पशुपतिनाथ मन्दिरमा बाला चतुर्दशीका दिन बुधबार बिहान पूजाअर्चना र शतबीज छर्न आएका भक्तजनको घुइँचो । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन साँझ दिवंगत पितृको सद्गतिको कामना गर्दै पितृका नाममा बत्ती बालेर जाग्राम बसेर बाला चतुर्दशीका दिन बिहान शतबीज छर्ने गरिन्छ । तस्बिर - हरिराम भेटुवाल - रासस
सुनसरीको इनरुवा नगरपालिका-९ मा सोमबार धानको बोझा ट्रयाक्टरमा हालेर घर लैजाने तयारी गर्दै किसान । यतिबेला यहाँका किसानलाई मंसिरे चटारोले छोपेको छ । तस्बिर - नवीन गड्तौला
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने बाला चतुर्दशी मेलामा मङ्गलबार आएका भक्तजन । तस्बिर- विमलबहादुर विष्ट-रासस
पोखरा महानगरपालिका-२७ अर्घौको अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म घर नजिकै निर्माण गरिएको कवि पौड्यालको पूर्णकदको शालिक । तस्बिर - राधिका कँडेल - रासस
सुनसरीको इनरुवा नगरपालिका-९ स्थित किसानको खेतमा पाक्न लागेको धानको बालामा लागेको कालोपोके रोग । कालोपोके रोगका कारण उत्पादकत्व घट्ने तथा रोग लागेको धान व्यापारीले समेत किन्न नमान्ने किसान बताउँछन् । तस्बिर - नवीन गड्तौला
धनुषाको सबैला नगरपालिका–११ इनर्वास्थित श्री विद्यार्थी बाबा आश्रमको मुख्यद्वारमा रहेको पोखरीको बीच भागमा अवस्थित भगवान् महादेवको मन्दिर । तस्बिर- अमरेन्द्रकुमार यादव-रासस
भोजपुर नगरपालिका–५ बोखिममा किसान थन्काउनको लागि खलोमा सङ्कलन गरिएकोे धानको भुस उडाउँदै । किसानहरु अहिले धान थन्काउनमा व्यस्त रहेका छन् । तस्बिर- युवराज विष्ट-रासस
कञ्चनपुरस्थित महाकाली नदी माथि बनेको पक्की पुल । रु तीन अर्ब ६६ करोड बढीको ठेक्कामा पुल निर्माणको कार्य अगाडी बढाइएको छ । ठेक्का सम्झौता अनुसार गर्नुपर्ने कार्य करिब ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । तस्बिर - राजेन्द्रप्रसाद पनेरू-रासस
सुनसरीको इनरुवा नगरपालिका-९ मा सानो हार्भेस्टर मेसिनद्वारा धान काट्दै किसान । यो मेसिनले एक घण्टामा १०-१२ कठ्ठा क्षेत्रफलको धान काट्न सक्ने किसान बताउँछन् । तस्बिर - नवीन गड्तौला
सोह्रौँ राष्ट्रिय विभूति एवं किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको १४१औँ जन्मजयन्तीका अवसरमा मङ्गलबार दमक–१ स्थित फाल्गुनन्द स्मारकमा पूजाआजा गर्दै किरात धर्म अनुनायी । तस्बिर- यज्ञराज आङ्देम्बे-रासस