सुनसरीकाे इनरुवास्थित भगवती माविमा साेमबार निर्वाचन क्षेत्र नं २ र ४ काे विभिन्न मतदान केन्द्रका लागि निर्वाचन सामग्री बुझेर लैजाँदै कर्मचारी । तस्बिर - नवीन गड्तौला
सुनसरीको इनरुवा नगरपालिका-१ स्थित भगवती माविमा आइतबार जिल्लाका निर्वाचनस्थलमा पठाइने मतदाता नामावली व्यवस्थापन गर्दै कर्मचारी । जिल्लाकाे निर्वाचन क्षेत्र नं १ र ३ मा निर्वाचन सामग्री पठाइसकिएकाे तथा २ र ४ मा मंगलबारसम्म पठाइसकिने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । तस्बिर - नवीन गड्तौला
भोजपुरको अरुण गाउँपालिकास्थित मऱ्याङ डाँडा रहेको अरुण आध्यात्मिक क्षेत्र । अरुण आध्यात्मिक प्रतिष्ठानले एउटै परिसरमा धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले हिन्दु, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरेको हो । तस्बिर - युवराज विष्ट-रासस
पोखरा महानगरपालिका-६ गौरीघाटस्थित फेवाताल किनारमा राखिएका डुङ्गा। तस्बिर- राधिका कँडेल-रासस
सङ्खुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीस्थित खर्कमा चौँरी गाई । चरन क्षेत्रमा घाँसको कमी, मौसम परिवर्तनजस्ता कारणले घुम्ती गोठमार्फत् चौँरी, याक पालन गर्नेहरु पछिल्लो समय क्रमश- घट्दै गएको छ । तस्बिर- भवीन कार्की/रासस
अछामको मङ्गलसेनस्थित पुनर्निर्माण गरिएको अछाम दरबार । तत्कालीन विद्रोही नेकपा (माओवादी)ले विसं २०५८ फागुन ४ गते आक्रमण गर्दा ध्वस्त भएको दरबार अहिले पुनर्निर्माण सम्पन्र भएकाे छ । तस्बिर - सुशील भण्डारी - रासस
महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवको अवसरमा आइतबार नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा आयोजित सारोहमा विभिन्न हातहतियार प्रदर्शन गर्दै नेपाली सेना। तस्बिर-रत्न श्रेष्ठ-रासस
चाबहिलस्थित चलचित्र विकास बोर्ड परिसरमा अभिनेता सुनिल थापालाई आईतबार अन्तिम श्रद्धाञ्जली दिँदै कलाकर्मी तथा शुभेच्छुकहरू। ६८ वर्षकाे उमेरमा शनिवार बिहान निधन हुनुभएका स्व. थापाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि बोर्ड परिसरमा राखिएको छ । तस्बिर - भेषराज कार्की -रासस
प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताका विजयीहरु ट्रफीका साथ सामूहिक तस्बिरमा । तस्बिर, सौजन्यः नेपाली सेना/रासस
सुनसरीको इनरुवा नगरपालिका-९ मा मकै बालीमा कीटनाशक विषादी छर्कँदै किसान । भर्खरै उम्रिएकाे मकैमा गवाराे कीराकाे संक्रमण बढेपछि अहिले यहाँका किसान दुःखी छन् । तस्बिर - नवीन गड्तौला