फोटोफिचर

    Showing 171-180 of 249 items.
  • भोजपुरे खुकुरी

    भोजपुर नगरपालिकास्थित पसलमा बिक्रीका लागि राखिएका भोजपुरे खुकुरी । भोजपुरमा रु.सात सयदेखी रु. ५२ हजारसम्मका खुकुरी किनमेल हुने गरेको स्थानीय व्यवसायी हिरा श्रेष्ठले जानकारी दिनुभयो । तस्बिर - युवराज विष्ट - रासस

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 311 पटक पढिएको
    • नेपाल रेखा
  • सेताम्मे चाङफुइ हिमाल

    सोमबार रातिदेखि परेको भारी हिमपातपछि मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पक्की पुलबाट बुधबार बिहान देखिएको सेताम्मे चाङफुइ हिमाल र आसपासका क्षेत्र । तस्बिर- सुशीलबाबु थकाली-रासस

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 366 पटक पढिएको
    • नेपाल रेखा
  • छठ घाट सजावट

    सुनसरीको इनरुवा नगरपालिकास्थित कुरुवा खोलामा सोमबार छठ पूजा घाट सजाउँदै स्थानीय । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 636 पटक पढिएको
    • नेपाल रेखा
  • छठ पूजाको तयारी

    सुनसरीको इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलामा छठ पूजाका लागि सरसफाइ गरी घाट तयार गर्दै स्थानीय । सोमबार साँझ अस्ताउँदो सूर्य र मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्र्य यस वर्षको छठ पर्व मनाइँदै छ । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 238 पटक पढिएको
    • नेपाल रेखा
  • धमिराको घर

    दाङको दङ्गीशरण गाउँपालिका-२स्थित राजाकोट सामुदायिक बनमा धमिराले बनाएको घर । तस्बिर-दीपक बोहरा - रासस

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 260 पटक पढिएको
    • नेपाल रेखा
  • मुक्तिनाथमा दर्शनार्थी

    मुस्ताङस्थित हिन्दु तथा बौद्धमार्गीहरुको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा शनिबार दर्शन गर्न आएका भक्तजनको घुइँचो । तिहार लगत्तै मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने आन्तरिक धार्मिक पर्यटकको संख्या उल्लेख्य वृद्धि भईरहेको छ । तस्बिर - सुन्दरकुमार थकाली-रासस

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • 228 पटक पढिएको
    • नेपाल रेखा
  • केराको व्यापार

    छठ पर्व नजिकिँएसँगै सिरहाको मिर्चैयास्थित कटारीचोकमा बिक्री गर्न व्यापारीले खरिद गरेर ल्याएको केरा । झापा, मोरङ्ग सुनसरीलगायत जिल्लाबाट छठ पर्वका लागि यहाँ केरा ल्याइने व्यापारी बताउँछन्। तस्बिर- सुदीप राउत/रासस

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 232 पटक पढिएको
    • नेपाल रेखा
  • छठको तयारी

    महाेत्तरीकाे जलेश्वर नगरपालिका -८ बजराही गाउँमा अवस्थित पाठक पाेखरीकाे बीचमा पानीभित्र बाँस र काठकाे सहायताले छठ पूजाको लागि सूर्य भगवान तथा छठी माताकाे मन्दिर निर्माण तयारी गरिँदै । तस्बिर - सञ्जीतकुमार मण्डल / रासस

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 247 पटक पढिएको
    • नेपाल रेखा
  • हेलिकप्टर र हिमशृङ्खला

    काठमाडौँस्थित पेप्सिकोलाबाट सोमबार साँझपख देखिएको उडिरहेको हेलिकप्टर र पृष्ठभूमिमा हिमशृङ्खलाको दृश्य । तस्बिर : किरणराज बिष्ट / रासस

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 259 पटक पढिएको
    • नेपाल रेखा
  • मुक्तिनाथमा भक्तजन

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा श्रद्धालु भक्तजन। दशैँपछि मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने भक्तजन र पर्वतीय पहाड अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढेको छ । तस्बि- सुशीलबाबु थकाली / रासस

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 280 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]