खेलकुद

    Showing 111-120 of 127 items.
  • खेलाडी र युवाबीच गच्छदार र पोखरेल

    इटहरी । लोकतान्त्रिक बाम गठबन्धनका उमेदवारहरु विजयकुमार गच्छदार र सरस्वती पोखरेल (डाँगी) ले सुनसरी ३ को संक्षिप्त चुनावी प्रतिबद्धतापत्रमा युवाहरुको खेलकुद क्षमता बृद्धि गर्न तालिम र आवश्यक सुविधामा जोड दिने सवाल समेटेका छन् । यही सवालमा छलफल गर्न उमेदवार गच्छदार र पोखरेल चुनाव प्रचार प्रसार गर्दै न्यू डाइमण्ड युवा क्लबद्वारा आयोजित आमझोकी गोल्ड कप प्रतियोगित स्थल पुगेर खेलाडीहरुसंग छलफल गरेका छन् । साथै, गोल्ड कपमा विजेता बनेका खेलाडीहरुलाई बधाई पनि दिएका छन् । पोखरेल र गच्छदारले युवाहरुसंग आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गठबन्धनलाई मत पनि मागेका छन् । गच्छदा

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 136 पटक पढिएको
    • नेपाल रेखा
  • इलामको रोङमा कभर्र्डहल निर्माण

    इलाम । इलामको रोङ गाउँपालिकामा कभर्र्डहल निर्माण गरिएको छ । गाउँपालिकाको धार्मिक एवं पर्यटकीयस्थल हाँसपोखरीमा उक्त कभर्र्डहल निर्माण गरिएको हो । कभर्डहल निर्माणका लागि गाउँपालिकाले २५ लाख, स्थानीय पूर्वाधार विकास कार्यक्रम कोष इलाम क्षेत्र नं १ ले ३० लाख र प्रदेश नम्बर १ पर्यटन मन्त्रालयले आठ लाख विनियोजन गरेको थियो । कभर्र्डहलमा ब्याडमिन्टन, टेबलटेनिस, कराते, तेक्वान्दो, बक्सिङलगायत खेल सञ्चालन तथा प्रशिक्षण गराउन सहज हुने छ । गाउँपालिकाका अध्यक्ष मणिकुमार स्यांबो कभर्डहलमा राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने बताउछन् । विसं २०४५ देखि निरन्तर कराँते खेलको विकासमा लागि परेका योगेश चा

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 127 पटक पढिएको
    • नेपाल रेखा
  • चितवन गोल्डकपमा १० टिम सहभागी हुने

    चितवन । भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो ।प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ), मनाङ एफसी, भरतपुर फुटबल क्लब, जेजेवाइसी सिमरा, मकवानपुर, बागमती र फर्साटिकर एफसी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका संयोजक ध्रुव भुसालले जानकारी दिए । उनका अनुसार अफ्रिकन युनाइटेड क्यामरुन र भारतको मोतिहारीसमेत प्रतियोगितामा सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।प्रतियोगितामा विजेताले गो

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 130 पटक पढिएको
    • नेपाल रेखा
  • खोटाङबाट एक सय ५८ खेलाडी छानियो

    खोटाङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट एक सय ५८ खेलाडी छनोट भएका छन् । प्रदेशस्तरीय प्रतियोगितामा १४ खेलका लागि ती खेलाडी र व्यवस्थापन तथा अफिसियल ३० गरी एक सय ८८ जनाको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए । प्रमुख केसीका अनुसार भलिबलमा १८, एथ्लेटिक्समा २२, बुद्धिचालमा चार, तेक्वान्दोमा २२, सितोरियो कराँतेमा २९, टेबलटेनिसमा चार, फुटबलमा ३२, ब्याडमिन्टनमा सात, भारोत्तलनमा दुई, उसुमा १० खेलाडी छनोट भएका छन् । यस्तै बक्सिङमा तीन, पौडीमा दुई, शारीरिक सुगठनमा एक र सफ्ट टेनिसमा दुई खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 128 पटक पढिएको
    • नेपाल रेखा
  • खेलकुद विज्ञान विभाग र फाउन्डेशनबीच सहकार्य

    काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसन र त्रिभुवन विश्वविद्यालय केन्द्रीय खेलकुद विज्ञान विभागले खेलाडीलाई मानसिक र मनोवैज्ञानिकरूपमा बलियो बनाउन सहकार्य गर्ने भएका छन् ।कोरोना महामारीपछि खेलाडीमा आएका विभिन्न समस्याका कारण तनाव, शारीरिक एवं मानसिक शिथिलताबाट मुक्तिका लागि विभागसँग सम्झौताको तयारी भएको फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले जानकारी दिए । यो कार्यक्रमका लागि राष्ट्रिय खेलकुद परिषद्सँग पनि सहकार्यको तयारी भएको छ । पहिलो चरणमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गरिने भएको छ । यसका लागि क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द नेतृत्वको प्रतिनिधि

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 121 पटक पढिएको
    • नेपाल रेखा
  • नवौँ राष्ट्रिय खेलकुद: प्रदेश सरकारद्वारा साढे तीन करोड निकासा

    कास्की । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले तीन करोड ४६ लाख बजेट निकासा गरेको छ ।प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए । खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुदको तयारीका लागि पाँच करोड माग गरे पनि अर्थले हालका लागि सो रकम उपलब्ध गराएको हो । राष्ट्रिय खेलकुदका लागि भनेर चालू आर्थिक वर्षको बजेट कार्यक्रममा नै प्रदेश सरकारले एक करोड ४० लाख विन

    • प्रकाशित मितिः भदौ ५, २०७९
    • 131 पटक पढिएको
    • नेपाल रेखा
  • नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल चाँडै टुङ्गो लाग्ने

    कास्की । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ ।प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन् । खेलस्थल छनोट, खेलाडी छनोट तथा प्रशिक्षणको काम अहिले भइरहेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपबाट गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले प्रदेशका जिल्लामा खेलकुद पूर्वाधारको निरीक्षण तथा अवलोकन गरेको छ । प्रतियोगिताका अधिकांश खेल पोखरा र पोखरा रङ्गशालामा हुने भए पनि प्रदेशका ११ वटै जिल्

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 126 पटक पढिएको
    • नेपाल रेखा
  • नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले ३४ खेलमा प्रतिस्पर्धा गर्ने

    कुमोद अधिकारी विराटनगर । प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३४ खेलमा सहभागिता जनाउने भएको छ ।बोर्डद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गते हुने उक्त खेलकुद प्रतियोगितामा ६९४ खेलाडी सहित ७८२ जनाको सहभागिता हुने जानकारी दिइयो ।बोर्डका सदस्य सचिव हंसराज वाग्लेले प्रतियोगितामा प्रदेशले विभिन्न खेलमा २० वटा स्वर्ण पदक जित्ने विश्वास व्यक्त गरे । उनले भदौ महिनाको २ गतेदेखि ७ गतेसम्म जिल्ला छनौट तथा भदौ १० गतेदेखि १९ गतेसम्म प्रदेशस्तरीय वृहत खेलकूद प्रतियोगितामा ४०५ वटा इभेन्टसहरुबाट ६९४ जना खेलाडी छनौट

    • प्रकाशित मितिः साउन २८, २०७९
    • 137 पटक पढिएको
    • नेपाल रेखा
  • खेलाडीलाई हौसला बढाउन जनप्रतिनिधि खेल स्थलमा जाने

    विराटचोक । असार १८ र १९ गते धरानमा हुने प्रदेशस्तरीय अन्तर नगरपालिका तेक्वान्दो प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिकाबाट सहभागी हुने खेलाडीलाई विजयको शुभकामनासहित बिदाइ गरिएको छ । सुन्दरहरैंचा नगरपालिकामा आयोजित कार्यक्रमलाई नगर प्रमुख केदारप्रसाद गुरागाईँले सम्बोधन गर्दै विजयी भएर आउन टिमलाई शुभकामना दिएका थिए । नगरले खेल र खेलाडीको सधैँ कदर गर्ने बताउँदै उनले खेलाडीको हौसला बढाउन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी पनि प्रतियोगितास्थलमा उपस्थित हुने जानकारी दिए ।खेल प्रशिक्षक सूर्य दङ्गालका अनुसार प्रतियोगितामा बालसदन एकेडेमीबाट २, टेन्डरफिट बोर्डिङबाट ४ ओरिजिनबाट १ र गछियाबाट १ जना खेलाडीले प

    • प्रकाशित मितिः असार १७, २०७९
    • 134 पटक पढिएको
    • नेपाल रेखा
  • सार्वजनिक भयो नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट

      पोखरा । एकताबद्ध देश, खेलकुदको सन्देश भन्ने नारासहित गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज र राखेपका सदस्यसचिब टंकलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गरेका हुन् । लोगोमा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ्रे हिमाललाई संकेत गरिएकोछ । साथै, मस्कटमा यस प्रदेशमा पाइने लोपोन्मुख अनि संरक्षित जनावर कस्तुरी मृगलाई देखाएइएको छ ।लोगो र मस्कट सार्वजनिक गरिएसँगै नारा पनि सार्वजनिक गरिएको छ । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका थि

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 169 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]