अर्थ–वित्त

    Showing 121-130 of 279 items.
  • एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

    काठमाडौँ । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार सात सय तीनजना विदेशी पर्यटक नेपाल आएका थिए । कोभिड–१९ महामारीपूर्व ७८ हजार तीन सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ । तुलनात्मक रुपमा

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 422 पटक पढिएको
    • नेपाल रेखा
  • सुनको मूल्य तोलामा १७ सयले बढ्यो

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहिबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन बिहिबार रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा रु २५ ले ओरालो लागेको छ । बिहिबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ७५ निर्धारण भ

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 425 पटक पढिएको
    • नेपाल रेखा
  • सुनको मूल्य निरन्तर उकालोतिर

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु दुई हजार दुई सय ५० ले वृद्धि भएको छ । यसैगरी चाँदीको मूल्य तोलामा रु ७० ले वृद्धि भएको छ । बुधबार रु एक हजार नौ सय ३० मा कारोबार भएको चाँ

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • 301 पटक पढिएको
    • नेपाल रेखा
  • सुनको मूल्य घट्यो

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन सोमबार तोलामा रु एक लाख ४१ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा रु ५५ ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आज चाँदीको मूल्य रु एक हजार आठ सय ८५ छ ।

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 413 पटक पढिएको
    • नेपाल रेखा
  • सुनको मूल्य तोलामा नौ सयले वृद्धि

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु नौ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार रु एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ । यस्तै, तेजाबी सुन आइतबार रु एक लाख ४० हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महांघले जनाएको छ । चाँदीको मूल्य पनि आज तोलामा रु ३० ले वृद्धि भएको छ । आइतबार रु एक हजार नौ सय १० मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० निर्धारण भएको छ ।

    • प्रकाशित मितिः जेठ ७, २०८१
    • 455 पटक पढिएको
    • नेपाल रेखा
  • सुनको मूल्य प्रतितोला एक लाख ४० हजार

    काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोलामा एक हजार छ सयले बढेर एक लाख ४० हजार पुगेको छ ।तेजावी सुनको मूल्य पनि प्रतितोला एक हजार पाँच सय ५० ले बढेर प्रतितोला एक लाख ३९ हजार तीन सय पुगेको छ । साथै चाँदीको भाउ आज प्रतितोला ६० ले बढेर एक हजार आठ सय पाँच पुगेको छ ।

    • प्रकाशित मितिः जेठ ३, २०८१
    • 459 पटक पढिएको
    • नेपाल रेखा
  • तोलामा तीन सयले घट्यो सुनको मूल्य

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ । यस्तै तेजाबी सुन आइतबार रु एक लाख ३७ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार चार सय ५० निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा रु १० ले ओरालो लागेको छ । आइतबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय १५ निर्धारण भएको छ । 

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 399 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य–अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताउनुभएको छ । आज तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री पुनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताउनुभयो । उहाँले नेपालमा लगानीको अवसर र सम्भावना खोज्न आउनुहुने पाहुनाप्रति आभार व्यक्त गर्नुभयो । सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न कानुनी सुधारका क्षेत्रमा हालै गरिएका प्रयासबारे जानकारी गराउनुका साथै लगानीका लागि तयार भएका परियोजनासहित विभिन्न क्षेत्रका आयोजनाको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • 400 पटक पढिएको
    • नेपाल रेखा
  • लगानीकर्तामा नयाँ विश्वासको वातावरण बन्यो – प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनमा लगानीकर्ताको उत्साहजनक सहभागिताले नयाँ विश्वासको वातावरण बनेको बताउनुभएको छ । आजदेखि यहाँ सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रको समापनपछि सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले नेपालमा लगानीको उचित वातावरण बनाइएसँगै लगानी भित्रने विश्वास व्यक्त गर्नुभयो ।“हामीले जति वातावरण बनाउन सक्यौँ, त्यति लगानी आउने हुन्छ । आजदेखि नयाँ विश्वासको वातावरण बनेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । लगानी सम्मेलनको उद्घाटन सत्र उत्साहजनक रहेको उल्लेख गर्दै उहाँले सहभागी मुलुक र लगानीकर्ताको सहभागिताको दृष्ट

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • 421 पटक पढिएको
    • नेपाल रेखा
  • वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व सङ्कलन

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व सङ्कलन गरेको छ । महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० लाख ४३ हजार सात सय ८२ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट रु चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रहेको छ । महानगरले २४ वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ । वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको नौ महिनाको तुलनामा चालु आवमा दुई करोड ९५ लाख बढी राजस्व सङ्कलन गरेको बताउनुभयो । “गत आवको नौ महिनाको तुलनामा यो आवमा राजस्व सङ्कलनमा सुधार देखिएको छ”, उहाँले भन्नुभयो

    • प्रकाशित मितिः वैशाख ४, २०८१
    • 420 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]