विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१–८२ वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।उनीसमक्ष महालेखा परीक्षक कार्यालयका नायब महालेखा परीक्षक श्रीकुमार राईले कार्यालयको वार्षिक प्रतिवेदन मंगलबार पेस गरेका हुन् । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले आर्थिक अनुशासन कायम गराउन प्रतिवेदन कोशेढुङ्गा सावित हुने बताएका छन् । उनले सरकारी कार्यालयमा आर्थिक अनियमितता रोक्न, बेरुजु बढ्न नदिन र भ्रष्टाचार न्यूनीकरण गर्न महालेखा परीक्षकको कार्यालय क्रियाशील रहेको जनाउँदै फजुल खर्च रोक्न महालेखालाई सधैँ गम्भीर भएर लाग्न स
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । साथै उनले उद्यमी–व्यवसायीहरूलाई पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । ओरिएन्टल पब्लिकेशनद्वारा प्रकाशित ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ पुस्तकको सोमबार लोकार्पण गर्दै उनले पर्यटन प्रवद्र्धनले मुलुकको समृद्धि, रोजगारी सिर्जना र गरिबी घटाउन सघाउने बताए । मुख्यमन्त्री कार्कीले पर्यटन पूर्वाधार विकासका लागि कम्तीमा १० वर्षसम्म निरन्तर रूपमा राज्यले लगानी गर्नुपर्ने आवश्यकता औँल्याए । ओरिएन्टल पब्लिकेशनका प्रबन्धक हरि गौत
कुमोद अधिकारीविराटनगर । गणतन्त्र दिवशको अवसरमा विराटनगरमा शुक्रबार विहान वृहत प्रभातफेरीको आयोजना गरियो । गणतन्त्र दिवश मुलसमारोह समितको आयोजनामा निस्केको प्रभातफेरीले नगरको विभिन्न भागको परिक्रमा गरेको छ ।वाजावागजा झाँकि सहित निस्केको प्रभातफेरीमा कोशी प्रदेस सरकारका मन्त्री, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, उद्योगी व्यापारी, सुरक्षा निकायका प्रमुख नेपाल प्रहरी, सशत्र प्रहरी तथा सर्वसाधारणको उल्लेखनिय सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङको परिसरवाट निस्केको प्रभातफेरी विराटनगरको विरेन्द्र सभागृहमा स्थित अहिलेको प्रदेससभा हलमा आएर कोणसभामा परिणत भए
बागमती । बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही जेठ ११ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १ः०० बजेका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको सूचना अनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपदफा (१) बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्नुभएको उल्लेख छ । बागमती प्रदेश सरकारमन्त्री परिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १ः०० बजेका लागि आह्वान गर्ने निर्णय गरेको थियोे । उक्त अधिवेशन आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति त
विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारकोतर्फबाट आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।नीति तथा कार्यक्रममा नेपालको सामाजिक रूपान्तरण, लोकतन्त्र तथा नागरिक अधिकार प्राप्तिका लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ । उहाँले घाइते एवं बेपत्ता योद्धाले पु¥याउनुभएको योगदानको स्मरण गर्दै अग्रजप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।प्रदेश
विराटनगर । कोशी प्रदेशसभाको नवौँ अधिवेशनको वुधवार बसेको पहिलो बैठकमा ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३ सभामा पेस भएको छ ।कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले सो विधेयक पेस गर्दै उक्त विधेयकले प्रदेश खेलकुदलाई सक्षम एवं सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।बैठकमा नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले चालु अधिवेशनको सफलताको शुभकामना दिँदै अधिवेशनले सार्थकता पाओस् भन्नुुभयो । उहाँले सरकारले ल्याउन लागेको वार्षिक नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेट्न सकोस् भन्दै गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले मुलुकलाई नयाँ ढङ्गले
इनरुवा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक पर्यटनको हिसाबले सुनसरी क्षेत्र महत्वपूर्ण एवं ऐतिहासिक भएको बताएका छन् । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित सिटीहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले धार्मिक तथा पर्यटकीय दृष्टिले सुनसरी पूर्वी नेपालको महत्वपूर्ण स्थान रहेको बताए । धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रमलाई कोशी प्रदेश सरकारले प्राथमिकता दिएको स्पष्ट गर्दै उनले सङ्घीय सरकारको मातहतमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षण व्यवस्थापनको जिम्मवारी प्रदेश सरकारलाई दिनुपर्ने धारणा व्यक्त गरे । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने सङ्घीय सांसद इन्
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा स्थानीयस्तरमा क्रिकेटको विकास गर्दै खेलाडी उत्पादन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल क्रिकेट सङ्घद्वारा आइतबार विराटनगरमा आयोजित दुई दिने वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले प्रदेशका नौ स्थानमा आधारभूत तहदेखि क्रिकेट खेलाडी उत्पादनका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारले प्रदेश सरकारलाई विराटनगरको बैजनाथपुरमा रहेको क्रिकेट रङ्गशाला हस्तान्तरण गरेमा आगामी दुई वर्षभित्र सुविधासम्पन्न अत्याधुनिक रङ्गशाला निर्
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यामीहरुको आर्थिक विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।नेपाल उद्योग परिसङ्घद्वारा सोमबार विराटनगरमा आयोजित महिला नेतृत्व शिखर सम्मेलनको उद्घाटन गर्दै उनले महिला उद्यमीलाई प्रदेश सरकारले दुईदेखि छ वर्षसम्म ब्याज अनुदानमा १२ बैंकमार्फत छ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था गराएको जानकारी दिए । उनले प्रदेश सरकारले नीति तथा कार्यक्रम एवं बजेट बनाउनु अघि महिला उद्यमीहरुले आफ्नो योजना ल्याएर सम्झौता गर्न आग्रह गरे । मुख्यमन्त्री कार्कीले प्रदेशमा दर्ता भएका घरेलु कपडा उद्यमीहरुको प्रवद्र्धन गर्न प
गण्डकी । गण्डकी प्रदेशसभाको मङ्गलबारब बसेको बैठकले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । विसं २०८१ चैत २२ गते दफाबार छलफलका लागि सामाजिक विकास तथा कृषि समितिमा पठाइएको उक्त विधेयक प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत गरिएको थियो । प्रदेशसभामा दफाबार छलफल भएपछि विधेयक पारित भएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो । त्यसअघि उहाँले उक्त विधेयक पारितका लागि प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा प्रदेशभा सदस्य दिलमाया पौवी, कुसुम बुढा पुन, देवका पहाडी त्रिपाठीलगायतले भाग लिनुभएको थियो । बैठकमा मुख्यमन्त्री सु