राजनीति

    Showing 41-50 of 225 items.
  • हुलाकी मार्ग अभियानः सडकभरि स्वागत, चोकचोकमा सभा

    सर्लाही । नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान आज सर्लाही जिल्लामा रहेको छ ।फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी हुँदै सर्लाही आएको हो । आजै सर्लाहीका कार्यक्रम सकेर अभियान टोली रौतहट जाने छ ।अभियानको जिल्ला बढ्दै गर्दा जनसहभागिता पनि बढ्दै गएको छ । विहान ६ बजे मर्निङ वाक गरेर सुरु गरिने अभियानका कार्यक्रम राति ९ बजेसम्म चल्ने गरेका छन् । अभियानको क्रममा सडकैभरि फूलमाला बोकेर उभिएका सयौं कार्यकर्ता र शुभेच्छुकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेताहरुलाई स्वागत गर्ने गरेका छन् । स्वागतमा सबै

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 499 पटक पढिएको
    • नेपाल रेखा
  • मधेसी समुदायको पहिचानका लागि सबैभन्दा बढी त्याग माओवादीले गरेको छ – प्रचण्ड

    धनुषा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मधेसी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताउनुभएको छ ।धनुषाको कमला नगरपालिका–३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारुलगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदान गरेको र मधेसी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको उहाँले बताउनुभयो । मधेसी जनताको मुक्तिका लागि यति ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 371 पटक पढिएको
    • नेपाल रेखा
  • जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन

    झापा । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ ।झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अभियान उद्घाटन गर्नुभएको हो ।झापाबाट सुरु भएको अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुनेछ । अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका सम्पूर्ण नेता कार्यकर्ता परिचालित हुनेछन् । केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुनेछन् ।गत पुस २१–२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो । यो

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 332 पटक पढिएको
    • नेपाल रेखा
  • माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ - प्रचण्ड

    काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताउनुभएको छ।माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। अध्यक्ष प्रचण्डले अब माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने र टाढैबाट फरक छन् भनेर चिनिने बनाउनुपर्ने बताउनुभयो । स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न अब पुरानैको निरन्तरता होइन, नयाँको थालनी गर्ने बेला आएको उल्लेख गर्दै उहाँ

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • 297 पटक पढिएको
    • नेपाल रेखा
  • नेकपा (माओवादी केन्द्र) सुन्दरहरैंचा नगर अध्यक्षमा रोहितकुमार चौधरी

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुन्दरहरैचाको दोश्रो नगर अधिवेशनबाट रोहितकुमार चौधरी सर्बसहमतरुपमा नगर कमिटिको अध्यक्ष चयन भएका छन् । वुधवार सम्पन्न बन्दसत्रबाट चौधरी अध्यक्ष भएको निर्वाचन समिति संयोजक चन्द्रबहादुर सुवेदीले जानकारी दिएका छन् । नगर कमिटिको उपाध्यक्षहरुमा–दीपा अधिकारी, सीमा चौधरी, हर्क पाहिम (लिम्बू) पनि सर्वसहमत भएका छन् । नगर कमिटिको सचिवमा फुलसरा घिसिङ्ग (तामाङ्ग), सहसचिवमा कल्पना विश्वकर्मा र कोषाध्यक्षमा टिकादेवी भट्टराई चयन भएको निर्वाचन समितिले जनाएकोछ । निर्वाचन समितिमा कृष्ण दाहाल र जिवराज बन्जरा सदस्य रहेका थिए । माओवादी केन्द्रको सुन्दरहरै

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 1,791 पटक पढिएको
    • नेपाल रेखा
  • पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियान सुरु भएको छ – प्रचण्ड

    म्याग्दी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताउनुभएको छ । माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै उहाँले अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको बताउनुभयो । ‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदा

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 308 पटक पढिएको
    • नेपाल रेखा
  • माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छ–प्रचण्ड

    चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताउनुभएको छ ।नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशलाई मायाँ गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताउनुभएको हो । अध्यक्ष प्रचण्डले अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताउनुभयो । आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरुले सरकारबाट हटाएको जनताले प

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 333 पटक पढिएको
    • नेपाल रेखा
  • नेकपा (माओवादी केन्द्र) इटहरी उपमहानगर कमिटि अध्यक्षमा राजकुमार आचार्य

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राजकुमार आचार्य सर्वसहमत अध्यक्षमा चुनिएका छन् । बिहीवार भएको बन्दसत्रबाट आचार्य अध्यक्षमा सर्वसहमत भएका हुन् । अधिवेशन वुधवार उद्घाटन गरिएको थियो ।तीन उपाध्यक्षहरुमा भिनेस्वर चौधरी, सृजना राई (अर्चना) र मीन कुमार मगर रहेका छन् । सचिवमा राम नेङ्वाङ, सहसचिवमा राजकुमार गजमेर, कोषाध्यक्षमा कुमार तामाङ पनि सर्वसहमत भएका छन् । माओवादी केन्द्रको नवनिर्वाचित कमिटि ८१ सदस्यीय रहेको छ । माओवादी केन्द्र इटहरी उपमहानगर कमिटिको दोस्रो अधिवेशन सहिद दिवसको अवसर पारेर उद्घाटन गरिएको हो । इटहरी चोकमा भेला भएका माओवादी नेता, कार

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 798 पटक पढिएको
    • नेपाल रेखा
  • नेकपा (माओवादी केन्द्र) को दोस्रो इटहरी अधिवेशन सुरु

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अधिवेशन वुधवार उद्घाटन गरिएको छ । माओवादी केन्द्र इटहरी उपमहानगर कमिटिको दोस्रो अधिवेशन सहिद दिवसको अवसर पारेर उद्घाटन गरिएको हो । इटहरी चोकमा भेला भएका माओवादी नेता, कार्यकर्ताहरुले र्यालीसहित चोक परिक्रमा गरेका थिए । र्याली इटहरी–४ को माङहिङ मन्दिरको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।उद्घाटन सत्रलाई सो पार्टीका केन्द्रीय उपमहासचिव एवम् प्रदेश १ इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार), केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज निर्मल बराल, प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग (मिक्सो) केन्द्रीय सदस्य, सरस्वती पोखरेल, प्

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 321 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा राष्ट्रिय मुक्ति मार्च

    राजन केडीइटहरी । नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा थालिएको राष्ट्रिय मुक्ति मार्च आइतबार इटहरी आइपुगेकोछ ।११ दिन अघि पूर्व मेचीपुलबाट सुरु भएको मार्च पुष २१ गते आइतबार सुनसरीको इटहरी आइपुगेको हो । पुस ११ गते माओ दिवसको अवसर पारेर राष्ट्रिय मुक्ति मार्च थालिएको सो पार्टीका केन्द्रीय सदस्य बालकृष्ण गजमेर (इस्लाम)ले बताए । माओ त्से तुङ एक चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक थिए । उनकै नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो । माओले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका थिए ।माओ दिवसका दिन नेपालका कम्युनिष्ट

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 330 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]