाल रेखा
  • सङ्खुवासभाको खाँदबारी

    मौसम खुलेपछि ड्रोन क्यामराबाट देखिएको सङ्खुवासभाको सदरमुकाम खाँदबारी र आसपासको रमणीय दृष्य । खाँदबारी समुद्री सहतबाट एक हजार ५० मिटर उचाइमा अवस्थित छ। तस्बिर - भविन कार्की -रासस  

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 144 पटक पढिएको
    • नेपाल रेखा
  • जलमग्न सडक

    सोमबार र मंगलबार भएको वर्षाका कारण जलमग्न भएको सुनसरीको इनरुवा नगरपालिका २ नं. वडा कार्यालय उत्तरपट्टिको सडक । सानो पानी पर्दा पनि डुबान हुने सडकका कारण सास्ती खेप्नु परिरहेको स्थानीय बताउँछन् । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 143 पटक पढिएको
    • नेपाल रेखा
  • महाभारतकालीन दृश्य झल्किने कलात्मक रथ

    झापाको अर्जुनधारा नगरपालिका-८ स्थिति शनिश्चरे चोकमा निर्मित महाभारतको युद्ध प्रसङ्ग झल्काउने कलात्मक रथमा अर्जुन-कृष्ण । तस्बिरः सुदीप राउत-रासस  

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 217 पटक पढिएको
    • नेपाल रेखा
  • जलगैँडा

    ललितपुर महानगरपालिका–४, जावलाखेलस्थित सदर चिडियाखानामा रहेको जलगैँडा। राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापित यस चिडियाखाना अवलोकनका लागि दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गर्छ। तस्बिर-शशीधर अधिकारी-रासस  

    • प्रकाशित मितिः साउन १६, २०८३
    • 373 पटक पढिएको
    • नेपाल रेखा
  • डोकामा साग बेच्दै किसान

    ललितपुर महानगरपालिका–१९, इटीटोलस्थित लगनखेल डोकामा साग बिक्री गर्दै किसान। यहाँ साग प्रतिमुठा रु ३० मा बिक्री हुने गरेको किसान बताउँछन्। तस्बिर- शशीधर अधिकारी-रासस  

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 121 पटक पढिएको
    • नेपाल रेखा
  • दक्षिणकाली माताको मन्दिर

    हेटौँडाको सानोपोखरास्थित प्रसिद्ध श्री दक्षिणकाली माताको मन्दिर । मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी यहाँका स्थानीयवासीले सक्रियता बढाएका छन् । तस्बिर- वासुदेव पौडेल-रासस  

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 144 पटक पढिएको
    • नेपाल रेखा
  • डिजेसहितको प्रदर्शन

    सुनसरीको कप्तानगञ्जमा भएको गोली काण्डको विरोधमा सोमबार इनरुवा बसचोकमा डिजेसहित प्रदर्शन गर्दै आन्दोलनकारी ।तस्बिर - नवीन गड्तौला-रासस

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 154 पटक पढिएको
    • नेपाल रेखा
  • काेसी ब्यारेजमा पर्यटक

    सुनसरीको काेसी गाउँपालिकास्थित काेसी ब्यारेज अवलाेकन गर्न आएका आन्तरिक तथा भारतीय पर्यटक । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 109 पटक पढिएको
    • नेपाल रेखा
  • पुष्पलालको तस्बिरमा माल्यार्पण गर्नुहुँदै पार्टी नेता श्रेष्ठ

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा बिहीबार नेपाल कम्युनिष्ट पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा भएको कार्यक्रममा पुष्पलालको तस्बिरमा माल्यार्पण गर्नुहुँदै पार्टी नेता एवं बागमती प्रदेशका पूर्वमन्त्री राजेन्द्रमान श्रेष्ठ । । तस्बिर- रत्न श्रेष्ठ-रासस  

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 152 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]