प्रदेश

    Showing 61-70 of 136 items.
  • प्रतिस्थापन बजेट लोककल्याणकारी छ–मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनुभएको छ ।विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले विशेष परिस्थितिमा नयाँ बजेट आएको स्पष्ट पार्नुभयो । जनताका घरदैलोसम्म पुर्याउने लक्ष्यका साथ योजना र बजेटको व्यवस्था गरेको जनाउँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, “प्रदेशमा १० वर्षमुनिका बालबालिकाको उपचार बजेट पारित भएकै दिनदेखि निःशुल्क उपचार हुन्छ ।”उहाँले सांस्कृतिक एकता र सद्भावलाई ध्यानमा राखी ल्याएको यो बजेटले सुनसरी र इनरुवा सडकको

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • 191 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेशले स साना टुक्रे योजना ल्याउँदैन-मुख्यमन्त्री कार्की

    पथरी । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिनुभएको छ । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्नुहँदै उहाँले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने छ भन्नुभयो । उहाँले भन्नुभयो “कम वजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालनहुँदा छिटो आर्थिक समृद्धि हुन्छ । सङ्घबाट आएको टुक्रे योजनाका बजेट दुरुपयोग हुने गरेको छ । ”समाजका लागि निःस्वार्थ उपलब्धिमूलक काम गरी परिणाम देखाउने काम गर्न मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभएको छ । प्रदेश सरकार भौति

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • 192 पटक पढिएको
    • नेपाल रेखा
  • सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदर

    काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको छ ।अदालतले सभामुखको भूमिका प्रदेशसभामा राजनीतिक रुपमा तटस्थ र निष्पक्ष रहनुपर्ने कुरा नेपालको संविधानले प्रष्ट व्यवस्था गरेको उल्लेख गर्दै कुनै पनि निर्णय प्रदेशसभामा हुन नसक्ने वा अनिर्णयको बन्दी प्रदेशसभा बन्न नजाओस् भनि प्रदेशसभामा

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 157 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेश सरकारमा तीन मन्त्रीद्वारा शपथ

    विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मन्त्रीहरु जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई शपथ गराउनुभएको हो । मन्त्री आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कार्की र खत्रीको जिम्मेवारी भने पछि तोकिनेछ । यसअघि गत शुक्रबार मन्त्री बन्नुभएका कमलप्रसाद जबेगु र प्रदीपकुमारको जिम्मेवारी पनि पछि तोकिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार २४, २०८०
    • 211 पटक पढिएको
    • नेपाल रेखा
  • कोशीका मुख्यमन्त्री थापासहित दुई मन्त्रीले लिए शपथ

    विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिएका छन् ।नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।यसैगरी, नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीद्वय कमलप्रसाद जवेगु र प्रदीपकुमार सुनुवारलाई प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त मन्त्रीद्वयको कार्य विभाजन भने पछि तय हुने जानकारी दिइएको छ ।नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र नेकपा एसबाट कमल जवेगु मन्त्री बनेका हुन्

    • प्रकाशित मितिः असार २२, २०८०
    • 253 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड

    कुमोद अधिकारी विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३६ अर्ब २४ करोड २५ लाख १० हजार बराबरको बजेट सार्वजनिक गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयमा बिहीवार आयोजित कार्यक्रममा आगामी आर्थिक वर्षको आय–व्यय बजेट सार्वजनिक गरेका हुन् । कुल विनयोजित बजेटमध्ये चालुतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुंजीगत खर्च १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार, वित्तीय व्यवस्थापनतर्फ १ करोड र स्थानीयतहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ । अध्यादेश मार्फत ल्याइएको सो बजेट

    • प्रकाशित मितिः असार १, २०८०
    • 207 पटक पढिएको
    • नेपाल रेखा
  • कृषि मार्फत रोजगारी सिर्जना

    विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बुधबार कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेको छ ।प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगत देखि सञ्चालित वहुवर्षीय आयोजनाहरु सम्पन्न गर्ने तथा विपद व्यवस्थापनका लागि अन्तर निकाय सम्बन्धलाई सुदृढ बनाउने, शिक्षालाई रोजगारमुलक एवं सूचना प्रविधिमैत्री बनाउने कुरामा जोड दिइएको छ । यस्तै कार्यक्रममा प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, आन्तरिक राजस्व वृ

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 148 पटक पढिएको
    • नेपाल रेखा
  • सरकारी, निजी र सहकारी क्षेत्रको लगानी वृद्धिमा केन्द्रित हुने

    विराटनगर । कोसी प्रदेश सरकारले प्रदेश स्तरमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्न आगामी आर्थिक वर्षको बजेट केन्द्रीत गर्ने भएको छ । कोशी प्रदेशसभाको जारी बर्खे अधिवेशन अन्तर्गत बुधबारको बैठकमा सरकारका तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । अर्थमन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै तीनै तहको सरकारको समन्वयमा प्रदेशले महत्वपूर्ण र समन्वयकारी भूमिका समेत निर्वाह गर्ने नीति लिने बताए । सो अवसरमा उनले क

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 138 पटक पढिएको
    • नेपाल रेखा
  • गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७

    पोखरा । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७ रहेको छ । राष्ट्रिय जनगणना २०६८ मा गण्डकी प्रदेशको अन्र्तगतका जिल्लाको जनसङ्ख्या २४ लाख तीन हजार सात सय ५७ थियो ।तथ्याङ्क कार्यालय कास्कीले मङ्गलबार पोखरामा एक कार्यक्रमको आयोजना गरी प्रदेशका ११ जिल्लामा रहेको जनसङ्ख्याको तथ्याङ्क सार्वजनिक गरेको हो । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले उक्त तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ छ । जस अन्तरगत पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 236 पटक पढिएको
    • नेपाल रेखा
  • गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको निर्देशन

    विराटनगर । कोशी प्रदेश सरकारले १६ औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नगर क्षेत्रका ऐतिहासिक तथा धार्मिक सम्पदाको सरसफाइ गर्ने, जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक समारोह गर्ने र लोकतन्त्रको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका पत्रकारलाई सम्मान गर्ने तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिनुभयो ।गणतन्त्र दिवसका

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 124 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]